ताजा अपडेट »

रुपन्देहीमा संक्रमित बढ्दै , ३८ जनामा संक्रमण पुष्टि

विहीबार, १७ असार २०७८, १६ : ३३
8 Shares

बुटवल । ​ रुपन्देहीमा पछिल्लो २४ घण्टाको अवधीमा ३६ जनामा संक्रमण पुष्टि भएको छ भने २० जना निको भएका छन् । २२९ जनाको नमुना परीक्षण गर्दा ३८ जनामा संक्रमण देखिएको हो ।स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार पछिल्लो २४ घण्टामा बुटवल उपमहानगरपालिकामा १६, तिलोत्तमा नगरपालिकामा १०, देबदह नगरपालिकामा ६, सिद्धार्थ र सैनामैना नगरपलिकामा २/२, ओमसतिया र कञ्चन गाउँपालिकामा १/१ जना, संक्रमित थपिएका हुन् ।

​रुपन्देहीमा पछिल्लो २४ घण्टाको अवधीमा काेराेनाबाट कुनैपिन संक्रमितको ज्यान गएको छैन । जिल्लामा अहिलेसम्म जिल्लामा ४८७ जनाको ज्यान गईसकेको छ । जिल्लामा हाल कोरोनाका संक्रिय संक्रमितको संख्या २६५ रहेको छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।