ताजा अपडेट »

महिनावारीका बेलाको पेट दुखाई कम गर्न दही सेवन उपयोगी

आइतबार, ३० जेठ २०७८, १६ : २५
20 Shares

महिनावारी भएका बेला सामान्य पेट दुख्नु स्वाभाविक हो । अधिकाशं महिलामा यस प्रकारको पेट दुखाई हुने गर्दछ तर कसै कसैलाई महिनावारीका बेला अत्याधिक पेट दुख्ने गर्दछ । जसले गर्दा नियमित कामकाज गर्न पनि गार्‍हो हुन्छ ।

महिनावारीका बेला पीडाका कारण ८० प्रतिशत महिला चिन्तित हुन्छन् । तर एक अध्ययन अनुसार महिनावारीका बेला हुने पेटको दुखाईमा नियन्त्रण पाउन दही सेवन उपयुक्त हुने देखिएको छ । यो बेलाको पीडामा महिलाले दैनिक २ कप दही सेवन गरे करिब ४८ प्रतिशतमा पीडा कम हुने देखिएको छ ।

दहीमा क्याल्सियम तथा अन्य खनिज पदार्थ पाइन्छ । जसले हर्मोनहरू ९इस्ट्रेजेन र प्रोजेस्ट्रोन० को सन्तुलन कायम गर्ने एवं स्नायुहरूलाई पनि निस्क्रिय बनाउन मद्दत गर्दछ । साथै दहीको नियमित सेवनले मानसिक तनाव पनि कम हुने उक्त अध्ययनको निष्कर्ष छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।