२५ जेष्ठ २०८०, बिहीबार

Jun 8, 2023

भन्टा विभिन्न प्रकार र किसिममा पाइन्छ । संसारभरी भन्टाका थुप्रै प्रकार हुन्छन् – चाइनिज, जापनिज, ग्राफिटी, बियांका, ट्याङ्गो, सेन्टाना, थाई आदि । यस्तै भन्टामा भरपुर मात्रामा एन्टीअक्सिडेन्ट, फिनोलेक्स, भिटामिन ए, भिटामिन सी, बिटा क्यारोटिन, पोलिफिनालिक तत्व, भिटामिन ई, आइरन, जिंक, फाइबर, एन्थोसाइएनिन, भिटामिन बी–१२, भिटामिन बीसिक्स, भिटामिन बीटु, फ्याटी एसिड पाइन्छ । यी पोषक तत्व छाला वा कपालका लागि मात्रै फाइदाजनक नभई शरीरका विभिन्न समस्यालाई टाढा राख्दछ । आज हामी भन्टा खानुका फाइदा बारे जानकारी दिँदैछौं।

Advertisement

१. शरीरमा ऊर्जाको सञ्चारः

भन्टामा पाइने औषधीय गुणले तत्काल ऊर्जा प्रदान गर्न मद्दत गर्छ । यसमा चिल्लो कम हुने भएकोले यो स्वास्थ्यका लागि पनि निकै फाइदाजनक छ । यसको सेवनले शरीरमा थकान, सुस्तता आदि समस्या टाढा रहन्छ ।

२. प्रतिरोधी क्षमताका लागि भन्टाः

हाम्रो शरीरको रोग प्रतिरोधी क्षमता बढाउनका लागि केही अत्यावश्यक भिटामिनको आवश्यकता पर्छ । यी भिटामिन भन्टाको सेवनले हाम्रो शरीरले प्राप्त गर्छ । भन्टाभित्र भरपुर मात्रामा भिटामिन, ए, सी, डी, बीटु, बीसिक्स, बी टुवेल्भका साथै सेलेनियम, आइरन, जिंक आदि तत्व पाइन्छ जसले हाम्रो प्रतिरोधी क्षमतालाई राम्रो बनाउनुका साथै संक्रमणबाट शरीरलाई टाढा राख्न मद्दत गर्छ ।

३. तौल कम हुन्छः

केही मानिसहरु मोटोपनाको समस्या हटाउनका लागि थाहा छैन कति महँगा उत्पादन खरिद गर्छन् वा आफ्नो खान्कीमा परिवर्तन गर्दा पनि फाइदा नपाउँदा उदास पनि हुने गर्छन् । यदि तपाईं पनि यी मानिसमध्ये एक हुनुहुन्छ भने भन्टा सेवन गरेर सजिलै तौल घटाउन सकिन्छ । भन्टाभित्र पानीको मात्रा हुन्छ, साथै यसभित्र फाइबर पनि पाइन्छ । यस्तै यसभित्र अत्यधिक कम क्यालोरी हुन्छ । यस्तोमा यसको सेवनले पेट भरिएको महसुस हुन्छ र व्यक्तिले कम खाना खान्छन् ।

४. स्मरण शक्ति कम भएकाहरुका लागि भन्टाः

भन्टाको सेवनले मानसिक समस्या टाढा राख्न सकिन्छ । यसको सेवनले मुड राम्रो हुन्छ । साथै मानिसहरु भित्र खुसीको भावना जागृत हुन्छ । यदि तपाईंको स्मरण शक्ति कम छ वा दिमागको कार्य क्षमताको कमीले चिन्तित हुनुहुन्छ भने तपाईं भन्टाको सेवन गर्न सक्नुहुन्छ । भन्टामा पाइने फोलेट, भिटामिन ए, भिटामिन बी, भिटामिन सी, आइरन, जिंक आदिले तपाईंको यो समस्यालाई टाढा राख्न उपयोगी हुन्छ ।

५. कपालका लागि भन्टाको सेवनः

भन्टा भित्र भरपुर मात्रामा आवश्यक भिटामिन, पानी आदि तत्व पाइन्छन् जसले कपालको जरालाई बलियो बनाउनुका साथै जरालाई आवश्यक पोषण प्रदान गर्छ । तपाईं भन्टाको पेस्टको प्रयोग पनि गर्न सक्नुहुन्छ । यसका लागि भन्टा पिसेर आफ्नो जरामा रगड्नुहोस् । स्याम्पु र साधारण पानीले कपाल धुनुहोस् । यस्तो गर्दा कपाल बलियो हुनेछ ।

६. छालाका लागिः

भन्टाभित्र भरपुर मात्रामा फाइबर, भिटामिन, खनिज आदि तत्व पाइन्छ जसले छालालाई हाइड्रेट राख्न मद्दत गर्नुका साथै रुखो छालालाई सूर्यको किरणबाट पनि जोगाउँछ । प्राकृतिक मोइस्ट स्थापित गर्नका लागि र छालामा कुनै प्रकारको एलर्जीलाई टाढा राख्नका लागि भन्टाको प्रयोग गरिन्छ । यसका लागि तपाईं मह, एलोभेराको रस र भन्टाको पेस्ट, तीनैलाई मिसाएर अनुहारमा लगाउनुहोस् । १० मिनेटपछि अनुहार धुनुहोस् । अब आइस क्यूबको मद्दतले अनुहारलाई चिसो बनाउनुहोस् । त्यसपछि अनुहार धुनुहोस् । यस्तो गर्दा प्राकृतिक मोइस्ट फिर्ता हुनेछ ।

प्रतिकृया दिनुहोस्

Flash News

म्यान्मारमा सेना समर्थक गायिकाको गोली हानी हत्या असार १ देखि भदौं मसान्तसम्म सडक खन्न प्रतिबन्ध तिलाेत्तमाको शंकरनगर दुर्गादत्त माविमा प्रतिभा प्रदर्शन युक्रेनी बाँध भत्किदाँ १८ हजार घर डुबानमा, रुस-युक्रेन एक अर्कामा दोषारोपण गर्दै रेलमा आगलागी भएपछि अस्ट्रियाको सुरुङबाट २०० यात्रुलाई बाहिर निकालिए बाबुराम भट्टराई नेतृत्वको नेसपाको केन्द्रिय समिति बैठक आजबाट प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथिको छलफल आज पनि जारी रहने प्रधानमन्त्री प्रचण्ड आज बुटवल आउँदै, लुम्बिनी केबलकारको उद्घाटन गर्ने भारतसँग भूमि सट्टापट्टाबारे अरूले निर्णय नै गरेका छन्, समय आएपछि प्रमाण देखाउँछु : प्रधानमन्त्री रेडक्रस सोसाइटी बर्दिबासद्वारा सर्पदंश उपचार केन्द्रलाई स्वास्थ्य सामग्री प्रदान  तिनाउको शैक्षिक सुधारका लागि आलोचना हैन समालोचना आवश्यक भारतीय सीमावर्ती बजारबाट अखाद्य मासुजन्य पदार्थ भित्रिएको आशंकामा बुटवलमा अनुगमन अनलाइन ठगी गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ प्रियंकासँग सहकार्य गर्दै जुनियर एनटिआर बुटवलमा करोडौँ मूल्य पर्ने २६ कठ्ठा सरकारी जग्गा किनबेच लागुऔषधसहित ५ जना पक्राउ हत्या आराेपमा एकजना पक्राउ पूर्वराज्यमन्त्री महेश चौधरीको निधन दुबई पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ कम्बोडिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ