ताजा अपडेट »

राजनीतिक दललाई ध्यानाकर्षणपत्र बुझाउँदै नेपाल बार, प्रधानन्यायाधीशलाई बर्खास्तीको माग

सोमबार, ०६ मंसिर २०७८, १० : ५५
4 Shares

काठमाडौं । झन्डै एक महिनादेखि आन्दोलनरत नेपाल बार एसोसिएसनले आज प्रमुख राजनीतिक दललाई ध्यानाकर्षणपत्र बुझाउने भएको छ।प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै आन्दोलनरत बारले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादीसहितका दललाई ध्यानाकर्षणपत्र बुझाउन लागेको हो ।

बार प्रधानन्यायाधीशलाई महाभियोग लगाउन जाेड दिँदै आएको छ ।  तर, दलहरुले कुनै कदम नचालेको भन्दै बारले ३० कात्तिकमै दलहरुलाई ध्यानाकर्षणपत्र बुझाउने निर्णय गरेको थियो । नेपाल बार १४ कात्तिकदेखि आन्दाेलनरत छ । पछिल्लो पटक बारले सर्वोच्च अदालतमा धर्ना दिँदै आएको छ । कानुन व्यवसायीले सर्वोच्चको मूलगेटमा धर्ना दिँदै आएका छन् भने प्रधानन्यायाधीश जबरा वैकल्पिक गेटबाट अदालत प्रवेश गरिरहेका छन् । बारको निरन्तर आन्दोलनको कारण सयौँ नागरिकका मुद्धा ओझेलमा परेका छन् । 

सोमबार पनि कालोपट्टी बाँधेर धर्ना दिने कार्यक्रम रहेको बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले जानकारी दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।