ताजा अपडेट »

आखिर नेपाली कांग्रेस नै रहेछ !

आइतबार, १० साउन २०७८, १८ : २१
6 Shares

शीर्ष नेताहरूको आरोप–प्रत्यारोपको शैली र शब्द प्रयोग अत्यन्त बेसरमपूर्ण छ। नेताहरूमा नीलवर्णको स्याल प्रवृत्ति रहेको कारण एकले अर्कोमाथि सक्दो घटिया शब्दहरू प्रयोग गर्दै खेदो खन्दछन । एकले अर्कोलाई नाङ्गिएको आरोप लगाउछन्। यस्मा अचम्म मान्नु पर्ने केही छैन किनकी यहाँ नाङ्गिन को पो बाँकी छ र ! सबै त नाङ्गो नै छन्। जनताले कुरो बुझिराख्या छन्। तर, बोल्दैनन् ।

दलको प्रतिनिधित्व गर्ने सांसदहरू दलविहीन सांसद जस्तै आचरण गर्दै कम्यूनिष्ट प्रजातन्त्रको नमूना देखाइरहेका छन्। कम्यूनिष्ट कम्यूनिष्ट विरूद्ध झम्टिरहेका छन् । सिद्धान्तको होइन् भन्न त नीति र व्यवहारलाई कारण बताइरहेका छन् । तर, वास्तवमा शिर्ष नेताहरू मूलतः ओली र नेपालको टेकी स्वभाव नै मुख्य कारण हो ।

बकुल्लो प्रवृत्तिका कम्यूनिष्टहरू चक्रव्यूह रचिरहेका छन् । तापनि निक्खरा प्रजातन्त्रवादीको ढोल पिटिरहेका छन् । आफ्नो मुद्दाहरू सम्बोधन गरिदिने प्रतिवद्धता जाहेर गरेको भन्दै बडो कुटिल चालका साथ ओली सरकारमा सहभागी भएको जसपा महन्त खेमा सर्वोच्चको फैसलानुसार सत्ताच्यूत हुनपर्यो। तत्कालका लागि कुटिल चाल चकनाचूर भयो। फेरि पनि त्यहि आधारमा (मुद्दाहरू सम्बोधन गरिदिने प्रतिवद्धता जाहेर गरेको) साउन ३, २०७८ देउवा सरकारलाई विश्वासको मत दिए।

सर्वोच्च अदालतमा विचाराधिन वा बहस चलिरहेको मुद्दा लगाएत राजनीति समेत प्रभावित हुनेगरी पूर्व प्रधानन्यायाधीशहरूले सामूहिक वक्तव्य जारी गरे जस्तै भारतले दुई देशको सीमानाको ठाउँûठाउँमा,दशगजा समेतमा नेपाली भूमि डुवान हुने गरि वखत वखतमा निर्माण गर्ने गरेको अग्लो सडक तथा बाँधहरू लगाएत नेपाली भूमि अतिक्रमण विरूध्द दुई देशको सम्बन्ध, क्षेत्रिय सम्बन्ध,अन्तर्राष्ट्रिय कानूनको आधारमा संयुक्त वक्तव्य जारी गरेको भए सायद हामीप्रतिको भारतको नीति,व्यवहार र दृष्टिकोणमा सकारात्मक परिवर्तन आउथ्यो कि।त्यस्तैगरि पूर्व उप कुलपति ज्यू हरूले पनि संयुक्त वक्तव्य जारी गर्नु पर्थ्यो।तर त्यसतर्फ वहांहरूलाई टाउको दुखाई गर्नुछैन ।

राजनीतिको क्षेत्र व्यापक हुन्छ तर असिमित हुँदैन । नेताहरूलाई थाहा छ तापनि वास्ता गर्दैनन्। नेताहरू समय परिस्थिति र आवश्यकतानुसार सत्ताशक्ति,जनशक्ति,गुलामीशक्ति,आशिर्वाद शक्ति, माफिया शक्ति आदि शक्तिको प्रयोग बाट राजनीतिलाई सीमाविहिन बनाउन खोज्दछन्। यही त हो नि राजनीतिको चरम विकृति ।

हाका–हाकी संविधान मिच्ने,धारा उपधाराको अपव्याख्या गर्ने र त्यसलाई राजनीतिक समस्याको आवरण दिने सत्ताच्युत ओली सरकारको वितण्डा तथा तत्कालको सत्तासिन दलका असन्तुष्ट नेताहरू माधव नेपाल समूह समेतको अन्य दलहरू (आपदविपदको सामना गर्न नसकि त्राहि–त्राहि भएका इन्द्रदेव समेतका सम्पूर्ण देवगण भगवान विष्णुको शरणमा पुगे जस्तै गरि ) प्रतिनिधिसभा पुनःस्थापनाका साथै ने.का. सभापति देउवालाई प्रधानमन्त्रीमा नियुक्ति गरिदिन किटानी निवेदन दिन हुलहाल गर्दै सर्वोच्च पुग्या सबैले देख्या सुन्या हो। सर्वोच्चले प्रतिनिधि सभा पुनःस्थापना गर्यो,संविधानको मर्यादा र सर्वोच्चता कायम गर्यो।सर्वत्र बाट स्वागत भयो। पुर्नस्थापित प्रतिनिधि सभाबाट नै संविधानले व्यवस्था गरेको प्रक्रिया बमोजिम प्रधानमन्त्रीको निर्वाचन गर्नुपर्ने आदेश जारी हुनु पथ्र्याे

तर, त्यसो हुन् सकेन । देउवालाई नै प्रधानमन्त्री नियुक्ति गर्नु व्यहोराको किटानी परमादेश राष्ट्रपति को नाममा जारी गरियो। यसबाट न्याय क्षेत्र माथि राजनीतिको र राजनीतिक क्षेत्र माथि न्याय क्षेत्रको प्रवेशको अवस्था संघीय प्रजातान्त्रिक गणतन्त्रको इतिहासमा नजिरको रूपमा रहने भयो ।

आफ्नै दलको ओली सरकारले संसदबाट विश्वासको मत प्राप्त गर्न २७ वैशाख २०७८ मा बोलाइएको विशेष वैठकको मतदानमा नेपाल समूह अनुपस्थित रह्यो।नेकपा ऐमालेको सरकार ढल्यो। तर,माधव नेपाल स्वयम् लगाएत १४ जना र ओली पक्षका ८ जना गरी गरी २२ जनाले वर्तमान प्रधानमंत्री देउवाको पक्षमा साउन ३ गते मत खसाले।

रावणको भाई विभिषणद्वारा दिइएको गुप्त जानकारीको आधारमा भगवान रामचन्द्र रावण वध गर्न सफल भएका थिए । तापनि विभिषण आफ्नो वंश नाश र दाज्यूको मृयु शोकमा डुवेका थिए । आफ्नै दलको सरकार ढाल्दा र नेकपा ऐमाले अस्तव्यस्त, ध्वस्तको अवस्थामा पुग्दा पनि माधव खÞुशीले बुरूक्क उफ्रिदै सुक्दै गरेको आफ्नो छाती बलजफती फुलाई रहेका छन् ।

विगत केहि समयदेखि चलिरहेको राजनीतिक झमेला वर्तमानको लागि जे जसरी लगभग साम्य भयो र नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन भयो त्यसबाट ‘स्याल तन्नेरी सिंह बुढो’ भन्ने उखान चरितार्थ भएको जनता माझ चर्चा छ । हुनत राजनीतिमा अनिश्चितता त रहन्छ नै ।

गठबन्धनमा सामेल दल, सत्ताच्युत नेकपा ऐमाले र अन्य दलका नेताहरूले विगतमा र वर्तमानमा ने.का. विरूध्द जतिसुकै विष वमन गरेतापनि,परिस्थितिवश ने.का. समय समयमा राजनीति घोडा, राजनीतिक अचानोको रूपमा प्रयोग भएतापनि राष्ट्रिय राजनीति डाँवाडोल भएको, दिशाविहीन भएको र निकाश दिन कुनै पनि दल सक्षम नरहेको वखत राजनीतिको त्यो विकृत परिस्थितिलाई मत्थर पार्न आज ने.का.को नेतृत्व सक्षम रहेको पुष्टि भएको छ ।

देश र जनताको लागि जस्तो सुकै परिस्थितिमा पनि जोखिम उठाउन सदैब तयार रहने राष्ट्रिय राजनीतिको वास्तविक संरक्षक ने.का.नै हो भन्ने राजनीतिक सत्य आज पुनः प्रमाणित भएको छ। हारेको, थाकेको र गलेको जस्तो देखिने गठबन्धनमा सामेल दलहरू ने.का.को नेतृत्व पाएर निकै चङ्गा देखिएका छन् । नेपाली कांग्रेस सम्पूर्ण राष्ट्रवादी,प्रजातन्त्रवादी र समाजवादी जनताको गर्व र गौरव हो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।