May 28, 2023
बाँके । बर्दियाको बारबर्दिया नगरपालिकाले विपन्न किसानलाई रु तीन हजार बराबरको कृषि सामग्री वितरण गरेको छ ।गरिबसंग विश्वेश्वर कार्यक्रम अन्तर्गत नगरपालिकाको वडा नं ८, ९ र १० का बिभिन्न समूहमा आबद्ध किसानलाई पम्पसेट, स्प्रे ट्याङ्की तथा पानी झार्ने झारीलगायत सामग्री वितरण गरिएको थियो ।
लुम्बिनी प्रदेशसभा सदस्य तिलकराम शर्मा र बारबर्दिया नगरप्रमुख दुर्गाबहादुर थारुले हालै ती औजार वितरण गर्दै कृषकको जीवनस्तर माथि उठाउन नगरपालिका प्रतिबद्ध रहेको बताए ।
प्रतिकृया दिनुहोस्