६ आश्विन २०८०, शनिबार

Sep 23, 2023

रोम । इटलीको राजधानी रोममा शनिबारदेखि जी २० को शिखर सम्मेलन सुरु भएको छ । आइतवारसम्म चल्ने दुई दिने सम्मेलनमा विश्वका प्रभावशाली मुलुकसहित १९ देश र युरोपेली संघका प्रतिनिधिहरु सहभागी भएका छन् । सम्मेलनमा भौतिकरूपमै वा भर्चुअल माध्यमबाट सहभागी हुन मिल्ने व्यवस्था गरिएको छ । सोही व्यवस्था अनुसार चीनका राष्ट्रपति सि चिन फिङ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलगायतका केही शीर्ष नेताहरू भने भर्चुअल माध्यमबाट सहभागी भएका छन् ।

Advertisement

कोरोनाभाइरसको महामारीका कारण आफुहरू सम्मेलनमा भौतिक रुपमा उपस्थीत हुन नसकेको बैठकस्थलमा नगएको नेताहरूले स्पष्ट पारेका छन् । सम्मेलनमा विषेशगरी जलवायु परिवर्तन, कोरोनाभाइरसको महामारी, पुरानै अवस्थामा फर्किने प्रयासलगायतका विषयमा छलफल भइहेको जनाइएको छ । 

सम्मेलनको पहिलो दिनको पहिलो सत्रमा ‘विश्व अर्थतन्त्र र विश्व स्वास्थ्य’ शिर्षकमा छलफल केन्द्रीत भएको थियो । त्यसैगरी दोस्रो दिन आइतबार ‘जलवायु परिवर्तन र वातावरण’ र ‘दिगो विकास’ मा केन्द्रीत छलफल हुने जनाइएको छ ।सम्मेलनको नेतृत्व सम्मेलन आयोजक मुलुक इटलीका राष्ट्रपति मारियो ड्राघीले गरेका छन् । सम्मेलनलाई सम्वोधन गर्दै उनले भने, “हामीले यो महामारीभन्दा अगाडिका सम्मेलनमा राष्ट्रियता, संरक्षणवाद र एकपक्षीयवादमा छलफल गर्ने गरेका थियौँ, तर अहिले सवैको साझा समस्या र चुनौतीका बारेमा छलफल गर्नु परेको छ ।”

कुनै देश तथा क्षेत्र विषेशमा छलफल गरेर वा कुनै देश विषेशले मात्रै लड्न नसक्ने भएकाले साझा चुनौतीका बारेमा विचार गर्नुपरेको उनले बताए । 

अन्तर्राष्ट्रियस्तरमा आर्थिक सहकार्य र सहयोगका लागि भन्दै जी २० शिखर सम्मेलनको सुरुवात सन् १९९९ मा भएको हो ।  जी २० अन्तर्गत अर्जेन्टीना, अष्ट्रेलिया, ब्राजिल, क्यानडा, चीन, जर्मनी, फ्रान्स, भारत, इन्डोनेसिया, इटली, जापान, मेक्सीको, रुस, साउदी अरब, दक्षिण अफ्रिका, दक्षिण कोरिया, टर्की, बेलायत, अमेरिका र युरोपेली संघ पर्दछन् । 

प्रतिकृया दिनुहोस्

Flash News

भाटभटेनीलाई झापाली जनताको उत्साहजनक साथ, बिर्तामोड स्टोरमा छुट यथावत प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सिबीच भेटवार्ता महिलाको छातीमा अटोग्राफ दिए पछि डोनाल्ड ट्रम्प बिबादमा लुम्बिनीमा ४८९ जनाले लगाए पाठेघरको मुखको क्यान्सर विरुद्ध खोप, असोज १० गतेसम्म अभियानको समय थप आलुले बजार र मूल्य नपाउँदा किसान मर्कामा प्रधानमन्त्री दाहाल चीनमा, यस्तो छ एक हप्ताको कार्यक्रम कांग्रेस निकट मुस्लिम संघको महाधिवेसनको तयारी पूरा नेपाल क्रिकेट संघको अध्यक्षमा पुनः चन्द निर्वाचित ‘स्वास्थ्य सामग्रीमा वितरणमुखी बनेर राज्यलाई कंङ्गाल नबनाऔं’ एनआरएनए अध्यक्षका प्रत्याशी शर्माकाे विश्व दौडाहा जारी देश बिरुद्ध लेखेको आरोपमा पाकिस्तानमा एक पत्रकार हिरासतमा छन्द लहरीमा लहरिँदा नेपालमा लगानी गर्न आयरल्याण्डका राष्ट्रपतिसँग सभामुखकाे अनुराेध ओलीले सम्झिए भारतीय नाकाबन्दीका कष्टकर दिन आज क्यानको नेतृत्व चयन हुँदै, चतुरबहादुर र बिनयराज बीच प्रतिस्पर्धा मुगु सदरमुकाम गमगढी बजारमा आगलागी, ५ घर पूर्ण रुपमा क्षति  बोलेरो जीपबाट खसेर बालकको मृत्यु आजदेखि प्रधानमन्त्री प्रचण्ड चीन भ्रमणमा राहत शिक्षकहरुले पुनः आन्दोलनको घोषणा लुम्बिनी प्रदेश याेजना आयाेगमा थपिए दुई सदस्य