८ आश्विन २०८०, सोमबार

Sep 25, 2023

काठमाडौं । टी-२० विश्वकपको दोस्रो खेलमा भारतले आज न्युजिल्याण्डको सामना गर्दैछ । यी दुई टोलीबीचको खेल दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज साँझ ७ः४५ मा सुरु हुनेछ । दुवै टोलीले आफ्नो पहिलो खेलमा पाकिस्तानसँग हार व्यहोरेका थिए ।

Advertisement

त्यसैले यो खेल एक हिसाबले क्वाटरफाइनल जस्तै बनेको छ । विजेता टोलीलाई सेमिफाइनल पुग्ने बाटो सहज हुनेछ भने हार्ने टोलीलाई अन्तिम चारमा पुग्न निकै कठिन हुनेछ ।  भारतले सन् २००३ यता न्युजिल्याण्डविरुद्ध कुनै पनि आईसीसी प्रतियोगिता जित्न सकेको छैन । यसकारण आज किवी टीमलाई हराएर भारत इतिहास लेख्न चाहन्छ ।

पछिल्लो एकदिवसीय विश्वकपको सेमिफाइनल (२०१९) र विश्व टेस्ट च्याम्पियनसिपको फाइनल (२०२१) मा भारत न्युजिल्याण्डसँग पराजित भएको थियो । टी-२० विश्वकपमा दुवै टोली दुईपटक आमने सामने भएका छन् भने दुवैपटक न्युजिल्याण्डले जितेको छ । 

पाकिस्तानसँगको खेलमा न्युजिल्याण्डले पहिलो खेलमा ब्याटिङ अर्डरको प्रयोग गरेको थियो । ओपनर डेरिल मिचेल र नम्बर ४ जेम्स निशमले पाकिस्तानविरुद्ध खेलेनन् । यसले टोलीलाई चोट पुर्‍यायो । डेथ ओभर आइपुग्दा उनको क्रिजमा कुनै ठूलो फिनिसर थिएन । र हारको सामाना गर्नु परेको थियो । 

भारतका लागि हार्दिक पाण्ड्या फेरि खेलमा फर्किएका छन् । उनले चोटका कारण पाकिस्तानविरुद्ध फिल्डिङ गरेका थिएनन् । यससँगै कुनै एक बलरको दिन खराब भयो भने समस्या कम हुन्छ । 

न्युजिल्याण्डका अनुभवी खेलाडी मार्टिन गुप्टिलले बायाँ खुट्टाको औंलामा चोट लागेपछि पाकिस्तानविरुद्धको खेलमा फिल्डिङ गरेका थिएनन् । तर, भारतविरुद्ध उनले खेल्ने अपेक्षा गरिएको छ । जस कारण यी दुई टीमबीचको खेल रोमाञ्चक हुने अनुमान गरिएको छ । 

भारत भर्सेस न्युजिल्यान्ड : रेकर्ड र हेड टु हेड

१.भारत र न्युजिल्याण्डबीच हालसम्म कुल १६ वटा टी-२० अन्तर्राष्ट्रिय खेल भएका छन् र दुवै टोलीले ८-८ खेल जितेका छन् । 

२.टी-२० विश्वकपमा न्युजिल्याण्ड भारतभन्दा अगाडि देखिन्छ। किवी टोलीले यस प्रतियोगितामा भारतलाई दुई पटक पराजित गरेको छ ।

३.रोहित शर्माले न्युजिल्याण्डविरुद्धको खेलमा भारतका लागि सबैभन्दा बढी ३३८ रन बनाएका छन् ।

४.कप्तान केन विलियम्सनले भारतविरुद्धको खेलमा न्युजिल्याण्डका लागि सबैभन्दा बढी ३२५ रन बनाएका छन् ।

५.किवी टोलीबाट इश सोधीले भारतविरुद्धको टी-२० खेलमा १७ विकेट लिएका छन्।

प्रतिकृया दिनुहोस्

Flash News

रोल्पामा बस दुर्घटना, तीन जना घाइते डेंगु संक्रमणबाट थप एकको निधन  चाँंगुको शिक्षाको विकासका लागि जेल जानुपरे सबैभन्दा पहिला म जान्छु : मेयर जीवन खत्री युवती बलात्कार आरोपमा बालक पक्राउ एसियाली खेलकुद : महिला क्रिकेटको उपाधि भारतलाई ड्रोनबाट ब्यानर उडाएर एमाले बागमती प्रदेश अधिवेशन सुरु सुशासन समृद्धि र भ्रष्टाचार कोरिया नेपाल बहुप्राविधिक शिक्षालय बुटवल-१२ तामनगरमा वेल्डिङ व्यवसाय तालीम सुरू विदेशमा नेपालीमा आत्महत्या र डिप्रेसनको डर लाग्दो समस्या बालुवा उत्खनन गर्ने १० ट्याक्टर प्रहरी नियन्त्रणमा पर्सामा ३२ किलो चरेससहित एक जना पक्राउ लागूऔषधसहित पाँचजना पक्राउ लम्पी स्किन भ्याक्सिनमा कालोबजारी, ८० रुपैयाँको खोप १७२ मा बेच्दै लोटस भेट अभियन्ताहरू बोलाउँदा आएनन्, उहाँहरूको नेतासँग वार्ता गर्नुपर्ने हो ?: बालेन नेपाल र चीनबीच १३ बुँदे समझदारीमा हस्ताक्षर प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो प्रधानमन्त्री प्रचण्डद्वारा चीनको राष्ट्रिय स्मारकमा पुष्पगुच्छा अर्पण अप्पर लोहोरे खोला हाइड्रोपावरको आईपीओ सूचीकृत, कारोबार सुरु विदेशबाट आएको रकम शाइन बैकको मोबाइल बैंकिङ्ग एपबाटै बुझ्न सकिने सुनचाँदीको मूल्य स्थिर