ताजा अपडेट »

सन्तोषको खेल मोह

आइतबार, ३० जेठ २०७८, १८ : ००
14 Shares

‘हिजोआज शरीरलाई आकर्षक बनाउनका लागि भन्दै फिट्नेस सेन्टर धाउने युवा युवतीहरुको लामो लर्को छ। धेरैले लोभलाग्दो ज्यान बनाउने सपना लिएर जिममा घण्टौं पसिना समेत बगाउने गर्दछन्। व्यायाम गरेर शरिर बनाउन गार्हाे हुन्छ । तर, बनिसकेको शरिरलाई टिकाइ राख्न त्यो भन्दा झन् कठिन हुन्छ ।’ यो अनुभवसहितको भनाई शारीरिक सुगठनका पुराना खेलाडी सन्तोष काजी शाक्यको हो।

पिता श्री हिराकाजी र माता मङ्गलीमाया शाक्यको कोखबाट बि.सं. २०३१ मा बाँकेको नेपालगंजमा सन्तोषको जन्म भएको थियो । बल्यकालदेखि नै खेलकूदमा रहर गर्ने सन्तोषले शुरुमा सितोरियो कराँते खेल्न थाले । केही स्थानीय प्रतियोगिताहरुमा भाग लिएर सफलता समेत पाए । २०४९ सालमा महेन्द्रनगरमा भएको क्षेत्रीय स्तरको कराँते प्रतियोगिता काता तर्फ स्वर्ण तथा किक बक्सिङमा रजत पदक जिते । केही समयपछि भारतमा कराँते खेलको अन्तर्राष्ट्रिय प्रतियोगिता हुन लागेको थियो । शाक्यले पनि सो गेमका लागि छनौट भएका थिए । भारतमा खेल्न जाँदै गर्दा बीच बाटोमा रेल छुटेर जान नपाएपछी निराश भएर कराँते खेल्न छाडेको उनले बताए।

शारीरिक सुगठन खेलमा प्रवेश
सन्तोषको शारीरिक बनावट निक्कै दुब्लो पातलो थियो । शरीर हृष्ठपुष्ट बनाउने रहरमा २०५१ सालमा नेपालगञ्जको सबैभन्दा पुरानो लक्ष्मण ब्यायाम मन्दिरमा शारीरिक अभ्यास गर्न थाले । शारीरिक सुगठनको अग्रज खेलाडी लक्ष्मणप्रसाद केसीलाई गुरु मानेर शारीरिक सुगठन खेलमा साधना गर्न थाले।

उनको खेलयात्रा
बि.सं. २०५१ मा धरानमा सम्पन्न मिष्टर नेपाल शारीरिक सुगठन यस खेलतर्फको उनको पहिलो पाइला थियो।
१.२०५३–११–२१ मा नेपालगंज नगरपालिकाको आयोजनामा भएको मिष्टर नेपालगंज शारीरिक सुगठन प्रतियोगितामा ६० केजी जन समूहमा बिजेता बन्दै बेष्ट पोजर उपाधि ।
२.२०५४ सालमा ओलम्पियन जिम सेन्टर तौलिहवाको आयोजनामा कृष्णनगरमा भएको प्रथम मिष्टर पश्चिमाञ्चलस्तरीय शारीरिक सुगठन प्रतियोगितामा ६५ केजी समूहमा स्वर्ण पदक ।
३. २०५५ सालमा नेपाल व्यायाम मन्दिर सिद्धार्थनगरको आयोजनामा भएको चौथो मिष्टर लुम्बिनी अञ्चल स्तरिय शारीरिक सुगठन प्रतियोगितामा ७५ केजी समूहमा स्वर्ण पदक।
४. २०५६ सालमा नेपाल शिवसेना नगर समितीको आयोजनामा भएको शिवसेना कप प्रथम मिष्टर नेपालगन्ज शारीरिक सुगठन प्रतियोगिताको ७० केजी वजन समूहमा बिजेता बन्दै उपाधि जित्दै मिष्टर नेपालगन्ज हुन सफल ।
५.२०५७ सालमा नेपाल शिवसेना नगर समितिको आयोजनामा भएको शिवसेना कप प्रथम मिष्टर भेरी अञ्चलस्तरीय शारीरिक सुगठन प्रतियोगिताको ७० केजी बजन समूहमा बिजेता बन्दै उपाधि जितेर मिष्टर भेरी हुन सफल।

उनलाई आफ्नो शारिरीक पोज मध्ये मनपर्ने पोज मोष्ट मस्कुलर र मनपर्ने बड़ी पार्ट बाइसेप्स हो। खेलजीवनका दुःखद क्षण सम्झँदै उनि भन्छन्, ‘कराँतेको अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न हामी भारतको केरलातर्फ जाँदै थियौं । थोरै ढिलोगरी लखनउको रेल स्टेशनमा पुग्यौं । हामी पुग्दा हाम्रो आँखा नजिकै झण्डै ५० मिटर अगाडिबाट केरला जाने ट्रेन छुटेर गयो। गैइरहेको रेलका दृश्य सम्झदा हिजो–आज समेत म झसङ्ग हुन्छु । यदी त्यो ट्रेन नछुटेको भए शायद मेरो खेलजीवनले अर्कै मोड लिन्थ्यो होला ।’

उनले थपे,‘प्रतियोगितामा तयारी गर्दा उतिबेला हिजोआज जस्तो डाइट प्लान हुँदैन्थ्यो। सप्लिमेन्टको नामा–ेनिशान थिएन । आजका जस्ता अत्याधुनिक मेशिन र इन्टरनेटमा सहजता कल्पना भन्दा पर थियो । त्यसबेला गुलियो, नुन र पानी बार्ने आजभोलीका जस्ता तनाव थिएन । प्रतियोगिताको केही धण्टा अगाडीसम्म पनि हामीले माछा, अण्डा वा मासु जे भेटिन्थ्यो त्यहीसँग टन्न भात खाएर गेम खेल्ने चलन थियो ।’

खेलजीवनको सम्झना आइरहने रमाइलो प्रसङ्ग सुनाउँदै उनले भने, ‘प्रतियोगितामा शारीरिक प्रदर्शनीका लागि तयारी हँुदै गर्दा आफ्नो शरीरमा देखिने भागमा भएका रौँहरु सफा गरेको हुनु पथ्र्याे । साथीभाई मिलेर एकले अर्कोको खुर्किने गथ्र्याै। शरीरका केही मांशपेशीहरुमा पनि स–साना घाउ हुने कुरा सामान्य थियो । ती घाउहरु चराएर रातभरि निद्रा लाग्दैन थियो । तर, प्रतियोगिता सम्पन्न हुदाँ पाइने पदक प्रमाणपत्रहरुले ती घाउहरुको दुखाइहरुमा मलहमको काम गथ्र्याे ।’

बाँके जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघका कोषाध्यक्ष रहेका संतोष नेपाल सुगठन तथा फिटनेस संघ अन्तर्गत शारीरिक सुगठन खेलका जिल्ला स्तरका निर्णायक समेत हुन्। उनको परिवारमा श्रीमती १ छोरी र १ छोरा छन्। हिजोआज पनि सन्तोषको शारीरिक सुगठन प्रतियोगितामा सहभागी भई संगीतको धुनमा आफ्ना सुगठित शरीरहरुको प्रदर्शन गर्ने धित अझै मरिसकेको छैन । अवसर पाए फेरि स्टेजमा उक्लिने र मेडल लिने उनको चाहाना छ । हिजोआज समेत लकडाउन भएपनि बिहान बेलुका आफ्नै घरमा बनाएको जीममा व्यायाम गर्दै पसिना बगाउने गरेको उनि बताउँछन् ।

https://www.globalaawaj.com/archives/112613
सितु प्रसाद श्रेष्ठ
लेखकको बारेमा
सितु प्रसाद श्रेष्ठ
स्तम्भकार