May 31, 2023
बुटवल । रुपन्देहीमा पछिल्लो २४ घण्टाको अवधिमा १८६ जनाको कोरोना परीक्षण गर्दा ७२ जनामा संक्रमण पुष्टि भएको छ भने ५२ जना निको भएका छन् ।
स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार आज सबै भन्दा धेरै बुटवल उपमहानगरपालिकामा २० जनामा संक्रमण पुष्टि भएको छ । यस्तै तिलोत्तमा नगरपालिकामा १७ जना, देवदह नगरपालिकामा १० जना, सिद्धार्थनगर नगरपालिकामा ८ जना, सम्मरीमाई गाउँपालिकामा ६ जना, सैनामैना नगरपालिकामा ३ जना, कञ्चन गाउँपालिका, शुद्धोधन गाउँपालिका, कोटहिमाई गाउँपालिकामा २२ जना र मर्चवारी गाउँपालिकामा १ जना संक्रमित थपिएका छन् । यो सँगै रुपन्देहीमा कोरोना संक्रमित हुनेको संख्या २७ हजार ५६३ पुगेको छ । जसमध्ये २६ हजार १० जना निको भएका छन ।
हाल जिल्लामा १ हजार ९१ जना कोरोनाका संक्रिय संक्रमितहरु रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा थप ५ जना संक्रमितको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ४६२ पुगेको छ ।
प्रतिकृया दिनुहोस्