१७ जेष्ठ २०८०, बुधबार

May 31, 2023

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले गरेका वार्ता आह्वानलाई नेपाल बार एसोसिएसनले अस्वीकार गरेको छ । दुई सातादेखि जबराको राजीनामा मागेर बार र सर्वाेच्च अदालतकै १९ जना न्यायाधीश आन्दोलनमा छन् । 

Advertisement

उनीहरूलाई वार्ता र संवादबाट समाधान खोज्न सोमबार प्रधान्यायाधीश जबराले विज्ञप्ति जारी गरेर आह्वान गरे । तर, प्रधानन्यायाधीशको आह्वानलाई अस्वीकार गर्दै बारले जबरासँग वार्ता नगर्ने बताएको हो बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले जबराले राजीनामा दिएर नियुक्त हुने नयाँ प्रधानन्यायाधीशसँग वार्ता गर्ने बताएका छन् । ‘न्यायको गरिमा जोगाउन नसक्ने प्रधान्यायाधीशले राजीनामा दिनुपर्छ । बिचौलिया, विकृति विसंगतिको प्रवक्ता, पक्षपोशकको रूपमा उएिका जबरासँग वार्ता हुँदैन’, श्रेष्ठले भने, ‘जबराले राजीनामा दिएपछि नयाँ नेतृत्वसँग वार्ता गर्छौं । नयाँ नेतृत्वसँग वार्ता हुन्छ ।’   

यस्तै सर्वाेच्च अदालत बारका अध्यक्ष पूर्णमान शाक्यले जबरासँग वार्ता नहुने बताए । ‘वक्तव्यबाट वार्ता आह्वान गरेको वक्तव्यको जवाफ वक्तव्यबाट दिन्छौँ’, उनले भने, ‘जबराको नेतृत्व नमान्ने भनेपछि उहाँसँग वार्ता हुँदैन । न्यायको शुद्वीकरणका लागि नयाँ आउने नेतृत्वसँग वार्ता हुन्छ । यो नेतृत्वसँग हुँदैन ।’दुई सातादेखि सर्वाेच्च अदालत र आइतबारदेखि देशभरका न्यायालयमा बारले धर्ना दिइरहेको छ । सर्वाेच्च बार अध्यक्ष शाक्यले धर्नाको कार्यक्रम अझ सशक्त बनाउने बताए । 

धर्ना कार्यक्रममा कसले के भने :

अधिवक्ता लिलामणि पौडेल, बार महासचिव 

बारको आन्दोलनविरूद्ध महिलालाई प्रयोग गरियो । हामीले तारा बराल समूहलाई दुर्व्यवहार गरेका छैनौँ । कानुन व्यवसायी पैसा लिएर मात्र काम गर्छ भन्ने आरोपमा सत्यता छैन । विधि र सत्यका पक्षमा थोरै शुल्क लिएर काम गरिरहेका छौं । नसक्नेको निशुल्क पनि गरेका छौँ । भाडाका टट्टुहरूले बारको आन्दोलन बद्नाम गर्न खोजे । महिलाहरू प्रयोग भए । खुकुरी लिएर कालो कोटेलाई काट्छु भन्ने सुनियो । हामी चेतावनी दिन्छौं । प्रहरीले नियन्त्रणमा लिओस् । 

अधिवक्ता सुनिल पोखरेल, पूर्वमहासचिव बार 

राजनीतिमा बेनिफिट अफ डाउट पाउँछ । न्यायको नेतृत्वमा त्यो पनि पाउँदैन । तपाईले पाउनुभयो इतिहास रच्नुहोला भनेर शुभकामना दिएका थियौं । तर, गलत भयो । नियुक्ति फैसला विवादित भए । सुधारमा पनि बाधक भए । राजीनामा पनि विधि र प्रक्रिया नै हो । प्रहरीको हस्तक्षेपपले आन्दोलन झनझन आक्रोशित हुँदै गएको छ । भद्र आग्रह छ, सहज बहिर्गमन गर्नुस् । वकिल उपस्थित नहुँदैमा जबरालाई समर्थन गरेको नबुझ्नु होला । अबको निकास जबराको बहिर्गमन नै हो । विधि प्रक्रियाअनुसार महाभियोगमा जान्छु भन्नू न्यायापालिका प्रति बेइमानी हो । त्यसैले राजीनामा दिनुस् । मंसिर २०७९ पछि उहाँ रिटायर हुनुहुन्छ । त्यसपछिको जीवनको लागि मार्गप्रशस्त गर्नुस् । माग प्रशस्त गर्नुहुन्छ भन्ने विश्वास छ । 

वरिष्ठ अधिवक्ता हरिशंकर निरौला 

संस्थाको हितका लागि सम्माजनक बाटो राजीनामा दिनुस् । जति ढिलो त्यति अफ्ठेरो हुन्छ, उहाँलाई । अदालतभित्र विकृति विसंगति बढ्यो भनेर प्रतिवेदन आएको छ । कार्यान्वयनको प्रारम्भ हुनुपर्याे नि । बोलीको भरोसा भएन । 

वरिष्ठ अधिवक्ता युवराज संग्रौला 

पञ्चायतविरूद्व आन्दोलन हुँदा पुलिस आएन । २०६३ मा आएन । गृहमन्त्री र आईजीपीलाई प्रहरी नपठाउन चेतावनी दिन्छु । अन्तर्राष्ट्रिय मानवअधिकार, हेग, अन्तर्राष्ट्रिय बारमा प्रहरी उतारेको भिडियो जुमबाट देखाउन बारका पदाधिकारीलाई आग्रह गर्छु । प्रहरिलाई मानवअधिकार यातनाको अभियोगबाट २० वर्षअघि जोगाएको हौँ ।  

अधिवक्ता रूद्रप्रसाद नेपाल 

हाम्रो आन्दोलनविरूद्व लाग्नेलाई तुहाएर छाड्छौं । जबरासँग कुनै वार्ता गर्न तयार छैनौं । वार्तामा विश्वास छैन । राजीनामा नै हो । 

वरिष्ठ, उमेश गौतम 

न्यायिक विचलनको गम्भीर मोडमा पुगेको छ ।  सही ठाउँमा ल्याउन आन्दोलन गरेका हौँ । तर, जबराले सुनेनन्  । विचलनका मुख्य कारक नामै नलिँदा पनि दुनियाँले बुझिसक्यो । यो आन्दोलन व्यक्ति हटाउनमात्र होइन । मोटरसाइकलको हर्न भ्यागुताका ट्वार ट्वारबाहेक केही होइन । आन्दोलनलाई कुनै असर गर्दैन । 

प्रतिकृया दिनुहोस्

Flash News

नागरिकता विधेयक प्रमाणीकरण हुनु अत्यन्तै सकारात्मक : लोसपा सुखी नेपाली, समृद्ध नेपालका लागि ‘एक घर एक स्काउट’, ‘एक विद्यालय एक युनिट’ प्रधानमन्त्री प्रचण्ड नयाँ दिल्लीमा, राज्यमन्त्री मिनाक्षीले गरिन् स्वागत शिवजी क्षत्रीको कोरियोग्राफी र निर्देशनमा आउरे बाउरे सार्वजनिक बालेनको चेतावनीपछि मन्त्रालयको ताकेता : १० प्रतिशत शैया र निःशुल्क उपचार उपलब्ध गराउ नागरिकता विधेयक प्रमाणीकरण स्वागतयोग्य, तर प्रक्रिया मिलेन : मनिष झा सेयर बजार बुधबार पनि सम्हालिएन कोशी प्रदेशको नाममा पुनर्विचार गर्न १४ जिल्लाका कांग्रेस सभापतिको आह्वान एमालेले डाक्यो सचिवालय बैठक नागरिकता विधेयक प्रमाणीकरण क्रान्तिकारी कदम : प्रधानमन्त्री रुपन्देहीमा देवदह दरबार अनुमान गरिएको खयरडाँडामा उत्खनन आफ्नै अभियानविपरीत धनगढी उपमहानगरले बनायो नाला मिचेर सडक प्रधानमन्त्री प्रचण्ड भारत प्रस्थान (फोटो फिचर) जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ फ्रान्स पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ प्रधानमन्त्री प्रचण्ड ४ दिने भारत भ्रमणका लागि प्रस्थान कोशी प्रदेश सरकारबाट बाहिरियो जसपा सर्बिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ नेपालको राष्ट्रिय अखण्डमाथिको प्रहार रोक्न प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण केन्द्रित रहोस् : प्रजातान्त्रिक युवा संगठन बाफ्टा विजेता फिलिपको फिल्ममा सामन्था