ताजा अपडेट »

विश्वकपमा आज दुई खेल

आइतबार, १४ कार्तिक २०७८, १३ : १४
26 Shares
आइतबार, १४ कार्तिक २०७८
26 Shares

काठमाडौं । आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा आइतबार दुई खेल हुँदै छ । समूह- २ अन्तर्गत पहिलो खेलमा अफगानिस्तान र नामिबियाबीच प्रतिस्पर्धा हुनेछ  । अबुधावीमा हुने खेल अपरान्ह पौने ४  बजे सुरु हुनेछ ।

प्रतियोगिता अन्तर्गत अफगानिस्तानले अघिल्ला दुई खेलमा स्कटल्यान्डलाई पराजित गर्दा पाकिस्तानसँग हार व्यहाेरेकाे थियो । यता, नामिबियाले एक खेल मात्र खेल्दा स्कटल्यान्डलाई पराजित गरेको थियो । दुबै टोली जित निकाल्दै सेमिफाइनलको सम्भावना कायम राख्न चाहन्छ । आइतबारको दोस्रो खेलमा भारत र न्यूजिल्यान्ड आमनेसामने हुनेछन् । दुबईमा हुने खेल खेल राति ७ : ४५ बजे सुरु हुनेछ । 

प्रतियोगितामा  दुबै टोली पाकिस्तानसँग पराजित भएको थियो । त्यसैले आइतबारको खेलमा दुबै टोली जितको खोजीमा हुनेछन् । समूह-२ मा लगातार तेस्रो जितसँगै पाकिस्तान शीर्ष स्थानमा रहेको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।