ताजा अपडेट »

‘खेल अब के बाँकी रहयो र ? : पोखरेल

शुक्रबार, ११ असार २०७८, १० : ४३
18 Shares
शुक्रबार, ११ असार २०७८
18 Shares

बुटवल। नेकपा एमालेका नेता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि कटाक्ष गरेका छन्। ‘पूर्व राजालाई गुहार्न बाँकी थियो, हिजोवाट त्यो पनि पूरा भएछ’ भन्दै पोखरेलले कटाक्ष गरेका हुन् ।

माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले बिहिबार सम्पादकहरुसंगको अन्तरक्रियामा बोल्दै राष्ट्रपतिभन्दा राजा महाराजाहरूको शान बढी भएको टिप्पणी गरेका थिए । ‘राजनीतिक प्रतिस्पर्धामा आफुलाई अग्लो देखाऊन पूर्व राजालाई गुहार्न बाँकी थियो, हिजोवाट त्यो पनि पूरा भएछ । राजनीतिलाई अराजनीतिक बनाउने खेल अब के बाँकी रहयो र ?–उनले भनेका छन्।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।