१७ जेष्ठ २०८०, बुधबार

May 31, 2023

जाजरकोट। सयौं वर्षको इतिहास बोकेका जाजरकोटका ऐतिहासिक संरचना संरक्षण अभावले नामेट हुने अवस्थामा पुगेका छन् । छेडागाड नगरपालिका–८ घोगी पजारुस्थित चैत्य गुम्बा अर्थात् प्राचीन देवल संरक्षण अभावमा हरेक वर्ष जीर्ण बनिरहेको छ । 

Advertisement

निकै आकर्षक र ऐतिहासिक यो देवल संरक्षणमा सरोकारवाला निकायले चासो नदिएको स्थानीयको आरोप छ । तेह्रौँ शताब्दीमा जाजरकोटमा भोटेले शासन गरेको र उनीहरूले नै यी देवल बनाएको जानकारहरूको भनाइ छ । ढुङ्गा कुँदेर बनाइएका ती कलात्मक चैत्य गुम्बा अर्थात् देवल निकै शुन्दर छन् । यी देवलको खोज अनुसन्धान गरी प्रचार गर्न सके पर्यटकीय आकर्षणको केन्द्र बन्न सक्ने प्रष्ट छ । तीन रोपनी जग्गामा फैलिएको देवल क्षेत्र स्थानीय सरोकारवाला, सरकार र पर्यटन क्षेत्रसँग सम्बद्ध निकायको बेवास्ताका कारण ओझेलमा परेको छ ।

स्थानीयले देवल क्षेत्र समेत अतिक्रमण गर्दै गएका छन् । जसका कारण यसको मौलिकता र महत्व पनि हराउने जोखिम बढेको छ । सदरमुकाम खलङ्गा र अन्य शहरी क्षेत्रबाट देवल क्षेत्रमा पुग्न सहज पहुँचमार्ग नभएको र देवल क्षेत्रको पुनर्निर्माणका लागि सरोकारवालाले कुनै पहल नगरेका कारण ओझेलमा परेको स्थानीय रेशमबहादुर खड्काले जानकारी दिए । करिब सात सय वर्षअघि निर्माण भएका ती चैत्य गुम्बा अर्थात् देवलको उचित संरक्षण र प्रचार अभावले बाहिरी जिल्लाका मात्र होइन जाजरकोटवासी नै देवलको महत्व र ऐतिहासिकताबारे बेखबर रहेको स्थानीय सरस्वती गिरीले बताइन् ।

पटक–पटक गरी स्थानीय सरकार र पर्यटन बोर्डले करिब १० लाख रुपैयाँ विनियोजन गरे पनि रकमको खासै सदुपयोग हुन सकेको छैन । सामान्य घेराबार, मन्दिर बनाउने कामबाहेक अन्य पूर्वाधार निर्माण हुन सकेको छैन । तीन रोपनी जग्गाभित्र रहेका १३ वटा देवलको कलात्मक आकार, प्राचीनता र आकर्षक बनावटले त्यहाँ पुग्ने जोकोहीलाई पनि मोहित पार्ने गरेको छ । तर, उचित व्यवस्थापन र संरक्षण नभएकोप्रति स्थानीय सरकार र सम्बद्ध निकायप्रति जनताले असन्तुष्टि पोख्ने गरेका छन् ।

छेडागाड नगरपालिकाका प्रमुख लालबहादुर महताराले पजारूको घोगीस्थित चैत्य गुम्बा अर्थात् देवल क्षेत्र संरक्षण र प्रवद्र्धनतर्फ आफूहरूले विस्तृत योजना तयारी गरिरहेको बताए । जिल्लाकै पर्यटन विकासमा महत्वपूर्ण टेवा पुग्न सक्ने पजारुको देवल क्षेत्रको संरक्षण र प्रचारप्रसार गर्न सबै पक्ष लाग्न आग्रह गरे ।  इतिहासिक महत्व बोकेको भेरी नगरपालिका–१ कालेगाउँ शिवालयस्थित महत्वपूर्ण मन्दिरसमेत संरक्षण अभावमा जीर्ण बन्दै गएको छ । कच्ची सडकसँग जोडिएको भए पनि थप विकासतर्फ ध्यान जान नसकेको स्थानीयवासी बताउँछन् ।-न्यूज कारखाना

प्रतिकृया दिनुहोस्

Flash News

अत्याधिक गर्मीका कारण रुपन्देहीको सियारीमा विद्यालय विदा तिनाउको दोभान माविमा २ दिने चित्रकला अनुशिक्षण रास्वपा सभापति रवि लामिछाने भारत प्रस्थान  नागरिकता विधेयक प्रमाणीकरण हुनु अत्यन्तै सकारात्मक : लोसपा सुखी नेपाली, समृद्ध नेपालका लागि ‘एक घर एक स्काउट’, ‘एक विद्यालय एक युनिट’ प्रधानमन्त्री प्रचण्ड नयाँ दिल्लीमा, राज्यमन्त्री मिनाक्षीले गरिन् स्वागत शिवजी क्षत्रीको कोरियोग्राफी र निर्देशनमा आउरे बाउरे सार्वजनिक बालेनको चेतावनीपछि मन्त्रालयको ताकेता : १० प्रतिशत शैया र निःशुल्क उपचार उपलब्ध गराउ नागरिकता विधेयक प्रमाणीकरण स्वागतयोग्य, तर प्रक्रिया मिलेन : मनिष झा सेयर बजार बुधबार पनि सम्हालिएन कोशी प्रदेशको नाममा पुनर्विचार गर्न १४ जिल्लाका कांग्रेस सभापतिको आह्वान एमालेले डाक्यो सचिवालय बैठक नागरिकता विधेयक प्रमाणीकरण क्रान्तिकारी कदम : प्रधानमन्त्री रुपन्देहीमा देवदह दरबार अनुमान गरिएको खयरडाँडामा उत्खनन आफ्नै अभियानविपरीत धनगढी उपमहानगरले बनायो नाला मिचेर सडक प्रधानमन्त्री प्रचण्ड भारत प्रस्थान (फोटो फिचर) जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ फ्रान्स पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ प्रधानमन्त्री प्रचण्ड ४ दिने भारत भ्रमणका लागि प्रस्थान कोशी प्रदेश सरकारबाट बाहिरियो जसपा