ताजा अपडेट »

नारायण वाग्ले, खगेन्द्र संग्रौलासहित २० जना नागरिक अगुवा पक्राउ

शुक्रबार, २८ जेठ २०७८, १२ : २८
8 Shares

काठमाडौँ । बालुवाटारमा प्रदर्शनमा उत्रिएका वृहत नागरिक समाजका अगुवालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

शुक्रबार बालुवाटारमा सरकारी अस्पतालहरुको गुणस्तर सुधार गर्नुको साटो सरकारले निजी मेडिकल कलेजलाई सम्बन्ध दिएको विरोधमा वृहत् नागरिक आन्दोलनले गरेको प्रदर्शनमा अभियन्ताहरू वाग्ले र संग्रौलासहित युग पाठक, सञ्जीव उप्रेती, अर्चना थापा, भाष्कर गौतमलगायत २० जना बढी पक्राउ परेका हुन् । चिकित्सा शिक्षा आयोगमाथि राजनीतिक हस्तक्षेप भएको लगायतका विषयमा विरोध जनाउँदै विरोधमा उत्रिएका नागरिक अगुवामाथि प्रहरीले हस्तक्षेप गरेको हो।

नागरिक आन्दोलनले सत्तानिकट व्यक्तिको मेडिकल कलेजलाई सम्बन्धन दिने सरकारको तयारीविरुद्ध प्रदर्शनको तयारी गरिरहेकै बेला उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो। हाल उनीहरूलाई महानगरीय प्रहरी वृत्त, कमलपोखरीमा राखिएको छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।