ताजा अपडेट »

नासाले उब्जायो मंगल र चन्द्र ग्रहमा बालिनाली

विहीबार, ३० असोज २०७६, ११ : ४५
8 Shares

असोज ३०,
काठमाडौँ । नासाका वैज्ञानिकहरू कृत्रिमरूपमा मंगल र चन्द्र ग्रहमा वातावरण र माटो तयार गरेर बालिनाली उब्जाउन सफल भएका छन्। उनीहरूका अनुसार भविष्यमा मंगल र चन्द्र ग्रहमा मानव बस्ती बसाइयो भने त्यहाँ उनीहरूका लागि खाद्यपदार्थ उब्जाउन सकिने छ। नेदरल्यान्डको वगेनिङगेन विश्‍वविद्यालयका शोधकर्ताले यो पनि भनेका छन् की, मंगल र चन्द्रमामा उब्जाएको बालिनालीबाट बीऊसमेत प्रप्त गर्न सकिने सम्भावना छ।

जसले नयाँ बालिनाली उत्पादन गर्न सकिने छ। उनीहरूका अनुसार टमाटर, मुला, ,रायो, पालंग, मटरलगायत दश बिभिन्‍न प्रजातिका बालिनाली लगाइएको थियो।विश्‍विद्यालयका शोधकर्ताका वीगर वेमलिङ्‍कले भनेका छन्, 'जब हामीले कृतिम रुपमा तयार गरेको मंगल ग्रहको माटोमा उम्रिएको टमाटरलाई पहिलो रातो भएको देखेउ। जसले गर्दा हामी निकै उत्साहित भएका थियो। यसको मतलब हो की हामीले मंगल ग्रहमा कृषि परिस्थितिको सफलता तर्फ कदम बढाएका छौं।'शोधकर्ताले मंगल ग्रह र चन्द्र ग्रहको धर्तिमा सामान्य माटो मिलायर कृतिम रुपमा यस्तो वातावरणको विकास गरेका थिए। जसले सफलता हात लागेको छ। - नेपालन्युज

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।