ताजा अपडेट »

आरसी कोलाका उत्पादन अब नेपालमा पनि

सोमबार, ०७ भदौ २०७८, ०६ : ३२
2 Shares

काठमाडौ । आरसी कोला अब नेपाली बजारमा पनि आएको छ।भेञ्चुरा बोटलर्स प्रालिले अमेरिकाको एक मौलिक कोलालाई नेपालमा भित्र्याएको हो।हल्का कार्बोनेटेड पेय उत्पादनको एउटा नयाँ श्रृखंला नेपाली बजार प्रस्तुत गरिएको कम्पनीले जनाएको छ ।

यो विभिन्न ६ भेराइटीमा नेपाली बजारमा उपलब्ध छ ।आर सी कोला, माइट्टी रेन, आर सी क्यू लेमन लाइम, आर सी क्यू अरेञ्ज, जियर अप, जी पावर, कार्बोनेटेड वाटर र वाटर देशभर उपलब्ध भएका छन् ।

यसको उत्पादनका लागि आवश्य पर्ने कन्सनट्रेटेड कच्चा पद्दार्थ अमेरिकाको जर्जिया राज्यको कोलम्वसबाट आयात गरिन्छ ।मकवानपुरमा रहेको भेञ्चुरा बोटलर्सको अत्याधुनिक प्लान्टमा अमेरिकी स्तरको प्रकृयामा नेपाली पानीको समिश्रणबाट नेपालमा आर सी कोला तयार हुन्छ । सन् १९०५ मा संयुक्त राज्य अमेरिकाबाट उत्पादन सुरु गरिएको आर सी कोलाले विगत ११६ वर्षदेखि अकण्टक रुपमा संसारभरका उपभोक्ताहरुको मन जितेको छ ।

आर सीका उत्पादनहरुको संयुक्त राज्य अमेरिकाको खाद्य तथा औषधी प्रशासन (एफडीए), युरोपियन खाद्य सुरक्षा निकाय (इएफएसए) का साथै एशिया र अफ्रिकाका विभिन्न खाद्य सुरक्षासँग सम्बन्धित निकायहरुबाट अनुमोदन तथा नियमन समेत हुँदै आएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।