ताजा अपडेट »

प्यानलकै घातको कारण पराजित भए: पाठक

सोमबार, २० मंसिर २०७८, १३ : १९
8 Shares

भैरहवा । नेपाली कांग्रेस लुम्बिनी प्रदेशको निर्वाचन भर्खरै सकिएको छ । लुम्बिनी प्रदेशमा एक जना उपसभापति बाहेक रामचन्द्र पौडेल पक्षका अमर सिंह पुन मगरको प्यानल नै बिजयी भएको छ ।

८ जना पदाधिकारीमा सिंहको प्यानलबाट एक जनाबाट रुपन्देहीबाट परेका थिए । रुपन्देहीको पनि मर्चवार क्षेत्रबाट प्रदेश सभामा प्रतिनिधित्व गर्ने अष्टभुजा पाठक २० मतको अन्तरले पराजित भएका छन् । उप–सभापतिमा दाङका राजु खनालसँग उनि झिनो मतान्तरले पराजित भए । खनालले ७ सय ९२ मत पाउँदा लुम्बिनी प्रदेशसभाका सदस्य समेत रहेका पाठकले ७ सय ७२ मत प्राप्त गरे ।

प्यानलका सबै पदाधिकारी विजयी हुदा मधेशी समुदायका पाठक मात्र पराजित भए पछि यस क्षेत्रमा आवद्ध मधेशी समुदायका नेपाली कांग्रेसका कार्यकर्ताहरु रुष्ट भएका छन् । जिल्लामै समेत मधेशी समुदायबाट १ जना पनि नपर्नुले कांग्रेसमा अब मधेशी समुदायको भविष्य सुनिश्चित नभएको नाम उल्लेख नगर्ने शर्तमा एक नेताले भने । पाठक समर्थित सबै प्रतिनिधिले प्यानलका सबैलाई मत दिए पनि प्यानलकै मतदाताले पाठकलाई मधेशी भएकै कारण मत नदिएको कांग्रेस कार्यकर्ताहरुको गुनासो छ ।

स्वयम पाठकले पनि प्यानलकै अन्र्तघातको कारण पराजित भएको बताएका छन् । ग्लोबल आवाजसितको कुराकानीमा पाठकले टिमले नै अन्र्तघात गरेको आरोप लगाएका हुन् । “टिममै रहेको गुल्मी र दाङ्गबाट घात भएको छ ।” पाठकले भने “सबै गद्दारी यी दुवै जिल्लाले नै गरेको छ ।”

उनले आफु पराजित भएको सहर्ष स्विकार गरेको र जे भए पनि पार्टीमा रहेको “लाईन” नछोडने बताए । “लोकतान्त्रिक पद्दतीमा विजयी या पराजय जे भए पनि सहर्ष स्विकार्नु पर्छ यस कारण पराजय स्विकार छ ।” उनल भने “पार्टी भित्रका सबैलाई सम्मान छ तर घात नगर्नु पर्ने हो ।”

रुपन्देही जिल्लामा नेपाली कांग्रेसका पुराना कार्यकर्ताको रुपमा रहेका अष्टभुजा पाठकको नाम जिल्लामा पनि सभापति पदको लागी चर्चामा रहेको थियो । जिल्लामा सर्वसम्मतिको प्रयास पछि उनले प्रदेशमा हुने निर्वाचनमा राम्रो स्थान दिने आस्वासन पाएका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।