५ जेष्ठ २०७९, बिहीबार

May 19, 2022

कलैया । बारा कोल्हवी नगरपालिका वडा नं ५ माछा गाउँका मत्स्यपालक किसानले वर्षेनि १५ हजार मेट्रि«क टन खाने माछा उत्पादन गर्ने गरेका छन् । करिब तीनदशकदेखि सो गाउँमा विष्णुबहादुर थापाले ५, ६ वटा पोखरी सञ्चालन गरी राम्रो आम्दानी गर्ने गरेको देखेर गाउँका अरुले पोखरी निर्माण गरी व्यावसायिक रुपमा माछा पाल्दै आए । पछि एक घर, एक पोखरी निर्माण गरी गाउँलेले माछा उत्पादन गर्न थालेपछि कृषि विकास कार्यालयले नै बोधवनलाई माछा गाउँको नामाकरण गरेको नेपाल माछा व्यवसायी सङ्घका पूर्व अध्यक्ष जङगबहादुर साहले जानकारी दिए ।

हाल सो गाउँका करिब ३०० घरपरिवारले करिब ६०० पोखरी निर्माण गरी व्यावसायिक रुपमा माछापालन गर्दे आएका कृषि ज्ञानकेन्द्रका प्रमुख जीतेन्द्र यादवले जानकारी दिए । माछा उत्पादनसँगै गाउँको उन्नती र जीवनस्तरमा सुधार आएको सङ्घका पूर्व अध्यक्ष साहले जानकारी दिए । माछाको वर्षेभरिको आम्दानीबाट किसानले धान,गहुँ , मकैलगायत अन्य खाद्यान्न खरिद गरी जीवनयापन गर्ने गरेका छन् । बारामा करिब चार हजार ७०० परिवारले माछा पोखरीमा माछा व्यवसाय गर्दै जिल्लाभरीमा वर्षेनि करिब ५६ हजार मेट्रिकटन माछा उत्पादन हुने गरेकोमा उत्पादित माछा पोखरा, विराटनगर, काठमाडौँ, चितवनलगायतका ठाउँमा बिक्री वितरण गर्ने गेरेका छन् । -रासस

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

यू-२० साफको तालिका सार्वजनिक, पहिलो खेलमा माल्दिभ्सको सामना गर्ने नेपालमा थपिए १२ कोरोना संक्रमित पत्रकारिता पुरस्कार भैरहवाका तीन पत्रकारलाई सेयर बजार २३ अंकले ओरालाे अहिलेसम्म ५७९ स्थानीय तहको मतगणना सकियो, २९ हजार ३०३ उम्मेदवार निर्वाचित सुस्ता गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष कांग्रेसले जित्यो नेपालले दुई खेलअगावै गुमायाे युगान्डाविरूद्धकाे शृंखला सैनामैनामा कांग्रेसका शर्माको अग्रता कायमै ‘ब्युटी प्याजेन्ट’ का नाममा याैन हिंसामा परेकी युवतीको पीडा- बेहोस बनाएर बलात्कार गरेका थिए काठमाडौंमा स्थापितभन्दा बालेन १० हजार बढी मतले अगाडि केन्द्रीय नेताले आफ्नै वडा र पालिका हारे अबदेखि जेठ १० गते नेपाल परराष्ट्र सेवा दिवस मनाइने दुःखीका दुई साक्षत ‘भगवान’ ! कर्णालीका कान्छा मेयर विष्णु भाम भन्छन्- छायाँनाथ रारालाई नमुना पालिका बनाउँछु ५७० पालिकाको सकियो मतगणना, कुन दलले कति पालिका जिते ? पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाको प्रमुखमा एमालेका गुप्ता निर्वाचित नवलपरासीको प्रतापपुर गाउँपालिकामा नेपाली कांग्रेसका मियाँ विजयी नेपाल टस जितेर बलिङ गर्दै संसद् बैठकमा उपस्थित हुन अर्थमन्त्री शर्मालाई सभामुखको निर्देशन छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा ६ जनाको मृत्यु