ताजा अपडेट »

रुपन्देहीमा थपिए ३४ संक्रमित, मृत्यु हुनेको संख्या शून्य

शनिबार, २६ असार २०७८, १५ : ४२
6 Shares

बुटवल । रुपन्देहीमा पछिल्लो २४ घण्टामा १९१ जनाको परिक्षणमा ३४ जनामा संक्रमण पुष्टि भएको छ भने २१ जना संक्रमणमुक्त भएका छन् ।स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार पछिल्लो २४ घण्टामा बुटवल उपमहानगरपालिकामा १५, तिलोत्तमा नगरपालिका र सैनामैना नगरपालिकामा ७-७ जना, देवदह नगरपालिकामा २ जना, सिद्धार्थनगर नगरपालिका, सियारी गाउँपालिका र मायादेवी गाउँपालिकामा १-१ जना संक्रमित थपिएका छन् । पछिल्लोे २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन ।

जिल्लामा कोरोनाबाट मृत्यु हुनेको ५०४ पुगेको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ । जिल्लामा हाल कोरोनाका संक्रिय संक्रमितको संख्या ३७३ रहेको छन्।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।