११ मंसिर २०७८, शनिबार

Nov 27, 2021

मानव स्वास्थ्यका लागि मेथी बहुउपयोगी बस्तु हो । यसका अनेकन फाइदा छन् । मेथीको दानामा कपाललाई मजबुद गर्ने क्षमता हुन्छ । यसमा प्रोटिन र निकोटिनिक एसिडको मात्रा उच्च हुन्छ, जसले हाम्रो शरीरलाई पनि उर्जा दिन्छ ।

Advertisement

यसको पेष्ट बनाएर नरिवल वा जैतुनको तेल मिलाएर कपालमा लगाउँदा यसले कपाल झर्न रोक्छ । चायाँको समस्या छ भने मेथी तपाइँका लागि अचुक औषधी पनि बन्न सक्छ । टाउकाको छाला सुख्खा भएर समस्या भयो भने मेथी त्यसका लागि सरल घरेलु उपाय हो ।

मेथीमा दही मिसाएर पेष्ट बनाउनुस र यसलाई कपालको जरा सम्म पुग्ने गरी लगाउनुस् । अलि अलि मसाज गर्नुस् । ३० मिनेटपछि धुनुस् तपाइँको कपालमा चायाँक समस्या तत्काल समाधान हुन्छ ।

मेथीका दाना डन्डीफोर नियन्त्रणका लागि पनि निक्कै उपयोगी मानिन्छ । यसले छालाको एमिडर्मिस तहमा रहेको टक्सिनलाई निकाल्छ र डन्डीफोरको दाग समेत हटाइदिन्छ । डन्डीफोरले दिक्क पारेको छ भने मेथी तपाइँका लागि अचुक औषधी हो ।

मेथीका दाना पिस्नुस् र पेष्ट बनाउनुस् यसमा थोरै मह हाल्नुस् । मेथी र महको पेष्ट लगाइ २५ देखि ३० मिनेट अनुहारमा राख्नुहोस् र चिसो पानीले धुनुस् । यसले डन्डीफोरको समस्या कम गर्न मद्दत गर्दछ।

मेथीमा उच्च मात्रामा फाइवर हुन्छ । यसले पाचन प्रणालीमा सहयोग गर्छ । यसले शरीरलाई चाहिने भन्दा बढी क्यालोरी पनि कम गर्दिन्छ । विहानमा एक गिलास मेथीको पानी पिउनुस् यसले शरीरलाई अत्यन्तै फाइदा गर्छ । अनुहार चम्किलो पार्न चाहनु हुन्छ भने मेथी तपाइँलाई चाहिने चिज हो । मेथीको दानाले शरीरमा रहेका विभिन्न फ्रि रेडिकल्सलाई बाहिर निकाल्छ ।

मेथीको दानाको पेष्ट बनाएर लगाउँदा अनुहारमा रहेका काला घेरा र अन्य समस्या समेत हट्छन् । यसले छालाको कलर टोन बढाउँछ एवं मृत तन्तुहरु हटाउँछ त्यसकारण अनुहार चम्किलो देखिन्छ ।

मेथीको सेवनले मृगौलालाई पनि स्वस्थ राख्छ । मेथीमा हुने तत्वले पत्थरीको समस्या हुनेलाई समेत फाइदा गर्छ । यसले भित्रका विकार पिसावको माध्यमबाट बाहिर निकाल्छ । यदि तपाइँलाई ज्वरो आएको छ भने एक चम्चा कागतीको रशमा मह र मेथी मिसाएर खाँदा ज्वरो घटछ । यसले आराम अनुभव गराउँछ । यसले घाँटीमा हुने खस खस पनि हटाउँछ ।

मेथीले महिलामा स्तन वृद्धी गर्न पनि सहयोग गर्छ । यसले महिलाले बच्चालाई खुवाउनका लागि दुधको उत्पादन पनि बढाइदिन्छ । महिलामा हुने विभिन्न समस्यामा मेथीले औषधीको काम गर्छ ।

मेथीको सेवनले पाचन प्रणालीलाई राम्रो तुल्याउँछ । यसले पेट पोल्ने र अन्य समस्या समेत हटाउँछ । पाचन सम्बन्धी कुनै पनि समस्या भएको ब्यक्तिका लागि मेथीको सेवन अत्यन्तै फाइदाजनक हुन्छ ।

मेथीको सेवनले रगतमा हुने सुगर लेवल पनि नियन्त्रित हुन्छ । मेथीमा हुने एमीनो एसिडले प्याङ्क्रियाजमा हुने इन्सुलिनको प्रभाव बढाउँछ र यसले रगतमा हुने सुगरको मात्रा नियन्त्रण गर्छ । मधुमेहका रोगीहरुलाई पनि मेथी सेवन राम्रो मानिन्छ ।

प्रतिकृया दिनुहोस्

Flash News

पदाधिकारी र केन्द्रीय सदस्यको नाम प्रस्ताव गर्ने अधिकार ओलीलाई, भीम रावलकाे फरक मत झापाकी इन्दिरासँग ‘इन्गेजमेन्ट’मा बाँधिए मुकुन्द घिमिरे पार्टी भित्र हुने निर्वाचनले ठूलो द्वन्द्व जन्माउँछ : डा. भण्डारी केमिकल एण्ड मेडिकल सप्लायर्स एसोसियशन नेपालको साधारणसभा तिलोत्तमामा कोसी ब्यारेजमा हाम फालेका एक जनाको मृत्यु सरकारलाई बिजुली खपतको चिन्ता, जनता पोल हेर्न बाध्य रुपन्देहीको भैरहवामा ट्रकको ठक्करबाट बाबुछोराको मृत्यु मुख्यमन्त्री राईले भने- म रचना रिमाललाई वान साइड लभ गर्छु राजनीतिमा देखिएको पथभ्रष्ट र अराजकता सच्याउने नेतृत्व आउँछ : ओली बन्द सत्रमा ओलीले भने : प्रतिकृयावादीको षड्यन्त्रका कारण प्रतिपक्षमा पुगियो कांग्रेस रुपन्देहीको सभापतिमा रामकृष्ण खाँण सर्वसम्मत रुपमा चयन पाँच घण्टा ढिला गरी सौराहमा सुरु भयाे एमालेको बन्दसत्र भोट माग्न सुरु गरेका भीम रावलले भने- ओलीकाे सहमति प्रयासबारे जानकारी छैन एमाले १० औँ महाधिवेशन : घनश्याम भूसाल उपाध्यक्षमा उठ्ने एमाले दशौं महाधिवेशन : नेम्वाङलाई राष्ट्रपति, अष्टलक्ष्मीलाई उपराष्ट्रपतिको आश्वासन एमालेको कुम्भमेलामा विचारलाई निषेध गरियाे : प्रचण्ड टिपरको ठक्करले स्कुटर चालकको मृत्यु माओवादी केन्द्र पुनर्गठित गर्दै अघि बढेका छौं: प्रचण्ड ओली बन्दसत्र स्थल प्रवेश, तर अझै सुरु भएन बैठक एमालेको राष्ट्रिय महाधिवेशन र युवा नेतृत्व