ताजा अपडेट »

गार्गी एकेडेमीमा रक्तदान, १ सय ११ युनिट रगत संकलन

शुक्रबार, ११ भदौ २०७८, १६ : ४३
6 Shares

बुटवल । बुटवल उपमहानगरपालिका-११, देविनगरस्थित गार्गी एकेडेमीमा शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । विद्यालयले सामाजिक उत्तरदायित्व अन्तर्गत पहिलो पटक रक्तदान कार्यक्रम गरेको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रणबहादुर थापाले रक्तदानले रक्तदाता मेनुका कार्की र गणेश श्रेष्ठलाई ब्लड ब्याग हस्तान्तरण गरेर कार्यक्रमको सुरू गरे ।

सो अवसरमा १ सय ११ युनिट रगत संकलन भएको विद्यालयका प्राचार्य भुवन अधिकारीले जानकारी दिए । सो अवसरमा शिक्षक, कर्मचारी, विद्यालय सञ्चालक, अभिभावक र भूपू विद्यार्थीले रक्तदान गरेको कार्यक्रम संयोजक भगवती अर्यालले जानकारी दिइन् । विद्यालयमा अहिले १ हजार ४०० विद्यार्थी अध्ययनरत छन् ।

कार्यक्रममा विद्यालयका सञ्चालक समिति सदस्य लोकराज शर्मा, शिक्षा उपसमिति संयोजक टेकराज न्यौपाने, भूपू विद्यार्थी समिर खत्री, कार्यक्रम संयोजक भगवती अर्याल लगायतले शुभकामना मन्तव्य राखेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रणबहादुर थापाको अध्यक्षता, प्राचार्य भुवन अधिकारीको स्वागत तथा कार्यक्रम संयोजक भगवती अर्यालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।