ताजा अपडेट »

लियो बुटवल गोल्डेन जुब्लीद्वारा अनाथ बालबालिकाबीच रक्षा बन्धन कार्यक्रम

आइतबार, ०६ भदौ २०७८, १३ : ३६
4 Shares

बुटवल । लियो क्लव अफ बुटवल गोल्डेन जुव्लिले वेवहारिसे सडक तथा अनाथ बालबालिका को संरक्षण संस्था सि।आइ।एन। नेपालमा रहेका बालबालिका बिच रक्षावन्धन कार्यक्रम सम्पन्न गरेको छ ।

आइतबार बिहान सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा लियो डिस्ट्रिक काउन्सिल ३२५ बि २ नेपालका कोषाध्यक्ष गोविन्द वन्जाडेको उपस्थिती रहेको थियो भने अतिथिहरुमा लियो डिस्ट्रिक काउन्सिल ३२५ बि २ नेपालका एरिया ४ का रिजन को–कोअर्डिनेटर सन्तोस खरेल, लियो डिस्ट्रिक काउन्सिल ३२५ बि २ नेपालका रिजन १८ का रिजन चेयर पर्सन किरण सिंग थापा लगाएतको उपस्थित रहेको थियो । क्लवका अध्यक्ष श्रीधर बस्यालको अध्यक्षता रहेको कार्यक्रमको संयोजन पवित्रा भुषालले गरेकी थिइन् ।

विशेषगरी हिन्दुहरूको महान पर्व जनैपूणिर्मा तथा रक्षा वन्धनको अवसर पारेर उक्त कार्यक्रमको आयोजना गरिएको थियो । क्लवमा आवद्ध महिलाहरुद्वारा त्यहाँ आश्रीत बालबालिकाहरुलाई राखी र डोरा एक आपसमा खुसी साटेर कार्यक्रम सम्पन्न गरिएको थियो । कार्यक्रमा वोल्दै क्लबका अध्यक्ष लियो श्रीधर बस्यालले हिन्दुहरूको महान चाड जनैपुर्णिमा तथा रक्षा वन्धन पर्वमा वाधिने राखी केवल हातमा सजाउने मात्र नभएर त्यो डोरीले दिदि भाइको सम्बन्ध अझ गाढा र प्रगाढ बनाउने हुनाले अनाथ बालबालिकाबिच कार्यक्रकको आयोजना गरिएको बताएका थिए।

कार्यक्रमकी संयोजक पवित्रा भुषालको स्वागत मन्तब्य रहेको कार्यक्रममा, मिडिया डिरेक्टर जिवन थापा क्षेत्रीको धन्यवाद मन्तब्य रहेको थियो भने सञ्चालन सचिव महेश ज्ञवालिले गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।