१७ जेष्ठ २०८०, बुधबार

May 31, 2023

रौतहट । रौतहटको मौलापुर नगरपालिकाको नगर सभामा दुई पक्षबीच झडप भएको छ।  मौलापुर नगरपालिकाको बिहीबारको नगरसभालाई बिथोल्न एक समूह गएपछि नगर सभामा बजेट पेश गर्ने पक्ष र विपक्षीबीच झडप भएको हो । अहिले पनि दुई पक्षबीच ढुंगा हानाहान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

प्रहरीले झडप रोक्न १० सेल टियर ग्यास प्रहार गरेको छ । तर, झडप अझै नरोकिएको प्रहरीले जनाएको छ। झडपमा परेर तीन जना प्रहरी जवान घाइते भएका छन्। घाइते प्रहरीको टाउको र हातमा चोट लागेको छ। उनीहरुलाई उपचारका लागि स्वास्थ्य संस्था लगिएको छ । 

नगर सभामा नेकपा (एमाले)का नेता प्रभु साह प्रमुख अतिथिका रुपमा सहभागी थिए। मौलापुर नगरपालिकामा साहकी पत्नी रिनाकुमारी साह नगर प्रमुख छन्।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

अत्याधिक गर्मीका कारण रुपन्देहीको सियारीमा विद्यालय विदा तिनाउको दोभान माविमा २ दिने चित्रकला अनुशिक्षण रास्वपा सभापति रवि लामिछाने भारत प्रस्थान  नागरिकता विधेयक प्रमाणीकरण हुनु अत्यन्तै सकारात्मक : लोसपा सुखी नेपाली, समृद्ध नेपालका लागि ‘एक घर एक स्काउट’, ‘एक विद्यालय एक युनिट’ प्रधानमन्त्री प्रचण्ड नयाँ दिल्लीमा, राज्यमन्त्री मिनाक्षीले गरिन् स्वागत शिवजी क्षत्रीको कोरियोग्राफी र निर्देशनमा आउरे बाउरे सार्वजनिक बालेनको चेतावनीपछि मन्त्रालयको ताकेता : १० प्रतिशत शैया र निःशुल्क उपचार उपलब्ध गराउ नागरिकता विधेयक प्रमाणीकरण स्वागतयोग्य, तर प्रक्रिया मिलेन : मनिष झा सेयर बजार बुधबार पनि सम्हालिएन कोशी प्रदेशको नाममा पुनर्विचार गर्न १४ जिल्लाका कांग्रेस सभापतिको आह्वान एमालेले डाक्यो सचिवालय बैठक नागरिकता विधेयक प्रमाणीकरण क्रान्तिकारी कदम : प्रधानमन्त्री रुपन्देहीमा देवदह दरबार अनुमान गरिएको खयरडाँडामा उत्खनन आफ्नै अभियानविपरीत धनगढी उपमहानगरले बनायो नाला मिचेर सडक प्रधानमन्त्री प्रचण्ड भारत प्रस्थान (फोटो फिचर) जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ फ्रान्स पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ प्रधानमन्त्री प्रचण्ड ४ दिने भारत भ्रमणका लागि प्रस्थान कोशी प्रदेश सरकारबाट बाहिरियो जसपा