७ चैत्र २०७९, मंगलवार

Mar 21, 2023

तिलोत्तमा । तिलोत्तमा नगरपालिकामा जनप्रतिनिधिहरुले पदस्थापन गरी कार्यप्रारम्भ गरेको सोमबार चार वर्ष पूरा भएको छ । तिलोत्तमा नगरपालिका स्थापना भएपछि पहिलो पटक २०७४ असार १४ गते भएको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुले असार २१ गते पदस्थापनसँगै कार्य प्रारम्भ गरेका थिए ।

Advertisement

पदस्थापनको पाँचौं वर्ष प्रवेशको अवसरमा जनप्रतिनिधिहरुले सोमबार नगरकार्यपालिकाको कार्यालय परिसरमा वृक्षारोपण गरे । ‘ग्रीन तिलोत्तमा ः क्लिन तिलोत्तमा’ को नारासहित हरियाली प्रवद्र्धन र सरसफाईलाई प्राथमिकतामा राख्दै आएको तिलोत्तमाले पदस्थापनको पाँचौं वर्ष प्रवेशको अवसरमा पनि वृक्षारोपण कार्यक्रम आयोजना गरेको हो ।

वृक्षारोपण सुभारम्भ गर्दै कार्यवाहक नगर प्रमुख जगेश्वरदेवी चौधरीले सीमित स्रोत र साधनको बाबजुद पनि तिलोत्तमाले आफ्नो पहिचान स्थापित गर्नेगरी काम गरिरहेको बताउँदै विगतमा जनाइएका प्रतिबद्धता पूरा गर्न बाँकी कार्यकालमा अझै सिर्जनात्मक काम गरिने बताए । चार वर्षमा जे-जति काम भए त्यसले नगरपालिकाको एउटा गन्तव्य तय गरेको बताउँदै उहाँले यो अवधिमा नगरपालिकाले अघि सारेका विभिन्न प्रवद्र्धनात्मक अभियान तथा विकास निर्माणमा सबैबाट प्राप्त सहयोग, सहकार्य र समन्वयले तिलोत्तमाको गरिमा बढाएको बताए।

यस्तै प्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडेलले नयाँ नगरपालिका भए पनि तिलोत्तमाले छोटो अवधिमा धेरै राम्रा काम गर्न सकेको बताउँदै जनप्रतिनिधिको कुशल नेतृत्व र सबैको सहयोगले यो सम्भव भएको बताए । नगर प्रवक्ता सुरेन्द्र श्रीले नगर कार्यपालिकाको पहिलो बैठकले वार्षिक ५० हजार विरुवा रोप्ने निर्णय गरेअनुरुप पदस्थापनको पाँचौं वर्ष प्रवेशको अवसरमा पनि वृक्षारोपण गरिएको जानकारी दिए । त्यसअवसरमा जनप्रतिनिधि तथा कर्मचारीहरुले नगर कार्यपालिकाको कार्यालय परिसरमा विभिन्न प्रजातिका फलफूलका विरुवा रोपेका थिए ।

प्रतिकृया दिनुहोस्

Flash News

गुल्मीको चन्द्रकोट गाउँपालिकाले सोमपाल कामीलाई ५० हजार पुरस्कार दिने प्रधानमन्त्री प्रचण्डविरुद्ध नारावाजी सालकको खपेटासहित गोंगबुबाट एक पक्राउ उँखुजन्य उत्पादनलाई व्यवस्थित गर्न सहकारी गठन दलित समुदायको हकअधिकारका लागि सिङ्गो राज्य जिम्मेवार छ : प्रधानमन्त्री प्रचण्ड जातीय छुवाछूत अन्त्यका लागि सबै लाग्नुपर्छ : अध्यक्ष ओली बर्दिवास मेडिकल कलेज नबन्दै झमेलामा संकिणता र जडता नै नेपालको ओरालो यात्रा ! प्रधानमन्त्री प्रचण्डले गरे सडकको शिलान्यास गरिब र निमुखा जनताको हितमा काम गर्नुपर्छ :राष्ट्रपति पौडेल सरकारमा जान एकीकृत समाजवादीद्वारा कार्यदल गठन दोल्ती पावरको आइपीओमा आवेदन दिने अन्तिम दिन सात करोडभन्दा बढी बालबालिका पानीजन्य संक्रमणको खतरामा सिटी होटलले आइपीओ निष्कासन गर्न पायो अनुमति सोमबार रातिदेखि वर्षा जारी ‘बौद्धदर्शन र सञ्चार’ अनुसन्धानात्मक कृतिको परिचर्चा कार्यक्रम सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ खरिद–बिक्री ? अमेरिकी डलरसँगै युरोको भाउ पनि बढ्यो, आज कुन मुद्रा कतिमा हुँदैछ किनबेच ? बुटवलमा यामाहाको एक्स्चेन्ज सुरु राहादानी बिभागले घोडेजात्रामा पनि सेवा दिने