ताजा अपडेट »

सभामुख सापकोटाले बोलाएको बैठकमा प्रधामन्त्री ओली सहभागी नहुने

शुक्रबार, २८ जेठ २०७८, ११ : २२
6 Shares

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटाले आज शुक्रबार २ बजेका लागि आह्वान गरेकोसमसामयिक राजनीतिक विषयको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी नहुने भएका छन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाकाअनुसार प्रधानमन्त्री ओलीलाई सभामुखको तर्फबाट कुनै औपचारिक पत्र र बैठकबारे जानकारी नआएकाले बैठकमा सहभागी नहुने बताए । विभिन्न मिडियाबाट बैठकको समाचारबारे जानकारी प्राप्त भएपनि आधिकारिक पत्र प्राप्त भइनसकेको उनले बताए । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरूको बैठक आह्वान गरेका छन् ।

बैठक आज दिउँसो २ बजे संघीय संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा बस्ने तय भएको छ । प्रतिनिधि सभा विघटनपछि पूर्व सभामुख एव‌ कानुन व्यवसायीसँग चरणवद्ध छलफलमा जुटेका सभामुख सापकोटाले पछिल्ला राजनीतिक घटनाक्रमबारे प्रधानमन्त्री, पूर्वप्रधानमन्त्रीहरू र प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका नेतासँग छलफल गर्न लागेका हुन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।