१० आश्विन २०८०, बुधबार

Sep 27, 2023

बुटवल । वित्तिय साक्षरता प्रशिक्षक प्रशिक्षण विषयक ४ दिने तालिम बुटवलमा सम्पन्न भएको छ । तालिम सानाकिसान विकास लघुवित्त वित्तिय संस्था लि. को आयोजना तथा सिप परियोजना र युके एआइडिको सहकार्यमा यहि भाद्र १० गते शुरु भई १३ गते सम्पन्न भएको हो ।

Advertisement

समापन कार्यक्रममा बोल्दै मुख्य प्रशिक्षक विनोद अधिकारीले तालिम सिक्ने र सिकाउने प्रक्रिया भएकाले आफूले पनि धेरै कुरा सिक्ने मौका पाएको साथै प्रशिक्षार्थीको जोश, जाँगर र क्रियाशिलताले गर्दा नै तालिम सफल रुपमा सम्पन्न भएको र यसको नतिजा भने समूदायमा गएर तालिम दिएपछि मात्र थाहा हुने बताए। “यो तालिम पूर्वाभ्यास मात्र हो तर यसको परिणाम तपाईंहरुले समूदायमा गएर तालिम दिएपछि मात्र आउनेछ ” अधिकारीको भनाई थियो ।

त्यसैगरी समापन कार्यक्रमका अध्यक्ष तथा सानाकिसान विकास लघुवित्त वित्तिय संस्था लि। इलाका कार्यालय बुटवलका प्रबन्धक गणेश प्रसाद भट्टराईले तालिममा सिकेको सिप संस्था र समूदायको लागि सम्पत्ति हुनुपर्ने कुरामा जोड दिए । “तपाईंले सिकेको सिप तपाईंको संस्था र समूदायको सम्पत्ति हुनुपर्छ र यसमा तपाईंहरुले पक्कै ध्यान दिनुहुनेछ ” भट्टराईले भने ।

तालिमको मुख्य उद्देश्य समूदायमा रहेका सानाकिसानहरुलाई वित्तिय साक्षरता सम्बन्धि तालिम प्रदान गर्नका लागि प्रशिक्षक तयार गर्नु रहेको सिप परियोजनाका फिल्ड संयोजक महेन्द्र क्षेत्रीले जानकारी दिए । तालिममा बर्दिबास इलाका, नेपालगंज इलाका र बुटवल इलाका अन्तर्गतका ३० वटा सानाकिसान कृषि सहकारी संस्थाका ३० जना प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

समापन कार्यक्रममा प्रशिक्षार्थीका तर्फबाट बर्दिबास इलाकाका रामचन्द्र यादव, नेपालगंज इलाकाकी प्रतिमा चौधरी र बुटवल इलाकाका घनश्याम खरेलले आफ्नो मन्तव्य राखे । समापन कार्यक्रमको संचालन सिप परियोजनाका फिल्ड संयोजक महेन्द्र क्षेत्रीले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

Flash News

साफ यू-१९ च्याम्पियनसिप फुटबल : भारतसँग नेपाल स्तब्ध बुटवलमा मिस डायमण्ड-२०२३ आयोजना बिहान कार्यालय पुगेपछि अनिवार्य योग–ध्यान गर्न कर्मचारीलाई गृहको निर्देशन बाँकेमा पाटेबाघ मृत फेला राष्ट्रियव्यापी पावरलिफ्टिङ्ग प्रतियोगिता एनवाईएफसी क्लासिक-२०२३ सम्पन्न संखुवासभाका कांग्रेस जिल्ला सभापति दिपक खड्काले दिए राजीनामा सेयर बजार १८.६० अंकले घट्यो सुन किन्ने बहानामा चोरी गर्ने चारजना पक्राउ चलचित्र परदेशी-२ को शिर्ष गीत ‘परदेशी छुकछुके रेलैमा..’ सार्वजनिक हत्या आराेपमा एकजना पक्राउ पर्यटन प्रर्वद्धनमा नीजि र सरकारी क्षेत्रको सहकार्य आवश्यक लागूऔषधसहित ९ जना पक्राउ रुपन्देहीका ३ सय ६० विद्यार्थीलाई शान्ती र सद्भावका लागि संबाद शिक्षा जुवा खेलिरहेको अवस्थामा १८ जना पक्राउ सालकको खपेटासहित चारजना पक्राउ बालिका बलात्कार आराेपमा एकजना पक्राउ उपचार छाडेर चिकित्सक आन्दोलनमा, सुरक्षाको जिम्मा सरकारले लिन्छ : स्वास्थ्यमन्त्री बस्नेत नयाँ खिम्ती २२० केभी सबस्टेसनको क्षमता बृद्धि : विद्युत् खेर नजाने, निर्यात परिमाण बढ्ने प्रधानमन्त्री प्रचण्ड ल्हासामा घट्यो सुनचाँदीको मूल्य