२६ जेष्ठ २०८०, शुक्रबार

Jun 9, 2023

बुटवल । रूपन्देही प्रहरीले करिब ११ लाख रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय रूपन्देही र कार्यालय मातहत प्रहरी इकाइहरूले १० लाख ९० हजार ५०० रुपैयाँ बराबरको अवैध सामान बरामद गरेका हुन् । फेला पारिएको अवैध सामान स्थानीयको रोहवरमा बरामद गरी आवश्यक कारवाहीका लागि सम्बन्धित निकायमा पठाइएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक (डीएसपी) सत्यनारायण थापाले बताए ।

Advertisement

इलाका प्रहरी कार्यालय लुम्बिनी मातहत प्रहरी चौकी कालीदहबाट खटिएको टोलीले लुम्बिनी सांस्कृतिक नगरपालिका- १ स्थित खुनगाईबाट लु२च ९८२८ नम्बरको पिकअपमा अवैध रूपमा ल्याउँदै गरेको दुईवटा भैँसी र एउटा पाडो बरामद गरेको छ । अन्दाजी आठ लाख १५ हजार रुपैयाँ बराबरको पिकअप र भैँसीसहित चालक रूपन्देहीको गैडहवा गाउँपालिका- ३ का २८ वर्षीय मोहमद आसिफसमेतलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागि भैरहवा भन्सार कार्यालय भैरहवा पठाइएको प्रहरीले जनाएको छ ।

त्यस्तै, इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको टोलीले विभिन्न किसिमका लत्ता कपडाहरू र चिनी गरी २३ हजार रुपैयाँ बराबरको अवैध सामान फेला पारी आवश्यक कारवाहीका लागि भन्सार कार्यालय बेलहिया रूपन्देही पठाएको छ ।

त्यसैगरी वडा प्रहरी कार्यालय बुटवल रूपन्देही मातहत नगर प्रहरी कार्यालय बुटवलबाट खटिएको टोलीले बुटवल उपमहानगरपालिका( ११ योगीकुटीस्थित आकाशे पुल नजिक सिद्धार्थ राजमार्गमा भारतबाट अवैध रूपमा ल्याइएका झोलामा राखेको एक लाख रुपैयाँ बराबरको स्मोकिङ पेपर १०० प्याकेट बरामद गरेको छ ।

त्यस्तै, इलाका प्रहरी कार्यालय मर्चवार मातहत प्रहरी चौकी देवेथुमुवाबाट खटिएको टोलीले सम्मरीमाई गाउँपालिका- ३ तरैनी नाकाबाट लु२प ५९९१ नम्बरको मोटरसाइकलमा ल्याउँदै गरेको एक क्विन्टल चिनी र मोटरसाइकलसहित ६६ हजार रुपैयाँ बराबरको सामान बरामद गरेको छ ।

प्रहरी चौकी मेउडिहवाबाट खटिएको टोलीले सिद्धार्थनगर नगरपालिका- २ मेउडिहवाबाट ११० पिस सर्ट र झिलिमिली लाइट १८ पिस गरी ४८ हजार ५०० रुपैयाँ बराबरको सामान बरामद गरेको छ ।

त्यसैगरी इलाका प्रहरी कार्यालय मझगाँवाबाट खटिएको टोलीले मायादेवी गाउँपालिका-६ गरगट्टीबाट चार बोरा चिनी, २४ पिस पाउडर दूध, ५० किलो ब्रोइलर कुखुरा, चार किलो चिया पत्ती र एक बोरा सरफ गरी ३८ हजार रुपैयाँको सामान बरामद गरेको जनाइएको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

जलहरी बहस संसदको रेकर्डवाट हटाएकोमा रामहरी खतिवडाको आपत्ति विद्यालय कर्मचारी माथि राज्यबाटै चरम श्रमशोषण नेपाल धितोपत्र बोर्डले मनकामना दरौंदी हाइड्रोपावरको सेयरमा आवेदन नदिन आग्रह पहिचानको नाममा अराजकता मच्चाउनेलाई कारबाही गरिनेछः गृहमन्त्री  सुनचाँदीको भाउमा उतारचढाव कुमारी बैंकको १ लाख ४६ हजार कित्ता संस्थापक सेयर लिलामी खुल्यो आइएमई लाइफको आइपीओ खुला हुने २९ जिल्ला न्यायाधीशका लागि दरखास्त आव्हान [सूचनासहित] अत्याधिक गर्मी बढेपछि तिलोत्तमामा निः शुल्क सर्वत पानी वितरण ४७ बर्षकी भइन टाइटनिककी रोज  नेपालका असरफसँग डिल गरे पछि सञ्जीव जीवाकाे लखनउ अदालतमा हत्या लुम्बिनी प्रदेश सरकारले आज नीति तथा सार्वजनिक गर्ने भाषण गर्न नपाउँदा सभामुख घर्तीको आक्रोस : लुम्बिनी केवलकारलाई ‘पूँजीवादी दलाल’का पनि ‘दलाल’को संज्ञा क्यानडाको डढेलोले अमेरिकाकाे न्युयाेर्कलगायतका सहर धुवाँले ढाकियो बजेटमाथिको छलफल जारी : प्रतिनिधिसभा बैठक विहान ११ बजेदेखि राप्रपा नेपालले आज बिरोध प्रदर्शन गर्दै पूर्व अमेरिकी गुप्तचर अधिकारीको दाबीः अमेरिकासँग एलियन छ निर्वाचन आयोग र राजनीतिक दल बीच आज छलफल हुँदै कांग्रेसको सदस्यता र नवीकरण अनलाइनमार्फत भर्न सकिने हेटौंडा अस्पताल र मेडिकल स्टोर पथलैयामा स्वास्थ्य मन्त्रीको आकस्मिक निरीक्षण