ताजा अपडेट »

भैरहवामा बन्दको प्रभाव: यातायात र बजार बन्द

मंगलबार, ३० कार्तिक २०७८, ११ : ५२
14 Shares

भैरहवा । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले गरेको नेपाल बन्दको प्रभाव भैरहवामा पनि देखिएको छ । भैरहवाका अधिकांश बजार बन्द रहेका छन् भने यातायातका साधन समेत सञ्चालनमा आउन सकेका छैनन् ।

भैरहवामा बिहानैदेखि बन्दको असर परेको छ । सरकारले पेट्रोलियम पदार्थ तथा ग्यासको मूल्य बढाएको बिरोधमा नेकपा बन्द आव्हन गरेको हो । भैरहवाका सडकहरु सुनसान रहेका छन् । निजि सवारी साधन तथा मोटरसाईकल छिटफुट मात्रामा चलेका छन् । भैरहवाबाट लामो ता छोटो दुरीमा गुड्ने सार्वजनिक कुनै सवारी साधन चलेका छैनन् ।

बन्दकर्ताहरु बाटोमा नदेखिएपनि चोक चोकमा बाक्लै सुरक्षाकर्मि परिचालन गरिएको छ । नेपाल प्रहरी तथा शसस्त्र प्रहरीहरु भैरहवाका चोकहरुमा परिचालन गरिएको छ । यस क्षेत्रमा अहिले सम्म कुनै अप्रिय घटना नघटेको प्रहरीको भनाई छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।