२५ जेष्ठ २०८०, बिहीबार

Jun 8, 2023

काठमाण्डाै । धनी देशहरूको समूह जी-सेभेनका नेताहरूले कोभिड-१९ महामारीले ल्याएको जस्तो क्षति अब कहिल्यै नदोहोरिने सुनिश्चितता गर्न आफ्ना सबै स्रोतहरू प्रयोग गर्ने वाचा गर्दैछन्।

Advertisement

कोर्न्वलमा भइरहेको जी-सेभेन सम्मेलनको दोस्रो दिन उनीहरूले एउटा घोषणापत्र जारी गर्नेछन् जसमा उक्त उद्देश्य हासिल गर्नका लागि चरणबद्ध उपायहरू हुनेछन्। खोपहरू विकास गर्न आवश्यक समयलाई १०० दिनभित्र झार्ने उनीहरूको लक्ष्य छ। शुक्रवार ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनले सम्मेलन सुरु गर्ने क्रममा विश्वव्यापी असमानतासँग जुझ्न आग्रह गरेका थिए।

सम्मेलन

तीन दिने सम्मेलनको आतिथ्य गरिरहेका जोनसनले सन् २००८ को आर्थिक सङ्कटका ‘गल्तीबाट’ सिक्दै असमानतासँग जुझ्नु महत्त्वपूर्ण रहेको बताएका थिए। शुक्रवारका छलफलहरूपछि नेताहरूले कोर्न्वलकै इडन प्रोजेक्ट परिसरमा महारानीसँग रात्रि भोज गरेका थिए।

अमेरिका-ब्रिटेन

सामूहिक तस्बिर खिच्नेक्रममा महारानीले ठट्टा गरेको सुनिएको थियो: “के हामीहरू रमाइरहेजस्तो देखिनुपर्ने हो ?” त्यो सुनेर महारानी वरपर रहेका नेताहरूमा हाँसो गुञ्जियो। प्रधानमन्त्री जोनसनले भनेका थिए “हो”, “हामी जस्ता देखिएका भएपनि रमाइरहेका छौँ ।” विश्वका उन्नत अर्थतन्त्रहरू क्यानडा, फ्रान्स, जर्मनी, जापान, इटली, संयुक्त अधिराज्य र अमेरिकासहित युरोपेली सङ्घ ईयूका दुई शीर्ष नेताले उक्त सम्मेलनमा सहभागिता जनाइरहेका छन्।

महामारीबारे के उपाय सार्वजनिक गरिंदैछ?

शनिवारको विशेष सत्रपछि नेताहरूले कर्बिस बे घोषणापत्र जारी गर्नेछन्। जसमा कोभिड-१९ का कारण क्षतविक्षत भएका मानवीय र आर्थिक हानिको कुनै पुनरावृत्ति नहुने प्रयास स्वरूप योजनाहरू समेटिनेछन्। महामारी सुरु भएयता विश्वभर साढे १७ करोड मानिसहरू कोरोनाभाइरसबाट सङ्क्रमित हुनुका साथै ३७ लाखभन्दा धेरैले कोभिड जोडिएका घटनामा ज्यान गुमाएको अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयको विवरण छ।

कोभिड खोप

जी-सेभेनको घोषणापत्रमा हुने केही मुख्य बुँदा यस्ता छन्:

  • खोपको विकास र अनुमति दिने समय घटाउँदै भविष्यमा देखा पर्ने कुनै रोगको पहिचान र उपचारलाई सय दिनभित्र सीमित पार्ने
  • विश्वव्यापी निगरानी सञ्जाल र जिनोमिक सिक्वेन्सिङ्ग क्षमतालाई थप सबल बनाउने
  • विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओलाई सुधार गर्दै थप बलियो बनाउन सहायता गर्ने

सम्मेलनअघि बोरिस जोनसनले भनेका थिए, “साँच्चिकै कोरोनाभाइरसलाई पराजित गरेर त्यसको असरबाट बाहिर निस्कने हो भने हामीले यस्ता महामारीलाई भविष्यमा कहिल्यै दोहोरिन दिनबाट रोक्नुपर्छ। त्यसको मतलब पछिल्ला १८ महिनाबाट सिक्दै अब आउँदो समय फरक तरिकाले काम गर्नु हो।” -बीबीसी नेपाली

प्रतिकृया दिनुहोस्

Flash News

मधेशका महिला कथाकारका लागि ‘टेल योर स्टोरी’ नेपाली क्रिकेट टिमले आज स्कटल्याण्डसँग अभ्यास खेल खेल्दै  इरानले बनायो ध्वनीभन्दा १५ गुणा बढी गतिको मिसाइल म्यान्मारमा सेना समर्थक गायिकाको गोली हानी हत्या असार १ देखि भदौं मसान्तसम्म सडक खन्न प्रतिबन्ध तिलाेत्तमाको शंकरनगर दुर्गादत्त माविमा प्रतिभा प्रदर्शन युक्रेनी बाँध भत्किदाँ १८ हजार घर डुबानमा, रुस-युक्रेन एक अर्कामा दोषारोपण गर्दै रेलमा आगलागी भएपछि अस्ट्रियाको सुरुङबाट २०० यात्रुलाई बाहिर निकालिए बाबुराम भट्टराई नेतृत्वको नेसपाको केन्द्रिय समिति बैठक आजबाट प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथिको छलफल आज पनि जारी रहने प्रधानमन्त्री प्रचण्ड आज बुटवल आउँदै, लुम्बिनी केबलकारको उद्घाटन गर्ने भारतसँग भूमि सट्टापट्टाबारे अरूले निर्णय नै गरेका छन्, समय आएपछि प्रमाण देखाउँछु : प्रधानमन्त्री रेडक्रस सोसाइटी बर्दिबासद्वारा सर्पदंश उपचार केन्द्रलाई स्वास्थ्य सामग्री प्रदान  तिनाउको शैक्षिक सुधारका लागि आलोचना हैन समालोचना आवश्यक भारतीय सीमावर्ती बजारबाट अखाद्य मासुजन्य पदार्थ भित्रिएको आशंकामा बुटवलमा अनुगमन अनलाइन ठगी गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ प्रियंकासँग सहकार्य गर्दै जुनियर एनटिआर बुटवलमा करोडौँ मूल्य पर्ने २६ कठ्ठा सरकारी जग्गा किनबेच लागुऔषधसहित ५ जना पक्राउ हत्या आराेपमा एकजना पक्राउ