८ आश्विन २०८०, सोमबार

Sep 25, 2023

धनगढी । नेकपा एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्वमा दाबी गर्ने भएको छ । त्यसका लागि समन्वय गर्न पार्टीको केन्द्रीय कमिटीसँग माग गर्ने लिखित निर्णयसमेत भएको छ । 

Advertisement

एकीकृत समाजवादी पार्टी प्रदेश सभा संसदीय दलका नेता तथा भौतिक पूर्वाधारमन्त्री दीर्घ सोडारीका अनुसार प्रदेश सभामा ठूलो दल भएपछि सरकारको नेतृत्व पाउनुपर्ने माग आएपछि केन्द्रलाई पत्र पठाउने निर्णय गरिएको हो ।

‘एकीकृत समाजवादी पार्टी संसदीय दलको शुक्रबार बसेको बैठकले आफ्नो पार्टीको नेतृत्वमा प्रदेशस सरकार बनाउनुपर्ने माग राख्दै केन्द्रलाई पत्राचार गर्ने निर्णय गरिएको छ,’ संसदीय दलका नेता सोडारीले भने, ‘केन्द्रको रायअनुसार आगामी रणनीति तय हुने छ ।’ उनले बैठकका थप निर्णय भने सोमबार पत्रकार सम्मेलन गरेर जानकारी दिइने बताए ।  प्रदेश सभामा नेकपा एस ठूलो दल भएका कारण सरकारको नेतृत्वका लागि दाबी गर्नु स्वाभाविक भएको उनले बताए । 

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले सुदूरपश्चिममा आउँदा पनि त्यसको केही संकेत देखाएका थिए । गत बिहीबार कञ्चनपुर पार्टी कार्यालय उद्घाटन गर्न सुदूरपश्चिम आउने क्रममा अध्यक्ष नेपालले धनगढी विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा सरकार परिवर्तन भए ठूलो दलका हैसियतले त्यसको नेतृत्व नेकपा एसले गर्ने बताएका थिए । 

प्रतिकृया दिनुहोस्

Flash News

रोल्पामा बस दुर्घटना, तीन जना घाइते डेंगु संक्रमणबाट थप एकको निधन  चाँंगुको शिक्षाको विकासका लागि जेल जानुपरे सबैभन्दा पहिला म जान्छु : मेयर जीवन खत्री युवती बलात्कार आरोपमा बालक पक्राउ एसियाली खेलकुद : महिला क्रिकेटको उपाधि भारतलाई ड्रोनबाट ब्यानर उडाएर एमाले बागमती प्रदेश अधिवेशन सुरु सुशासन समृद्धि र भ्रष्टाचार कोरिया नेपाल बहुप्राविधिक शिक्षालय बुटवल-१२ तामनगरमा वेल्डिङ व्यवसाय तालीम सुरू विदेशमा नेपालीमा आत्महत्या र डिप्रेसनको डर लाग्दो समस्या बालुवा उत्खनन गर्ने १० ट्याक्टर प्रहरी नियन्त्रणमा पर्सामा ३२ किलो चरेससहित एक जना पक्राउ लागूऔषधसहित पाँचजना पक्राउ लम्पी स्किन भ्याक्सिनमा कालोबजारी, ८० रुपैयाँको खोप १७२ मा बेच्दै लोटस भेट अभियन्ताहरू बोलाउँदा आएनन्, उहाँहरूको नेतासँग वार्ता गर्नुपर्ने हो ?: बालेन नेपाल र चीनबीच १३ बुँदे समझदारीमा हस्ताक्षर प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो प्रधानमन्त्री प्रचण्डद्वारा चीनको राष्ट्रिय स्मारकमा पुष्पगुच्छा अर्पण अप्पर लोहोरे खोला हाइड्रोपावरको आईपीओ सूचीकृत, कारोबार सुरु विदेशबाट आएको रकम शाइन बैकको मोबाइल बैंकिङ्ग एपबाटै बुझ्न सकिने सुनचाँदीको मूल्य स्थिर