२१ आश्विन २०७९, शुक्रबार

Oct 7, 2022

Advertisement

काठमाडौ। जनै पूर्णिमा अर्थात क्वाँटी पुन्हि दिनका लागि साता दिनभित्रमै करीब १२ करोड रुपैयाँ बराबरको क्वाँटी विक्री भएको छ । खुद्रा व्यापार संघका अनुसार देशैभर १ साताको अवधिमा करीब १२ करोड रुपैयाँ बराबरको ६० टनभन्दा बढी क्वाँटीको विक्री भएको हो ।

श्रावणशुक्ल पूर्णिमाका दिन जनै पूर्णिमा मनाइन्छ । यस दिन रक्षा बाँधिन्छ, नयाँ जनै लगाइन्छ र मुंग, मास, भटमास, सानो केराउ, मस्याङ, चना, सिमी, बोडी, बकुल्लालगायत ९ प्रकारका गेडागुडीको मिश्रणलाई भिजाएर टुसा उमारेर क्वाँटी खाने प्रचलन रहेको छ । क्वाँटी खासगरी नेवारी समुदायमा प्रचलनमा रहे पनि अहिले धेरैले क्वाँटी खाने गरेको पाइन्छ । यसरी क्वाँटी बनाएर खाँदा मधुमेह, बाथ, मुटुरोगलगायत पेटको रोगबाट समेत छुटकारा पाइने जनविश्वास रहिआएको छ ।

कोरोना महामारीका कारण गाडीको ढुवानी भाडा, मजदूरको पारिश्रमिक आदि कुराहरू बढेकाले अघिल्ला वर्षहरूमा भन्दा यस वर्ष क्वाँटीको मूल्य पनि बढेको व्यापारीहरू बताउँछन् ।

विभिन्न थरीका गेडागुडी मिसाएर बनाइएको क्वाँटीको सेटको मूल्य अहिले बजारमा प्रतिकिलो १ सय ९० देखि २ सय ५० रुपैयाँसम्म पर्ने गरेको संघका निवर्तमान अध्यक्ष पवित्र वज्राचार्यले आर्थिक अभियान दैनिकसँग बताए । यस अघि यसरी बनाइएको सेटको मूल्य प्रतिकिलो १ सय ५० रुपैयाँसम्म पर्ने गरेको उनी बताउँछन् ।उनका अनुसार त्यसमा मिसाइएका गेडागुडीको प्रकार र त्यसको गुणस्तरअनुसार मूल्य तोकिएको हुन्छ । ‘कसैकसैले १२÷१५ किसिमका गेडागुडी पनि मिसाएकाले मूल्य धेरै पर्छ,’ उनले भने ।

अघिल्लो वर्षको तुलनामा यस वर्ष हरियो केराउको मूल्य प्रतिकिलो ५० रुपैयाँले बढेर ९० रुपैयाँबाट १ सय ४० रुपैयाँ पुगेको छ । सेतो केराउको मूल्य प्रतिकिलो ७० रुपैयाँबाट बढेर १ सय रुपैयाँ सम्म पुगेको छ । त्यसैगरी चना, सिमी, मासलगायत अन्य गेडागुडीको मूल्य पनि गत वर्षको तुलनामा प्रतिकिलो ३० देखि ५० रुपैयाँसम्म बढेको संघले जानकारी दिएको छ ।

पहिलेपहिले काठमाडौं उपत्यकाका नेवार समुदायले मात्रै क्वाँटी बनाएर खाने प्रचलन भए पनि पछिल्लो समय देशैभर क्वाँटी खाने प्रचलन बढेर गएको बताइन्छ । सबैजसो समुदायमा क्वाँटी खाने प्रचलन बढेसँगै विगतका वर्षहरूमा भन्दा पछिल्ला दिनमा क्वाँटीको खपत पनि बढ्ने गरेको सरोकारवालाहरू बताउँछन् । उनीहरूका अनुसार व्यापारीहरूले पनि जनै पूर्णिमाकै लागि भनेर महीनौं दिन अघिदेखि नै क्वाँटीको जोहो गर्न थाल्छन् । यो समाचार आर्थिक अभियान दैनिकमा छ ।

प्रतिकृया दिनुहोस्

Flash News

गाउँघरमा सुनिन छाड्यो नगराको धुन भेरी नदीमा खतराको तह पार उम्मेदवारी दर्ता गराउनु पर्ने भन्दै कांग्रेसको चियापान स्थगित झाडापखाला, हैंजा र डेंगुबाट बच्न आग्रह नारायणी नदीको बाढी सुस्ता बस्तीमा पस्न सुरु नेपाल प्रहरीका असई भारतीय भूमिमा मृत फेला बारा बस दुर्घटनाः मृतकको संख्या १८ पुग्यो, सबैको सनाखत दशैं मनाउन बुटवल लगाएतबाट गएका गाउँमै रोकिए वर्षाले दाङमा घर भत्कियो अब चन्द्रमामा बिरुवा उब्जनी गर्ने बुटवल-पाल्पा सडक अवरुद्ध, पुर्व-पश्चिम राजमार्ग विद्युत पोल ढलेर रोकियो काठमाडौंको चन्द्रागिरिमा पहिरो : एकै परिवारका तीनजनाको मृत्यु आज पनि लुम्बिनीसहित चार प्रदेशमा भारी वर्षा अम्बानी परिवारलाई मार्ने धम्की दिने व्यक्ति पक्राउ राप्तीको बाढीले तीन सयभन्दा बढी घर डुबायो अक्षर चिन्दै आमाहरु, अब कसैको सहारा लिनु पर्दैैन १६ जनाको मृत्यु , ३३ घाइते भएको बारा बस दुर्घटना: बसको ब्रेक फेल भएपछि चालक हाम फालेका थिए बलात्कार आरोपी प्रहरी निरीक्षकलाई छुटाउन भरत शाहसहित कांग्रेस नेता सक्रिय बारा बस दुर्घटना : मृतक १६ मध्ये १४ को पहिचान खुल्यो (नामावलीसहित) ४० प्रतिशत हिस्सा दिनु पर्ने कोइराला समुहको ठहर