१८ आश्विन २०७९, मंगलवार

Oct 4, 2022

काठमाडौं । सैनिक कल्याणकारी कोषको यथार्थ सम्पति रु ५९ अर्ब ९५ करोड ८० लाख पुगेको छ ।  कोषमा विसं २०७७ असार मसन्तसम्म नगद मौज्दात रु ४५ अर्ब ८६ करोड ८० लाख रहेकामा यस वर्ष १८ प्रतिशत अर्थात रु आठ अर्ब २५ करोड ९५ लाखले वृद्धि भई रु ५४ अर्ब १२ करोड ७५ लाख ८० हजार पुगेको छ ।     
     
सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित पत्रकार सम्मेलनमा विभिन्न निकायमा गत असार मसन्तसम्म गरिएको रु पाँच अर्व ८३ करोड १४ लाख लगानीसमेत समावेश गर्दा यथार्थ सम्पति रु ५९ अर्ब ९५ करोड ८० लाख पुगेको कोषका निर्देशक सागरबहादुर केसीले जानकारी दिए । नेपाली सेना शान्ति स्थापनार्थ संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति सेनामा सहभागी भएबापत प्राप्त रु एक करोड २४ लाख एक हजारबाट विस २०३२ मा स्थापना सैनिक कल्याणकारी कोषको स्थापना भएको हो ।     
     
‘बहुजन हिताय : बहुजन सुखाय’ आदर्श वाक्य रहेको कोषबाट सेनाका बहालवाला, अवकासकाप्राप्त सैनिक तथा तिनका आश्रित परिवारलाई स्वास्थ्य, शिक्षा, सहुलियत ऋण, आर्थिक राहत र आवास, बीमा, सीप र स्वरोजगारका कार्यक्रम सञ्चालन हुँदै आएको छ । उक्त कोषबाट नौ लाख हिताधिकारी लाभान्वीत भइररहेको जानकारी दिइएको छ ।

कोषबाट सञ्चालित विभिन्न कार्यक्रममार्फत वार्षिकरुपमा सरकारलाई रु ४५ करोड राजश्व र रु १६ करोड विदेशी मुद्रा सञ्चितिमा योगदान पुगिरहेको जानकारी दिइयो । कोषको रकम मध्ये ९९.३५ प्रतिशत क वर्गका बाणिज्य र बाँकी ख वर्षका विकास र अन्य वित्त कम्पनिमा निक्षेप रहेको सो अवसरमा जानकारी दिइयो । -रासस

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

दाङमा पौडि खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु दशैंमा किन घुम्ने कर्णाली ? जित सुनिश्चित नदेखेपछि प्रचण्ड चितवन छाडेर गोरखा जाने ! जेलमा भएको दङ्गामा कम्तीमा पन्ध्रको मृत्यु जुवाको खालबाट वडाध्यक्ष सहित १९ जना पक्राउ बेपत्ता भएको ३८ दिनपछि वडा सदस्यको शव भेटियो कोरोना महामारीपछि पर्यटन क्षेत्रमा सुधार लुम्बिनीको बर्दियामा भ्यानको ठक्करबाट युवतीको मृत्यु दशैंमा धामीझाँक्रीद्वारा ब्रहमलुट, स्थानीय प्रशासन मौन प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता २३ असोजमा घाँटीमा मासुको हड्डी अड्किएर ४५ वर्षीय पुरुषको मृत्यु पाल्पामा पञ्चबली लिएर मन्दिर हिँडेको जिप दुर्घटना : ४ जना घाइते, २ को अवस्था गम्भिर एसियन प्रोफेसनल अचिभमेन्ट अवार्ड दुवईमा सम्पन्न सिट बाँडफाट टुंगो लगाउन बैठक ३ बजे बस्ने दशैंमा रुकुमका बादी बस्तीलाई छैन कुनै रौनक दशैमा यसरी बनाउनुहोस मटन ग्रेभी, चिकेन रोस्ट र पनिर ग्रेभी खोला किनारमा गाडी राखेर नुहाउन गएका बाबुछोरा बेपत्ता न्यून आय भएका परिवारका लागि सरकारले दुई हजार घर निर्माण गर्ने उत्तर कोरियाद्वारा जापानतर्फ ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार पत्रकार उपचार कोषमा ६० लाख, करोड लक्ष्य