July 31, 2021, Saturday
१६ श्रावण २०७८, शनिबार

नेपालमा थप २३७० जनामा कोरोना पुष्टि, ११३३ संक्रमणमुक्त

84

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा २३७० जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट १६९० र एन्टिजेन विधिबाट ६८० जनामा संक्रमण पुष्टि भएको हो । सोमबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ६ लाख ५७ हजार १३९ र एन्टिजेनबाट ४४ हजार ३१९ जना पुगेको छ । 

यस्तै, आज थप ११३३ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ६ लाख २१ हजार २७ जना पुगेको छ । निको हुनेको दर ९४.५ प्रतिशत छ । आज संक्रमणबाट थप १८ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ९ हजार ४०० पुगेको छ ।

पछिल्लो अपडेट