ताजा अपडेट »

रुपन्देहीमा कोरोना ग्राफ बढ्दै, २०७ को परीक्षणमा ४७ जनामा संक्रमण

विहीबार, २४ असार २०७८, १६ : ५३
2 Shares

बुटवल । रुपन्देहीमा निषेधाज्ञा खुकुलो भएसंगै कोरोना संक्रमितको ग्राफ निरन्तर उकालो लागिरहेको छ। थोरै जनाको परिक्षणमा पनि संक्रमण पुष्टि हुनेको संख्या पनि बढिरहेको हो। रुपन्देहीमा पछिल्लो २४ घण्टामा २०७ जनाको परिक्षणमा ४७ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार पछिल्लो २४ घण्टामा तिलोत्तमा नगरपालिकामा २३, बुटवल उपमहानगरपालिकामा १३, सैनामैना नगरपालिकामा ५ जना, रोहिणी गाउँपालिकामा २ जना, देवदह नगरपालिका, मायादेवी गाउँपालिका र ओमसतिया गाउँपालिकामा १–१ जना संक्रमित थपिएका छन् । यस्तै पछिल्लो २४ घण्टाको अवधीमा १ जना संक्रमितको मृत्यु भएसँगै जिल्लामा मृत्यु हुनेको संख्या ५०३ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

जिल्लामा हाल कोरोनाका संक्रिय संक्रमितको संख्या ३८१ रहेको छन्।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।