१० आश्विन २०८०, बुधबार

Sep 27, 2023

बागलुङ । केही दिनअघि यहाँका युवा व्यवसायी सुवास श्रेष्ठले फेसबुकमा लेखेको ‘पोष्ट’ले धेरैको ध्यान खिचेको हुनुपर्छ । सर्रर हेर्दा सामान्यझैँ लागे पनि अन्त्यसम्म पढ्दा स्तब्ध पार्ने खालको छ । उनले लेखेका छन्, “भोलिका दिनमा हामीजस्ता व्यवसायीको केही गरी देह त्याग भएमा कोरोनाले लग्यो रे भनेर झूठो समाचार नबनाइदिनू, त्यो हजूरहरुले बनाएको नियम पालना गर्दा र व्यवसायमा भएको भेदभावका कारण हुन सक्छ ।” उनी अघि थप्छन्, “१७ महिना भइसक्यो, अझै कहिलेसम्म थेग्ने, भाडा, बैंकको ब्याज, बिजुली, पानी, आय कर बढेकोबढ्यै छ, अलिकति त सास फेर्ने ठाउँ दिनुस्, सारै अटसमटस र उकुसमुकुस भइसक्यो ।”

Advertisement

व्यवसायी श्रेष्ठको सो ‘पोष्ट’ जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रले १५ दिन लामो निषेधाज्ञा खुकुलो पार्ने निर्णय गरेकै साँझ सार्वजनिक भएको थियो । अन्य व्यवसाय खुल्दा पार्टी प्यालेस, चलचित्र घर, नृत्यशाला र जिमखानालगायतमा लगाइएको निरन्तरको रोकप्रति उहाँको दुः खेसो छ । महामारीका कारण डेढ वर्षदेखि व्यवसायमा परेको मर्कालाई उनले फेसबुकमार्फत आफ्ना भावनालाई सार्वजानिक गरे । पीडा र आफ्नो दुःखान्त भोगाइलाई व्यक्त गर्न उनले आक्रोशको सहारा लिएका छैनन् ।

“हाम्रो पार्टी प्यालेस, सिनेमा हल, जिम हल, डान्स हलहरु पनि मापदण्ड बनाएर चल्न दिनु पर्ने होइन र सम्बन्धित निकायले हाम्रो बारेमा पनि केही सोचिदिनु, बुझिदिनु पर्ने हो”, व्यवसायी श्रेष्ठले उल्लेख गरे । बजार, व्यवसाय चलायमान हुँदा केही क्षेत्रमा भने अहिले पनि प्रतिबन्ध छ । महामारीको जोखिम नटरिसकेको जनाउँदै ती व्यवसायमा बन्देज लगाइराख्ने हो भने आइपर्ने समस्याको समाधानका लागि सम्बन्धित पक्षले जिम्मा लिनुपर्ने उनको माग छ ।

उनले आफूहरु जनस्वास्थ्यका मापदण्ड अपनाएर सुरक्षित तबरले सेवा दिन तयार रहेको बताए । ती व्यवसायमा श्रेष्ठको करोडौँ लगानी छ । बागलुङमा मात्र नभएर पोखरामासमेत उनको व्यवसाय विस्तारित छ । कैँयनलाई रोजगारी दिलाउँदै आँटिला र उदाउँदा व्यवसायीको चिनारी बनाएका ३४ वर्षीय श्रेष्ठमाथि महामारीको नमिठो बज्र परेको छ । व्यवसायलाई कसरी टिकाउने भन्ने चुनौती छ । यस्तो पीडा उनी एक्लैमाथि मात्र भने छैन ।

महामारी सुरु भएपछि व्यावसायिक क्षेत्र सबैतिर मारमा छ । गत असरको तह कमीबेँसी चाहिँ छ । अत्यावश्यक सेवाका पसललगायत कतिपय व्यवसाय सधैँ खुल्ने केही भने सधैँ बन्द गर्नुपर्ने स्थितिले व्यवसायी निराश छन् । उनीहरु व्यवसाय सञ्चालनमा भेदभाव गरिएको बताउँछन् । सौन्दर्य व्यवसाय, सैलुन, फुटपाथमा पनि अहिले रोक छ । व्यवसायीको माग र दबाब बढेपछि होटल, रेष्टुराँ व्यवसाय भने खुलेका छन् । सङ्क्रमण स्थिर भएर स्थिति केही सहज बन्दै गएकाले अब विस्तारै सबै व्यवसायलाई चलायमान बनाउनुपर्ने बागलुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष युवराज राजभण्डारीले बताए ।

“पार्टी प्यालेससहित कतिपय व्यवसाय सञ्चालनमा सरकारले नै रोक लगाएकाले जिल्लातहमा निर्णय हुन सक्ने अवस्था छैन”, उनले भने, “हाम्रो माग र आवाजलाई केन्द्रसम्मै पुर्याउनुपर्छ, अब बन्द गरेर मात्र हुँदैन ।” व्यवसाय निर्वाधरुपमा चल्न दिनका लागि सङ्घले जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकमा कुरा उठाउँदै आएको उनको भनाइ छ । व्यवसायी पलायन हुने, श्रमिकले रोजगारी गुमाउने र आर्थिक क्षेत्र नै तहसनहस हुने स्थिति आउने हो कि भन्नेमा उनको चिन्ता छ ।

महिनौँसम्म कारोबार ठप्प हुँदा कतिपय व्यवसाय उठ्नै नसक्ने गरी थलिएका छन् । ऋणको किस्ता, ब्याज र भाडाको भारले कहिलेसम्म व्यवसायीलाई थिच्ने हो कुनै ठेगान छैन । निषेधाज्ञा खुकुलो हुँदा यसो व्यावसायिक क्षेत्रले बौरने लक्षण देखाउने गरेपछि सङ्क्रमण उकालो लाग्दा पुनः प्रतिबन्ध खेप्नु परिरहेको छ । निषेधाज्ञाले मात्र पनि महामारी पूरै थामिने सङ्केत छैन । यसको चक्र लामो सयमसम्म चल्ने देखिन्छ । के अब निषेधाज्ञा थपिनै रहने कि, नयाँ विकल्पमा जाने भन्ने प्रश्न सतहमा आएको छ । निषेधाज्ञा हुँदा सबैभन्दा बढी गरी खाने वर्ग र व्यवसायी मार पर्छन् । जनस्वास्थ्यका मापदण्ड पूर्णरुपमा पालना गराएर व्यापार, व्यवसायलाई पूर्ववत्रुपमा खोल्नुपर्नेमा व्यवसायी एकमत छन् । यहाँ अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या २२३ छ । दुई साताअघि त्यस्ता सङ्ख्या बढेर ७०० नाघेको थियो । अहिले यो सङ्ख्या क्रमशः घट्न थालेको छ । सङ्क्रमण दर घटेसँगै निषेधाज्ञा खोलिएको छ । कुन दिन फेरि सङ्क्रमण बढ्छ र व्यवसायीले सटर लगाउनुपर्ने हो, जानकारी छैन ।- रासस

प्रतिकृया दिनुहोस्

Flash News

साफ यू-१९ च्याम्पियनसिप फुटबल : भारतसँग नेपाल स्तब्ध बुटवलमा मिस डायमण्ड-२०२३ आयोजना बिहान कार्यालय पुगेपछि अनिवार्य योग–ध्यान गर्न कर्मचारीलाई गृहको निर्देशन बाँकेमा पाटेबाघ मृत फेला राष्ट्रियव्यापी पावरलिफ्टिङ्ग प्रतियोगिता एनवाईएफसी क्लासिक-२०२३ सम्पन्न संखुवासभाका कांग्रेस जिल्ला सभापति दिपक खड्काले दिए राजीनामा सेयर बजार १८.६० अंकले घट्यो सुन किन्ने बहानामा चोरी गर्ने चारजना पक्राउ चलचित्र परदेशी-२ को शिर्ष गीत ‘परदेशी छुकछुके रेलैमा..’ सार्वजनिक हत्या आराेपमा एकजना पक्राउ पर्यटन प्रर्वद्धनमा नीजि र सरकारी क्षेत्रको सहकार्य आवश्यक लागूऔषधसहित ९ जना पक्राउ रुपन्देहीका ३ सय ६० विद्यार्थीलाई शान्ती र सद्भावका लागि संबाद शिक्षा जुवा खेलिरहेको अवस्थामा १८ जना पक्राउ सालकको खपेटासहित चारजना पक्राउ बालिका बलात्कार आराेपमा एकजना पक्राउ उपचार छाडेर चिकित्सक आन्दोलनमा, सुरक्षाको जिम्मा सरकारले लिन्छ : स्वास्थ्यमन्त्री बस्नेत नयाँ खिम्ती २२० केभी सबस्टेसनको क्षमता बृद्धि : विद्युत् खेर नजाने, निर्यात परिमाण बढ्ने प्रधानमन्त्री प्रचण्ड ल्हासामा घट्यो सुनचाँदीको मूल्य