ताजा अपडेट »

बुटवलमा स्थानीय स्काउटका सदस्यहरुको दिक्षान्त तथा सपथ कार्यक्रम

आइतबार, १३ भदौ २०७८, २१ : २७
4 Shares

बुटवल । बुटवलमा स्थानीय स्काउट संरक्षक प्रमुख, स्काउट संयोजक तथा सदस्यहरुको दिक्षान्त समारोह तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । नेपाल स्काउट लुम्बिनी प्रदेशको आयोजनामा आईतबार दिक्षान्त समारोह तथा सपथग्रहण कार्यक्रम सम्पन्न भएको हो ।

सो अवसरमा स्काउटका राष्ट्रिय संयोजक लोकबहादुर भण्डारी, बुटवल उपमहानगरपालिका प्रमुख शिबराज सुबेदी, सैनामैना नगरपालिका प्रमुख चित्रबहादुर केसी, कञ्चन गाउँपालिका प्रमुख गोकर्णबहादुर क्षेत्री लगायतलाई दिक्षान्त गरिएको प्रदेश संयोजक दिननाथ भट्टराईले बताए ।

कार्यक्रममा स्काउटका राष्ट्रिय संयोजक भण्डारीले नेपाल स्काउटले नगरपालिका गाउँपालिका, विद्यालयहरुलगायत सबै क्षेत्रहरुलाइ समेटेर अगाडी बढन लागेको बताए । कार्यक्रम स्काउट लुम्बिनी प्रदेशका संयोजक दिनानाथ भट्टराइको अध्यक्षता तथा भरत अर्यालको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।