ताजा अपडेट »

आशालाग्दो खेलाडी प्रवेश

शुक्रबार, २१ जेठ २०७८, १८ : ५८
14 Shares

सन्तुलित भोजनको उपयोग गर्दै भारयुक्त व्यायाम गरेर आर्जन गरेको मोहक शरीरलाई कलात्मक ढङ्गबाट प्रदर्शन गरिने खेल हो शारीरिक सुगटन। यस खेलमा लागेर आफ्नो साधना र मेहनतले सफलताका सिढिंहरु चड्दै गरेका खेलाडी हुन, प्रवेश श्रेष्ठ ।

शारीरिक सुगठन खेलमा प्रवेशको प्रवेश
बि स २०४७ सालमा मध्यपुर थिमीमा पिता महेन्द्रकाजी र माता गीरिजा श्रेष्ठका काखबाट प्रवेश श्रेष्ठको जन्म भएको थियो । युवा अवस्थामा एकदिन साथीहरुसँग उनि हलिवुडका चर्चित अभिनेता अर्नोडको पिडेटर नामक चलचित्र हर्न पुगे । उनको शारीरिक बनावट र आकर्षक सुगठित शरीरबाट प्रवेश असाध्यै प्रभावित भए । आफुले पनि त्यस्तै शरीर बनाउने रहरले सत्र वर्षको कलिलो उमेरमा नै गथाघर स्थित प्यारामाउण्ट फिजिकल फिटनेशमा भर्ना भएका थिए । प्रशिक्षक अमित मानान्धरको रेखदेखमा व्यायामका सिप आर्जन गर्न थाले ।

खेलयात्रा
२०६६ सालमा पहिलो पटक पोखरामा भएको नेपाल शारीरिक सुगठन तथा फिटनेस सघले आयोजना गरेको तेश्रो मिष्ट्रर हिमालय राष्ट्रिय शारीरिक सुगठन प्रतियोगितामा उनले डेब्यु गरे। पहिलो प्रतियोगितामा चाहेको जस्तो नतिजा आएन। यस खेलमा सफलता पाउन मैले अझै धेरै मेहनत गर्न बाँकी नै रहेछ भन्ने कुरा उनले बेला छदै बुझे । केही वर्ष जिमखानामा निकै कठोर परिश्रम गरेर आफ्नो शरीरका मांसपेशीहरुलाइ थप सुगठित पारे । २०७२ सालमा भएको राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गरेको सातौ राष्ट्रिय खेलकुद अन्तर्गतको पन्ध्रौ राष्ट्रिय शारीरिक सुगठन प्रतियोगितामा ८० केजी तौल समुहमा प्रतिस्पर्धा गरे ।

सबै प्रतिस्पर्धी खेलाडीलाइ उछिनेर स्वर्ण पदकसँगै मिष्टर नेपालको उपाधि समेत हात पारे । उनको खेलयात्राले थप गति लिन थाल्यो । त्यही वर्ष हिमालय किङ्गडम नेप्लिज बडी बिल्डिङ फेडरेशनको आयोजनामा भएको प्रथम राष्ट्रिय शारीरिक सुगठन प्रतियोगितामा ७५ केजी समुहमा स्पर्धा गर्दै कास्य पदक लिए । २०७३ सालमा बुल्समैन पोखराको आयोजनामा भएको दोस्रो बुल्समैन राष्ट्रब्यापी शारीरिक सुगठन प्रतियोगितामा ७० केजी तौल समूहमा कास्य पदक जिते । सोही वर्ष नेपाल व्यायाम मन्दिरको आयोजना भएको चौधौ धर्मश्री राष्ट्रव्यापी शारीरिक सुगठन प्रतियोगितामा ७५ केजी समुहमा स्पर्धा गर्दै छनोट चरण पार गर्दै कास्य पदक जिते ।

२०७४ सालमा लुनिभा तथा प्यारामाउण्ट फिटनेस भक्तपुरको आयोजनामा भएको दोस्रो मिष्टर ख्वपस् शारीरिक सुगठन प्रतियोगितामा ७० केजी तौलभन्दा माथि समूहमा स्वर्ण पदक जित्दै उपाधि पनि कब्जा गरे ।२०७५ सालमा बुल्समैन पोखराको आयोजनामा भएको तेस्रो बुल्समैन राष्ट्रब्यापी शारीरिक सुगठन प्रतियोगितामा ७५ केजी तौल समूहमा स्वर्ण पदक हात पारे । सोही वर्ष नेपाल व्यायाम मन्दिरको आयोजना भएको पन्ध्रौ धर्मश्री राष्ट्रव्यापी शारीरिक सुगठन प्रतियोगितामा ७५ केजी समुहमा स्पर्धा गर्दै स्वर्ण पदक जित्न सफल भएका थिए ।

प्रवेशले शारीरिक सुगठन खेलमा जस्तै नेवारी बाजा धिमे बजाउँदा उस्तै खालको आनन्दको अनुभुती गर्छन्। ठिमीमा हुने धेरै नेवारी कार्यक्रममा उनले आफ्नो संगीत शिपको कुशलतापुर्वक प्रदर्शन गरेका छन् । आफ्नो शरिरिक पोजहरु मध्ये उनलाइ मनपर्ने वेष्टपोज डबल वाइसेप हो। उनलाइ आफ्नो शरीरको मनपर्ने बडीपार्ट व्याक मशल हो । उनको बिचारमा पारिवारीक सहयोग बिना जुनसुकै मानिस कुनैपनि क्षेत्रमा सफल हुन कठिन हुन्छ, अझै शारीरिक सुगठन खेलाडीका सन्दर्भमा पारिबारिक सहयोग बिना कुनैपनि खेलाडी आगाडी बढ्नै सक्दैन् ।

किनकी यस खेलका खेलाडीहरुको जीवनशैली तपस्वी सरह हुन्छ । उनि भन्छन्, ूबल्किंग चरणमा म सकभर सप्लिमेन्टमा निर्भर नहुने कोसिस गर्दछु बरु म धेरै मासु अण्डा र अन्य खानेकुराहरु खान्छु। म सकभर क्लिन डाइटमा बस्ने प्रयास गर्छु । प्रतियोगिताको तयारी गर्दा ६ महिना अगाडीबाट नै सादा उमालेका खानेकुरा मात्रा खाने गर्छु । मेरो काटिङ्ग चरण मुख्य रूपमा अण्डा र कुखुरामा निर्भर गर्दछ । सकभर म उचित पोषण प्राप्त गर्न प्राकृतिक खानामा नै बढी जोड दिन्छु ।

श्रेष्टले खेलाडीले गर्ने दुःख र मेहनतले प्राप्त हुने सफलताबाट देशको नाम र शान चम्किने बताउँदै उनले खेल क्षेत्रको विकासका लागि सरकारले लगानी वृद्धि गर्नुपर्ने विचार व्यक्त गरे । हाल उनि सिवर्ड इन्टरनेशनल कलेजमा डिशप्लिन इन्जार्जका रुपमा काम गरिरहेका छन् । उनले भविष्यमा देशका लागि खेल्दै पदक जित्ने सपना साँचेका छन् ।

https://www.globalaawaj.com/archives/110361
सितु प्रसाद श्रेष्ठ
लेखकको बारेमा
सितु प्रसाद श्रेष्ठ
स्तम्भकार