ताजा अपडेट »

चुनौतीलाई अवसरका रुपमा लिने सुरेश

मंगलबार, २५ जेठ २०७८, १३ : ३५
14 Shares

चर्चित भनाइ छ “जहाँ अप्ठ्यारो हुन्छ, त्यही अवसर पनि हुन्छ!।“ न्युटनको चाल सम्बन्धि तेस्रो नियमले पनि त्यही भन्छ, भकुण्डो जति जोडले भुइ तिर दबायो, त्यति जोडले आकाश तिर उफ्रिन्छ । जीवनमा चुनोती र अप्ठ्याराहरुसँग मितेरी लगाउँदै सफलताका बाटाहरु पहिल्याउँन सफल एक खेलाडी हुन, सुरेश खत्री। बि.स २०४६ सालमा पिता भरत र माता सावित्री खत्रीका सन्तानका रुपमा सुरेशको जन्म बुढानिलकण्ठ १३ स्थित कौडोलमा भएको थियो।

मध्यम वर्गीय किसान परिवारमा जन्मेका सुरेशको शारिरीक बनावट निकै पातलो थियो । ज्यान पातलो भएकै कारण विद्यालयमा साथीहरु बिच हाँसोको पात्र बनेको कुरा उनलाई अझै संमरण छ । पढाइमा अब्बल रहेका सुरेशले स्थानीय जनउध्दार माध्यामिक विद्यालयबाट एस.एल.सि प्रथम श्रेणीमा उतिर्ण गरेका थिए । आफ्नो पढाइको जोहो गर्न एस.एल.सि लगतै ट्युशन पढाउन थाले। पढाइमा मेधावी रहेका खत्रीले प्लस टु पब्लिक युथ कलेजबाट प्रथम श्रेणीमा उतिर्ण गरे । जसमा व्यवसायिक गणितमा नेपालभरिका विद्यार्थीहरुलाइ उछिन्दै ९९ अकं ल्याउन सफल भए । सुरेशले व्यवस्थापन बिषयमा शंकरदेव क्याम्पसबाट स्नातकोत्तर गरेका छन् ।

पारिवारिक अवस्था मध्यम भएको हुनाले परिवारको सहयोग बिना नै आफैले ट्युशन पढाएर कमाएको पैसाले जिमखानाको फिसको जोहो गर्ने गरेको उनले बताए। उनि भन्छन्, “बिहान ६ बजे देखि ७ सम्म पढाएर जिम जान्थे अनि आएर बेलुका सम्म ९ वटा जति कक्षा पढाउँथे । आफुले चाहे भने गर्न नसक्ने केहि हुदैन।“ चर्चित खेलाडी अर्जुन वर्णवाल र प्रकाश प्रजापतिलाई गुरु मानेर उनि व्यायामको गहिराइमा डुवुल्की मार्ने थाले ।

फिटनेसमा सुरेशको प्रवेश
शारीरिक हिसाबले दुब्ला भएकाले कलेजमा बिबिएस पढ्ने क्रममा बलिउडका एक्सन चलचित्रका नायकको सुगठित शरीर देखेर दगं पर्थे । मेरो पनि यस्तै ज्यान बनाउनु पर्यो भन्ने लागेर २०६६ उनले नेपाल व्यायाम मन्दिरमा सदस्यता लिएर जिम गर्न शुरुवात गरे ।

पारिवारिक अवस्था मध्यम भएको हुनाले परिवारको सहयोग बिना नै आफैले ट्युशन पढाएर कमाएको पैसाले जिमखानाको फिसको जोहो गर्ने गरेको उनले बताए। उनि भन्छन्, “बिहान ६ बजे देखि ७ सम्म पढाएर जिम जान्थे अनि आएर बेलुका सम्म ९ वटा जति कक्षा पढाउँथे । आफुले चाहे भने गर्न नसक्ने केहि हुदैन।“ चर्चित खेलाडी अर्जुन वर्णवाल र प्रकाश प्रजापतिलाई गुरु मानेर उनि व्यायामको गहिराइमा डुवुल्की मार्ने थाले । आफुलाइ व्यायाम गर्ने प्रेरणा दिने व्यक्तिका रुपमा उनि नेपाल व्यायाम मन्दिरका अध्यक्ष नारायण प्रधानलाइ मान्छन् । प्रधानले आफुलाइ आफ्नो छोरा सरह माया गर्ने गरेको खत्रीले बताए ।

उनको खेलयात्रा
जिम शुरु गरेको केही समय पछी २०६९ सालमा नेपाल शारीरिक सुगठन तथा फिटनेश संघद्वारा चौथो मिष्टर हिमालय राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिता आयोजना भयो । नारायण प्रधानले उनलाइ सहभागी हुन उत्प्रेरित गरे। सो प्रतियोगितामा उनले डेब्यु गरे। त्यही प्रतियोगिता उनको शारीरिक सुगठन खेलको पहिलो सिंडी थियो । त्यही वर्ष नेपाल जिम एण्ड फिटनेस सिद्धार्थनगरले आयोजन गरेको अम्बुजा दोस्रो मिष्टर नेपाल शारीरिक सुगठन प्रतियोगितामा पनि सहभागी भएर अनुभव बटुले ।

सुरेश दरो तयारी गरेर राम्रो नतिजा ल्याउने शुरमा थिए। तयारी कै क्रममा प्रतियोगिता आउन केही हफ्ता मात्र बाँकी रहदा उनका ममतामयी माता सावित्री खत्रीको निधन भयो। सुरेशलाइ आकाश आफ्नै टाउकोमा खसे जस्तो भयो। माताको बियोग सहँदै पुत्र धर्मको पालन गरे। १३ दिनको धार्मिक कर्म सकाएर पुनः ट्रेनिङ्गमा फर्किए। दुइ हप्ता तालिम गरेर प्रतियोगितामा आफ्नो तौल समुहमा ५५ के जी भाग लिए । सबै प्रतिपर्धीहरुको चुनोती समाप्त पार्दै प्रथम हुन मात्र सफल भएनन् कि उत्कृष्ट ७ मा पर्दै ६० हजार नगद समेत हात पार्न सफल भए ।

सोही वर्ष नेपाल व्यायाम मन्दिरको आयोजना भएको तेह्रौ धर्मश्री राष्ट्रिव्यापी शारीरिक सुगठन प्रतियोगितामा ५५ केजी तौल समुहमा भाग लिदै चौथौ स्थान लिन सफल भए । सोही वर्ष बुल्समैन पोखराले आयोजना गरेको प्रथम मिष्टर बुल्समेनमा ५५ केजी तौल समुहमा भाग लिदै कास्य पदक जिते । खेलको पहिलो पदकले उनलाइ थप उत्साहित बनायो । २०७५ सालमा नेपाल व्यायाम मन्दिरले पन्धौ धर्मश्री राष्ट्रव्यापी शारीरिक सुगठन प्रतियोगिता आयोजना गर्ने भयो ।

सुरेश यसपटक दरो तयारी गरेर राम्रो नतिजा ल्याउने शुरमा थिए। तयारी कै क्रममा प्रतियोगिता आउन केही हफ्ता मात्र वाकी रहदा उनका ममतामयी माता सावित्री खत्रीको निधन भयो। सुरेशलाइ आकाश आफ्नै टाउकोमा खसे जस्तो भयो। माताको बियोग सहँदै पुत्र धर्मको पालन गरे। १३ दिनको धार्मिक कर्म सकाएर पुनः ट्रेनिङ्गमा फर्किए। दुइ हप्ता तालिम गरेर प्रतियोगितामा आफ्नो तौल समुहमा ५५ के जी भाग लिए । सबै प्रतिपर्धीहरुको चुनोती समाप्त पार्दै प्रथम हुन मात्र सफल भएनन् कि उत्कृष्ट ७ मा पर्दै ६० हजार नगद समेत हात पार्न सफल भए । उनको खुसी सिमना रहेन । आफुले गरेको मेहनतको फल पाए जस्तो अनुभूति भयो ।

सुरेशलाइ आफ्नो शरीरको अङ्गहरु मध्ये एब्स् र व्याक् मशल मन पर्छ । मोष्ट मशुकलर पोज उनको प्रिय पोज हो । सुरेश भन्छन्, “ मलाई मेरो विद्यालयका प्रधानाध्यापक रामचन्द्र रेग्मीले धेरै नै माया र सपोर्ट गर्नु भएको छ । पन्ध्रौं धर्मश्रीका बेलामा पनि उहाँले अमेरिकाबाट आशिर्वाद सहित आर्थिक सहयोग समेत पठाई दिनु भएको थियोे ।’ सुरेश आफ्नो खेलजीवनको सफलताको श्रेय आफ्ना अनन्य मित्रहरु मनोज श्रेष्ठ र राजकुमार शाहीलाइ दिन्छन्। “हामी अहिलेसम्म पनि सँगसँगै जिम गर्दैछौ । उनीहरुको साथ र सहयोग कारण नै आज म यस स्थानसम्म आइपुगेको छु । “ उनले भने । हिजोआज उनि बुढानिलकण्ठ चपलीमा रहेको आफ्नो ट्युशन सेन्टरमा आउने बिध्यार्थीहरुलाइ व्यवस्थापन स्नातक तहका बिध्यार्थीलाइ लेखा, गणित र बृतशास्त्र पढाउँदै छन् ।

https://www.globalaawaj.com/archives/111606
सितु प्रसाद श्रेष्ठ
लेखकको बारेमा
सितु प्रसाद श्रेष्ठ
स्तम्भकार