७ आश्विन २०८०, आईतवार

Sep 24, 2023

गुल्मी । अहिले राजनीतिमा युवा पुस्ताको खोजिभइरहेको छ । एमालेको वडा र पालिका अधिवेशन भइरहेको छ । कांग्रेसले केही समयअघि गर्‍यो । माओवादी केन्द्रले पनि अधिवेशनहरू गरिरहेको छ । केन्द्रदेखि जिल्ला र वडासम्म राजनीति नेतृत्व युवाहरूलाई हुनुपर्ने माग विभिन्न फोरम र सामाजिक सञ्जालहरूमा कार्यकर्ताहरूले गरिरहेका छन् ।

Advertisement

गुल्मी एमालेले युवालाई राजनैतिक नेतृत्व हस्तान्तरणको नयाँ अभ्यास सुरु गरेको छ । वडा र पालिकामा थुप्रै युवाहरूको प्रवेश देखिएको छ । उनीहरूलाई अरु पार्टीका नेता र कार्यकर्ताले समेत प्रशंसा गरेका छन् । 

नेकपा एमाले इस्मा गाउँकमिटीका अध्यक्ष राजेन्द्र विक्रम कुँवर भए । उनले निर्वाचनबाटै प्रत्यासी बिनबहादुर गौतम र नारायण पैयानीलाई भारी मतान्तरले पराजित गरे । कुँवर ३१ वर्षका भए । प्रत्यासी पुराना अनुहार हुन् । कमिटीका सबैभन्दा कान्छा नविन अर्यालले नै १५५ मतमध्ये १२७ मत प्राप्त गरेर उपसचिव भए । सचिवमा गनुप्रसाद अधिकारी, उपसचिव कल्पना अधिकारी पनि युवा नै हुन् । 

त्यस्तै मालिका गाउँ कमिटीको अध्यक्षमा ओमबहादुर कार्की निर्वाचित भए । उनीसहितका सबै पदाधिकारी सर्वसम्मत चयन भएका हुन् । कार्कीसहितका सबै ३० देखि ४० वर्ष उमेर समुहका छन् ।

मदाने गाउँ कमिटीको अध्यक्षमा प्रेम केसी निर्वाचित भएका छन् । उनीसहितका सबै पदाधिकारीहरू युवा छन् । एमाले मदाने गाउँकमिटी सर्वसम्मत निर्वाचित भएको हो । कालिगण्डकी गाउँ कमिटीको अध्यक्षमा रामजी ढकाल निर्वाचित भएका छन् । मुसिकोट र रेसुंगा नगर कमिटीले पनि युवाकै नेतृत्व पाएको छ । मुसिकोटमा प्रकाश काफ्ले र रेसुंगामा हरिप्रसाद पोख्रेल अध्यक्षमा निर्वाचित भएका छन् ।

नेकपा एमाले गुल्मीले जिल्लाका ११ स्थानीय तहका कमिटीको अधिवेशन सम्पन्न गरेको छ । मुसिकोट र रेसुंगा नगरकमिटी, इस्मा, मदाने, मालिका, गुल्मी दरवार, छत्रकोट, रूरू क्षेत्र, सत्यवती, चन्द्रकोट र कालिगण्डकी गाउँ कमिटीको अधिवेशन सकिएको छ ।

धुर्कोट गाउँपालिकामा शनिबार नेतृत्व चयनको प्रयास सुरु भएको छ । ११ स्थानीय तहमध्ये इस्मा गाउँ कमिटीको लागि निर्वाचन भएको छ । भने १० स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन भएको एमाले जिल्ला सचिव सोमनाथ सापकोटाले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

Flash News

‘सिद्धार्थ चेम्बर अफ कमर्श पत्रकारिता पुरस्कार’बाट गुप्ता सम्मानित विषादीयुक्त केमिकलबाट स्थानीय बासीको स्वास्थ्यमा समस्या भएको भन्दै उद्योग बन्द गर्न माग लुम्बिनी प्रादेशिक अस्पतालमा बाल तथा महिला प्रसुतीका लागि छुट्टै काउन्टरको सुरुवात बुटवल आएर एआईजी भण्डारीको निर्देशन : भ्रष्टाचार शुन्य सहनशिलतामा काम गर्नुस् बुटवल गाेलपार्कको दुर्गा मन्दिरमा सन्ध्याकालिन महाआरती हुने बुटवलको देवीनगरमा गणपति मिष्ठान्नको ‘फ्रेन्चाइज’ बुटवलमा ईस्लाम धर्मालम्विहरुको धर्मगुरु पैगम्बरको १४९८ औं जन्मोत्सव विविध कार्यक्रम गरि मनाइँदै लागुऔषधसहित एकजना पक्राउ ‘अपराधको शैली परिवर्तन हुँदै जाँदा अनुसन्धान तथा नियन्त्रण थप चुनौतिपूर्ण बन्दै’ बलात्कार आराेपमा एकजना पक्राउ खुकुरी प्रहार गरी हत्या गरेको आराेपमा एकजना पक्राउ जुवातास खेलिरहेको अवस्थामा पाँचजना पक्राउ एयर गनसहित एकजना पक्राउ गाईको चित्रअंकित ‘मेडालियन सिक्का’ सार्वजनिक जसपाको कोशी प्रदेश समिति पुनर्गठन, पदाधिकारीमा को को परे ? चिलिमे-त्रिशुली २२० केभी प्रसारण लाइन पुषभित्र सक्ने समयसीमा नेपाल–चीन व्यवसाय परिषद् स्थापना गर्न नेपाल उद्योग परिसंघ र सीसीपीआईटीबीच समझदारी प्रधानसेनापति शर्मा भारत प्रस्थान टिकटक स्टार ‘मुन’को सम्झानामा युवा वर्गलाई सदेश मुलक गीत (भिडियोसहित) भष्ट्रचारको थप सुचना ओलीज्यूले नै दिनुहुन्छ: बराल