१७ जेष्ठ २०८०, बुधबार

May 31, 2023

बुटवल । रूपन्देहीको तिलोत्तमा नगरपालिकाले बालमैत्री नगर घोषणाको तयारी तीब्र पारेको छ । आगामी २९ मंसिरमा बालमैत्री स्थानीय शासन घोषणाको लक्ष्य राखेको तिलोत्तमा नगरपालिकाले बालमैत्री नगर घोषणाका लागि अनुगमनलाई पनि तीब्रता दिएको छ । रूपन्देहीका १६ वटा स्थानीय तहमध्ये तिलोत्तमा पहिलो बालमैत्री नगर घोषणा हुन लागेको हो ।

Advertisement

बालमैत्री नगर घोषणाका लागि ५१ वटा सूचकमध्ये ३८ वटा सूचकमा सत प्रतिशत उपलव्धि हासिल गर्नुपर्ने हुन्छ । त्यस्तै, छवटा सूचकमा ९५ प्रतिशत उपलब्धि, एउटा सूचकमा ९० प्रतिशत र छवटा सूचकमा ८० प्रतिशत नतिजा प्राप्त गरी बालमैत्री नगर घोषणा गर्न सकिन्छ । त्यसपछि सत प्रतिशत हासिल भएका सूचकको निरन्तरता र ९५, ९० र ८० प्रतिशत नतिजा हासिल भएका सूचकलाई सत प्रतिशतमा पुर्‍याउने प्रतिबद्धतासहितको पञ्चवर्षीय रणनीतिक योजना र प्रतिबद्धता गरेमा बालमैत्री घोषणा गर्न सकिने प्रावधान छ । यो अभियान सफल पार्न नगरपालिकाले हरेक वडामा बाल सहजकर्ता तथा बालमैत्री स्वयंसेवक परिचालन गरेको छ ।

बालमैत्री राष्ट्रिय अभियानका सहजकर्ता विष्णुप्रसाद चौवेले बालमैत्री स्थानीय शासनका न्यूनतम सेवा सूचकहरू बाल बचाऊ, बाल संरक्षण, बाल विकास र बाल सहभागितालाई अनिवार्य पालना गरेको हुनुपर्ने बताए । असल नागरिक उत्पादन गर्न जनप्रतिनिधि, कर्मचारी, बालसंजाल प्रतिबद्ध भएर लाग्न सके बालमैत्री घोषणाले सार्थकता पाउने उनको भनाइ थियो । साथै, उनले विद्यालय, समुदाय, घरपरिवार र स्थानीय सरकारले बालअधिकारको विषयलाई महत्त्व दिएर निरन्तर यससम्बन्धी राज्यले लिएका नीति र प्रतिबद्धताहरू अध्ययन गर्न सुझाए । नगरमा रहेका संचारकर्मीहरूले समेत बालमैत्री नगर घोषणाका लागि सामूहिक प्रतिबद्धता जनाउँदै हस्ताक्षर गरेका छन् ।

यसै सन्दर्भमा जानकारी दिन आज यहाँ आयोजित पत्रकार भेटघाटमा नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले नगरको भौतिक विकासले मात्र विकास भएको मान्न नसकिने भएकाले मानवीय विकासलाई मुख्य आधार मानेर बालमैत्री नगर घोषणाको कार्यक्रमलाई अगाडि बढाइएको बताए ।
 

प्रतिकृया दिनुहोस्

Flash News

नागरिकता विधेयक प्रमाणीकरण हुनु अत्यन्तै सकारात्मक : लोसपा सुखी नेपाली, समृद्ध नेपालका लागि ‘एक घर एक स्काउट’, ‘एक विद्यालय एक युनिट’ प्रधानमन्त्री प्रचण्ड नयाँ दिल्लीमा, राज्यमन्त्री मिनाक्षीले गरिन् स्वागत शिवजी क्षत्रीको कोरियोग्राफी र निर्देशनमा आउरे बाउरे सार्वजनिक बालेनको चेतावनीपछि मन्त्रालयको ताकेता : १० प्रतिशत शैया र निःशुल्क उपचार उपलब्ध गराउ नागरिकता विधेयक प्रमाणीकरण स्वागतयोग्य, तर प्रक्रिया मिलेन : मनिष झा सेयर बजार बुधबार पनि सम्हालिएन कोशी प्रदेशको नाममा पुनर्विचार गर्न १४ जिल्लाका कांग्रेस सभापतिको आह्वान एमालेले डाक्यो सचिवालय बैठक नागरिकता विधेयक प्रमाणीकरण क्रान्तिकारी कदम : प्रधानमन्त्री रुपन्देहीमा देवदह दरबार अनुमान गरिएको खयरडाँडामा उत्खनन आफ्नै अभियानविपरीत धनगढी उपमहानगरले बनायो नाला मिचेर सडक प्रधानमन्त्री प्रचण्ड भारत प्रस्थान (फोटो फिचर) जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ फ्रान्स पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ प्रधानमन्त्री प्रचण्ड ४ दिने भारत भ्रमणका लागि प्रस्थान कोशी प्रदेश सरकारबाट बाहिरियो जसपा सर्बिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ नेपालको राष्ट्रिय अखण्डमाथिको प्रहार रोक्न प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण केन्द्रित रहोस् : प्रजातान्त्रिक युवा संगठन बाफ्टा विजेता फिलिपको फिल्ममा सामन्था