ताजा अपडेट »

आज पनि देशभर विरोध प्रदर्शन गर्दै नेपाल बार, प्रधानन्यायाधीशलाई छेक्ने रणनीति

सोमबार, २९ कार्तिक २०७८, ०९ : ५०
12 Shares

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै आएको नेपाल बार एसोसिएसन आज पनि मुलुकभरका ९० बार इकाईमा विरोध प्रदर्शन गर्दैछ । आइतबारझैँ आज पनि काठमाडौं उपत्यकाका सबै बार इकाईबाट सर्वोच्च अदालतमा उपस्थित भएर प्रधानन्यायाधीश जबराविरुद्ध विरोध गरिने बारका महासचिव लीलामणि पौडेलले बताए । 

प्रधानन्याधीशलाई सर्वाेच्च प्रवेशमै रोक लगाउने भन्दै बार आइतबारदेखि गेटमै प्रदर्शन गर्दै आएको छ ।  आज पनि मध्यान्न १२ बजेसम्म देशभरका सबै अदालतमा विरोधका कार्यक्रम रहेको उनले बताए । बारले २२ देखि ३० सम्मका लागि दोस्रो चरणको आन्दोलन घोषणा गरेर प्रदर्शन गरिरहेको छ । प्रधानन्यायाधीश जबरा भने इजलास तोक्दै आएका छन् । बारले प्रधानन्यायाधीशद्वारा तोकिएका इजलासमा नजान आग्रह गर्दै सर्वोच्च अदालतका सबै न्यायाधीशलाई पत्र पठाइसकेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।