ताजा अपडेट »

घरेलु तथा साना उद्योग महासंघद्वारा परिचयात्मक तथा भेटघाट

सोमबार, २८ भदौ २०७८, १८ : ३०
4 Shares

बुटवल । नेपाल घरेलु तथा साना उद्योग महासंघ रुपन्देहीद्वारा परिचयात्मक तथा भेटघाट कार्यक्रम गरिएको छ । महासंघले सोमबार मणिग्राममा आयोजना गरेको कार्यक्रममा सहभागिहरुले देश विकासका लागि उद्योग क्षेत्रको विकास अनिवार्य रहेको बताए । उनीहरुले देशको सम्बृद्विका लागि सबै तहका सरकारले उद्योगको विकासका लागि नीति र बजेट निर्माणमा जोड दिए ।

महासघ रुपन्देहीका अध्यक्ष ध्रूर्व धितालको अध्यक्षतामा भएको कार्यक्रममा महासंघका सल्लाहकारहरु तेज कुमार पाठक, नवराज श्रेष्ठ, वसन्त रोक्का, वोनिन पिया, शिवचन्द्र गुप्ता, जिवनारायण अधिकारी, बिक्रम खड्का लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा महासंघका उपाध्यक्ष टंक अधिकारी, महिला अध्यक्ष विष्णु थापा,देवान्द पाण्डेय लगाएतले महासंघको गतिविधिका विषयमा जानकारी राखेका थिए । कार्यक्रममा महासंघका रुपन्देहीका सात पालिकाका अध्यक्षहरु, सल्लाहकार, कार्यसमितिका पदाधिकारी सदस्यहरुको सहभागिता रहेको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।