May 28, 2023
महोत्तरी । महोत्तरीको नेपाल भारत सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले करिब आठ लाख नगद बरामद गरेको छ । जिल्लाको सम्सी गाउँपालिका–५ पोखरभिण्डास्थित दशगजा क्षेत्रबाट सशस्त्र प्रहरीले सात लाख पाँच हजार ५५० नगद शनिबार बरामद गरेको हो ।सीमावर्ती भारतीय गाउँ गोराहारीबाट मोटरसाइकल चढेर नेपालतर्फ आएका एक व्यक्तिले सीमाक्षेत्रमा सशस्त्र प्रहरीलाई देखेपछि उक्त रकम झोला फालेर भागेका बताइएको छ । झोला जाँच गर्दा सो परिमाणको नगद फेला परेको जिल्लाको जलेश्वर–५ स्थित सशस्त्र प्रहरी बल ९ नम्बर गण जलसागरका गणपति सशस्त्र प्रहरी उपरीक्षक सुरेश सापकोटाले जानकारी दिए ।बरामद रकम भन्सार कार्यालय जलेश्वरमा दाखिला भएको सशस्त्र प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस्