१७ जेष्ठ २०८०, बुधबार

May 31, 2023

काठमाडौं । पूर्वन्याधीशहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाअभियोग लगाउन राजनीतिक दलहरुसँग आग्रह गरेको छ ।नेपाल बार र सर्वोच्च अदालतकै न्यायाधीशहरुले जबराको राजीनामा मागिरहेका बेला पूर्वन्यायाधीश फोरमले महाअभियोगको प्रस्ताव गरेको हो । 

Advertisement

मंगलवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै फोरमले भनेको छ, ‘… रञ्जन कोइरालाविरुद्धको फैसलाबारे सार्वजनिक अभिव्यक्ति दिएको, न्यायाधीशको आचारसंहिता उल्लंघन गरेको तथा पूर्वन्यायाधीश फोरमद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएका १५ बुँदे आधारमा  महाअभियोग लगाउनका लागि पर्याप्त आधार भएकाले सरकार, राजनीतिक दल, सांसदहरुलगायत संविधान र प्रजातन्त्रप्रति आस्था राख्ने सम्पूर्ण चेतनशील नागरिकहरु समक्ष आफ्नो संवैधानिक कर्तव्य निर्वाह गरी न्यायपालिका जोगाउन हामी माग गर्दछौं ।’

पूर्वन्यायाधीशहरुले वार्ता आह्वान गर्दै जबराले जारी गरेको विज्ञप्तिलाई न्यायमा बिचलन र भ्रष्टाचार लुकाउन गरिएको दुश्प्रयास भनेका छन् । ‘आज प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाबाट जारी गरिएको वार्ताका लागि आह्वान गरिएको विज्ञप्ति न्यायका बिचलन तथा भ्रष्टाचार लुकाउन गरिएको दुश्प्रयास मात्र हो यो न्यायालयको हितमा देखिदैन,’ पूर्वन्यायाधीश फोरमका अध्यक्षसमेत रहेका सर्वोच्चका पूर्वन्यायाधीश टोप बहादुर सिंहले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

फोरमले जबराविरुद्ध बार र न्यायाधीशले जारी राखेको आन्दोलनमा ऐक्यवद्धता समेत जनाएको छ । पत्रकार सम्मेलनमा बोल्दै फोरमका अध्यक्ष सिंहले न्यायालय सुधारका लागि प्रधानन्यायाधीशको राजीनामाले मात्र नपुग्ने भन्दै प्रधानन्यायाधीश नियुक्तिको संवैधानिक प्रावधान नै सच्याउन माग गरे । उनले जबरा अयोग्य भइसकेको भन्दै राजीनामा नदिए तत्काल दलहरुले महाअभियोग लगाउनुपर्ने बताए । 

प्रतिकृया दिनुहोस्

Flash News

नागरिकता विधेयक प्रमाणीकरण हुनु अत्यन्तै सकारात्मक : लोसपा सुखी नेपाली, समृद्ध नेपालका लागि ‘एक घर एक स्काउट’, ‘एक विद्यालय एक युनिट’ प्रधानमन्त्री प्रचण्ड नयाँ दिल्लीमा, राज्यमन्त्री मिनाक्षीले गरिन् स्वागत शिवजी क्षत्रीको कोरियोग्राफी र निर्देशनमा आउरे बाउरे सार्वजनिक बालेनको चेतावनीपछि मन्त्रालयको ताकेता : १० प्रतिशत शैया र निःशुल्क उपचार उपलब्ध गराउ नागरिकता विधेयक प्रमाणीकरण स्वागतयोग्य, तर प्रक्रिया मिलेन : मनिष झा सेयर बजार बुधबार पनि सम्हालिएन कोशी प्रदेशको नाममा पुनर्विचार गर्न १४ जिल्लाका कांग्रेस सभापतिको आह्वान एमालेले डाक्यो सचिवालय बैठक नागरिकता विधेयक प्रमाणीकरण क्रान्तिकारी कदम : प्रधानमन्त्री रुपन्देहीमा देवदह दरबार अनुमान गरिएको खयरडाँडामा उत्खनन आफ्नै अभियानविपरीत धनगढी उपमहानगरले बनायो नाला मिचेर सडक प्रधानमन्त्री प्रचण्ड भारत प्रस्थान (फोटो फिचर) जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ फ्रान्स पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ प्रधानमन्त्री प्रचण्ड ४ दिने भारत भ्रमणका लागि प्रस्थान कोशी प्रदेश सरकारबाट बाहिरियो जसपा सर्बिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ नेपालको राष्ट्रिय अखण्डमाथिको प्रहार रोक्न प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण केन्द्रित रहोस् : प्रजातान्त्रिक युवा संगठन बाफ्टा विजेता फिलिपको फिल्ममा सामन्था