ताजा अपडेट »

कांग्रेस प्रदेश-१ सभापतिमा उद्वव थापा विजयी, घिमिरे दुई मतले हारे

सोमबार, २० मंसिर २०७८, ०७ : २४
2 Shares

विरानगर । नेपाली कांग्रेस प्रदेश -१ सभापतिमा उद्वव थापा विजयी भएका छन् । संस्थापन पक्षका थापाले पौडेल-कोइराला पक्षका गुरुराज घिमिरेलाई दुई मतले हराएका हुन् ।

सोमबार बिहान सार्वजनिक मतपरीणाम अनुसार थापाले ८ सय ४४ मत पाउँदा घिमिरेले ८ सय ४२ मतमा चित्त बुझाए ।  अन्य पदाधिकारीमा पनि संस्थापन पक्षकाे वर्चस्व छ ।  

उपसभापतिमा रमेशजंग रायमाझी (८९०) र टंक प्रसाद राई (८४७)  मतसहित विजयी भएका छन् ।

त्यस्तै महामन्त्रीमा भुपेन्द्र राई (८२४) र रमेश थापा (८०३) मत ल्याएर निर्वाचित भएका छन् । सहमहामन्त्री महिलातर्फ प्रमिला गच्छदार ८३७ मत ल्याएर विजयी भएकी छिन् ।

सहमहामन्त्री खुल्लातर्फ सर्वाधिक मतसहित खड्ग फागो विजयी भएका छ्न् । उनले १ हजार २६ मत प्राप्त गरेका छ्न् । सहमहामन्त्रीमा विनोदकुमार बस्नेत पनि ७ सय ४७ मत प्राप्त गरी विजयी बने ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।