२२ मंसिर २०७९, बिहीबार

Dec 8, 2022

आज असार पन्ध्र अर्थात् नेपाली किसानहरुका लागि ‘मानो रोपेर मुरी फलाउने दिन’ । परापूर्व कालदेखिनै मुख्य कर्म र पेशाका रुपमा रहेको कृषि अन्तर्गत धानबाली नेपालको मुख्यबाली हो । अत्यावश्यक तथा प्रमुख अन्नबालीका रुपमा रहेको धान रोप्ने विशेष महिना हो असार । दशक अघिसम्म ९० प्रतिशत भन्दा बढी किसान रहेको नेपालमा हाल ६० प्रतिशतको हाराहारीमा किसानको संख्या रहेको छ । प्राचिन हुँदै आधुनिक कृषि प्रणालीसम्म आउँदा किसानको संख्यासँगै उत्पादनमा पनि कमी आएको छ । कुनै समय खाद्यान्न निर्यात गर्ने मुलुकमा हाल खपतको अत्यधिक मात्रा खाद्यान्न आयात हुने गरेको छ । प्रमुख बाली धानबालीकै उत्पादन न्यून छ । जनसंख्याको अनुपातमा उत्पादनमा हस आउँदा आयात दिनानुदिन घट्दै छ ।

Advertisement

नेपालमा अहिलेपनि कृषि मुख्य पेशा हो । कुल ग्राहस्थ उत्पादनमा कृषिको हिस्सा र योगदान महत्वपूर्ण रहेको छ । तर,कृषि प्रधान देशमा कृषि उत्पादनको ठूलो हिस्सा आयात हुनु दुःखद मात्रै होइन ठूलो घाटा हो । धानबाली नै मुख्यबाली रहेको मुलुकमा वार्षिक ३० अर्ब भन्दा बढीको चामल आयात हुने तथ्यांक बताउँछ । त्यस्तै नेपालमा विभिन्न देशबाट वार्षिक ६० अर्बभन्दा बढीको कृषिजन्य सामग्री आयात हुने गरेको तथ्यांक छ । नेपालमा कृषिमा अथाह सम्भावना छ । तर, सम्भावना अनुसार उत्पादन भने छैन । नेपालको भूउपयोगको अवस्था हेर्दा खेती गरिएको जमिन २१% रहेको छ । नेपालका ७७ जिल्ला मध्ये ७५ जिल्लामा धानबाली उत्पादन हुन्छ । मनाङ र मुस्ताङमा भने धानबाली लगाइँदैन । पहाडको तुलनामा तराइका जिल्लाहरुमा बढी उत्पादन हुन्छ ।

नेपालको करिब २५ लाख हेक्टर कृषियोग्य जमिनमध्ये पाँचदेखि १० प्रतिशत बाँझो रहेको सरकारी आंकलन छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका अनुसार पछिल्ला आर्थिक वर्षमा धानखेतीको क्षेत्रफल र उत्पादन बढेको छ । जस अनुसार नेपालको कुल क्षेत्रफलको १५ लाख हेक्टर सेरोफेरोमा धानबाली ५५ लाख मेट्रिक टन हाराहारी धान उत्पादन हुने गरेको छ । तथ्यांक अनुसार धान उत्पादन हुने ६० प्रतशित जमिन मनसुनी वर्षामा निर्भर गर्दछ । जहाँ सिञ्चाईको व्यवस्था छैन । नेपालमा धान मात्रै नभई अन्य खाद्यान्न तथा कृषिजन्य सामग्रीको उत्पादन आवश्कयता र सम्भवना धेरै छ । तर, विविध कारणले सम्भावनाको आधा पनि नतीजामुखी छैन ।

धान लगाएत कृषि उत्पादनका क्षेत्रमा धेरै नीतिहरु बनेका छन् । प्रयासपनि भएका छन् । प्रधानमन्त्री कृषि रोजगारदेखि विभिन्न विशेष कार्यक्रमहरु पनि रहेका छन् । तर, कार्यान्वयनमा भने फितलो छन् । नेपालमा कृषि क्रान्ति सुरु भएको पनि धेरै भयो । वि.सं.१८६१ देखि सुरु भई निरन्तर चलेका क्रान्ति वि.सं.२०५२ को माओवादी जनयुद्धको पनि मुख्य एजेण्डा अन्तर्गत पर्यो । तर, २ सय वर्षदेखि कृषि क्रान्ति आधुनिक कृषि प्रणालीसम्म आउँदा पनि नेपालमा कृषिलाई घाटाको पेशाको रुपमा लिइन्छ । पछिल्लो समयमा कृषिमा आकर्षण बढेको छ । विदेशबाट फर्केका , देशमै रहेका शिक्षित युवाहरु पनि कृषिमा संलग्न भएका छन् । विभिन्न ठूला फार्म र कृषि केन्द्र स्थापित भएका छन् । तर, ती ठूला फर्म केहीँ पहुँचवालाले अनुदानका लागि मात्रै माध्यम बनाएका छन् भने पहुँच नभएकाहरुले लगानी गरेका ठूला फर्मको सञ्चालन र उत्पादित बस्तुको बिक्री–वितरणमा समस्या देखिएका छन् ।

त्यसैगरी सामान्य कृषकलाई नयाँ खेती प्रणाली,उन्नत,विउ–विजन,सहयोग तथा अनुदान,सरल कर्जा लगाएतका विषयमा जानकारी नै छैन । अर्कोतर्फ समयमा नै मल नपाउनु पनि कृषि क्षेत्रमा जटिल समस्या हो । विश्वव्यापी कोरोना महामारीका कारण बेरोजगार संख्या बढेसँगै नेपालको कृषि क्षेत्रका लागि जनशक्तिको उपलब्धता पनि बढ्दो छ । कृषिमा आवश्यक जनाशक्ति पनि हालसम्मको मुख्य समस्या हो । तसर्थ असार पन्ध्र,राष्ट्रिय धान दिवस मनाइँरहँदा धानबालीको उत्पादन र कृषि क्षेत्रको प्रवद्र्धनका कार्यक्रमलाई प्रभावकारी बनाउनतर्फ पनि आवश्यकता छ । नेपालमा धान उत्पादनको अवस्था बढाउनका लागि विकासे र रैथाने जात धानका बिउ बराबरी लगाइनु पर्ने देखिन्छ ।

वि.सं.१९८० को दशकसम्म खाद्यान्न निर्या गर्ने नेपालले हाल ५० प्रतिशत भन्दा बढी निर्यात गर्दछ । हाल ३० भन्दा बढी जिल्लामा खाद्यान्नको असुरक्षा रहेको छ । देशको कतिपय भागमा आन्तरिक उत्पादनले ६ महिनासम्म पनि खान पुग्दैन । कृषि क्रान्ति,कार्यक्रम,योजना,दिवस जस्त कार्यक्रमहरु ल्याइरहँदा वास्तविक किसान र आवश्यक तथा सम्भावित उत्पादनतर्फ विशेष जोड दिनु पर्ने देखिन्छ । कृषि र किसानका नाममा विनियोजन हुने सबै तहको बजेट कार्यान्वयनमा प्रभावकारी बनाउनु पर्दछ । आगामी आर्थिक वर्षका लागि स्थानीय,प्रदेश र केन्द्रिय सरकारका नीति तथा कार्यक्रम र बजेटमा कृषिलाई विशेष प्राथमिकता दिएका छन् । जुन पुरानै स्वरुपको निरन्तरता पनि हो । तर, अबपनि कृषि क्षेत्र र उत्पादनलाई औपचारिकतका रुपमै मात्रै हेर्ने हो भने कृषिप्रति उपेक्षा र संलग्नता घट्ने छ । र,यसले थप खाद्य संकट निम्ताउने छ । तसर्थ धानबालीसँगै कृषि क्षेत्रका समस्या समाधान गर्दै कृषिलाई व्यवस्थित,मर्यादित,उपलब्धिमूलक पेशा बनाउन सम्बन्धित तथा सरोकारवालाको भूमिका शसक्त र प्रभावकारी बनोस् ।

प्रतिकृया दिनुहोस्

Flash News

कालिका क्याम्पसको ९ औं वार्षिकोत्सव : विभिन्न खेलकूद गतिविधिसहित रक्तदान असारमा ५ अर्ब सकेको लुम्बिनी सरकारले ४ महिनामा ४ अर्ब पनि बजेट खर्च गर्न सकेन् बुटवलको प्रदर्शनीलाई प्रविधि र दर्शक मैत्री बनाउने प्रतिवद्धता अन्तरविद्यालय क्रिकेटः सेमिफाइनल समीकरण पूरा बजारमा नक्कली मल, ‘ग्रीन च्यानलमा’ राखेर पास गर्दै भैरहवा भन्सार भैरहवाको मेडिकल कलेजले उपचारमा लापरबाही गरेको आरोप, पीडितले गरे क्षतिपूर्ति माग एनसेलले माग्यो माफी, सडक विस्तारका क्रममा फाइबर काटिएकाे भनाइ विदेशी सामानकाे आयात खुले पनि अटो व्यवसायमा कर्जा सीमा नहटेको भन्दै व्यवसायीको विरोध ज्यास्मिन ओझाले दिइन् महिला आयोगमा ज्यान सुरक्षाको निवेदन स्ववियु निर्वाचनको तयारीमा त्रिवि सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु, ११ घाइते बागमती प्रदेशसभामा प्रत्यक्षतर्फ ५ महिला विजयी, कूल ६६ मध्ये ६१ सिटमा पुरुष गण्डकी प्रदेशसभामा प्रत्यक्षतर्फ पुरुष सांसदकै बाहुल्यता, महिला न्यून कञ्चनपुरमा जंगली हात्तीको आतंक, अन्नबाली जोगाउन मुस्किल एमालेकाे सचिवालय बैठक शुक्रबार बस्ने आलै छ कोरोनाले बनाएको घाउ कृषि अर्थतन्त्रको विकासमा ज्यापु समुदायको भूमिका महत्वपूर्ण छ : प्रधानमन्त्री देउवा समानुपातिक सांसद चयनमा रास्वपाभित्र असन्तुष्टि कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक दुई तिहाइ र बहुमतको कीर्तिमान कांग्रेसका नाममा सीमित