ताजा अपडेट »

शाकाहारी बडीबिल्डर मनोज

बुधबार, १९ जेठ २०७८, १७ : ०५
8 Shares

नेपाली समाजको परम्परागत मान्यत अनुसार शारीरिक सुगठन खेलमा लागेका खेलाडीहरुको शारीरिक बिकासलाई चाहिने पोषणका लागि प्रमुख आधार प्रोटिन हो । जसको प्रमुख स्रोत मांशाहार मानिन्छ । तर यो मान्यतासंग शाकाहारी बडीबिल्डरहरु असहमत देखिन्छन् । उनिहरुको भनाइमा हाथी आकार र ताकतमा जंगलको ठुलो जनावर हो धोडा रफ्तारमा सबैभन्दा तेज दौड्न सक्ने जनावर हो। दुवै जनावरमा एउटा समानता छ दुवै मांशाहर गर्दैनन्।

वनस्पतिजन्य खाद्यपदार्थको सेवनलाई मात्र आधार बनाएर गरिने भोजन पद्धतिलाई शाकाहारी भनिन्छ । शाकाहार धर्म, संस्कृति, मूल्य–मान्यता, अध्यात्म आदिसँग जोडिएको देखिन्छ । संसार भरि थुप्प्रै चर्चित शाकाहरी बडीबिल्डरहरु भटिन्छन्। चर्चित बडी बिल्डरहरु केनेथ बिलियम्स र जिम्मी सिट्को लगायत धेरै बडीबिल्डरहरु मांशाहर गर्दैनन् । भारतिय प्रोफेशनलबडी बिल्डर बिरेन्द्र सिह र हिरालाल पनि शाकाहारी बडीबिल्डरका सफल उद्दाहरण हुन । आज हामी नेपाली शाकाहारी बडीबिल्डर मनोज अग्रवालका बारेमा यस लेखमा हामी चर्चा गरिरहेका छौ।


पिता रामऔतार र माता इन्द्रादेवी अग्रवालका सन्तानका रुपमा मनोनको जन्म हनुमाननगर सप्तरी जिल्लामा भएको थियो। मारवाडी परिवारमा जन्मेका मनोजले कक्षा पाँचसम्मको पढाइ स्थानीय बिधालयमा पुरा गरे । त्यसपछी अध्ययनका लागि भारतको कोलकातामा तिर लागे। उनले व्यवस्थापन बिषयमा स्नातक गरेका छन् । कलेज पढ्दै गर्दा मोडलिङ्ग तिर उनको रुचि जाग्यो । त्यही क्रममा शरीर आकर्षक बनाउने रहरले बि स २०६५ सालमा नेपाल जिम एण्ड फिटनेस भैरहवामा जिम गर्न शुरु गरे । प्रशिक्षक शिवध्वज राइको निगरानीमा उनले शारीरिक व्यायाम गर्न थाले। पारीवारिक पृष्ठभुमीका कारण जन्मबाट शाकाहारी रूपमा हुर्केका उनले जीवनमा मासुको स्वाद कस्तो हुन्छ रु भन्ने थाहा समेत पाएका थिएनन् ।

गुरुले नियमित व्यायाम पछी सन्तुलित पौष्टिक आहार लिनुपर्छ भनेकाले शुरुमा उनलाइ केही असहजता भयो। तर क्रमश शाकाहारी भोजनबाट आवश्यक मात्रामा प्रोटीन र अन्य पोषण लिन सकिन्छ भन्ने कुरा उनले सिक्दै गए। केही समय पछि नेपाल जिम एण्ड फिटनेस भैरहवाले मिष्टर नेपाल राष्ट्र व्यापी प्रतियोगिताको आयोजना गर्यो । मनोज पनि त्यस प्रतियोगितामा सहभागी भए। पहिलो प्रतियोगितामा छनौट चरणबाटै बाहिरिए । तर हार मानेनन् । खेलमा लागि रहे ।

उनको शारीरिक सुगठन खेलयात्रा
-२०७० सालमा रुपन्देही जिल्ला शारीरिक सुगठन सङ्घको आयोजनामा भएको तेश्रो बुटवल श्री लुम्बिनी अञ्चलस्तरीय शारीरिक सुगठन प्रतियोगितामा ५५ केजी तौलसमूहमा प्रतिस्पर्धा गर्दै कास्य पदक पाउन सफल्।
-२०७० सालमा कास्की जिल्ला शारीरिक सुगठन संघको आयोजना भएको दोश्रो माछापुच्छ्रे शारीरिक सुगठन प्रतियोगितामा ६० केजी तौलसमूहमा प्रतिस्पर्धा गर्दै चौथो स्थान ।
-२०७० सालमा नेपाल शारीरिक सुगठन सङ्घको आयोजनामा भएको १४ औं राष्ट्रिय शारीरिक सुगठन प्रतियोगितामा ७० केजी तौलसमूहमा प्रतिस्पर्धा गर्दै कास्य पदक।
- २०७१ सालमा भएको कास्की जिल्ला शारीरिक सुगठन संघको आयोजना भएको पश्चिमाञ्चल खुला शारीरिक सुगठन प्रतियोगितामा ६५ केजी तौलसमूहमा प्रतिस्पर्धा गर्दै चौथो स्थान ।
-२०७१ सालमा रुपन्देही जिल्ला शारीरिक सुगठन सङ्घको आयोजनामा भएको चोथो बुटवल श्री लुम्बिनी अञ्चलस्तरीय शारीरिक सुगठन प्रतियोगितामा ६५ केजी तौलसमूहमा प्रतिस्पर्धा गर्दै चौथो स्थान ।
- २०७१ सालमा पश्चिमाञ्चल क्षेत्रीय खेलकुद बिकास समितीले आयोजन गरेको शारीरिक सुगठन प्रतियोगितामा ७० केजी तौलसमूहमा प्रतिस्पर्धा गर्दै कास्य पदक पाउन सफल।
-२०७३ सालमा बुल्समैन पोखराको आयोजनामा भएको दोस्रो बुल्समैन राष्ट्रब्यापी शारीरिक सुगठन प्रतियोगितामा ७० केजी तौल समूहमा छैठौ स्थान ।

बिगतलाइ स्मरण गर्दै मनोज भन्छन्, शुरुमा त मलाई हामी मारबाडी समुदायले यस्तो खेल तिर लाग्नु हुन्न भनेर परिवारबाट खासै सहयोग भएन । बरु उल्टै धेरै पटक गालि सुन्नु पर्यो । शारीरिक सुगठन खेल मार्शल आर्ट वा कुस्ती जस्तो मारपिट हुने खेल जस्तो मानेर परिवारका सदस्यहरु रिसाउनु हुन्यो । तर पछि बिस्तारै बुझ्न थालेपछी परिबारबाट राम्रौ सहयोग पाएँ। उनलाई आफ्नो शारीरिक पोज मध्ये साइड ट्राइसेप पोज मन पर्छ । खेल जीवनको सबैभन्दा सुखद क्षणका रुपमा मनोजले नेपालगन्जमा सम्पन्न राष्ट्रिय खेलकुद अन्तर्गत चौधौ शारीरिक सुगठन प्रतियोगितामा ७० केजी तौल समुहमा देशका विभिन्न जिल्लाबाट सहभागी १६ खेलाडीलाइ पछाडी पार्दै कास्य पदक लिन सफल भएको पललाइ मान्छन्।

उनको बिचारमा शरीरिक सुगठन खेलाडीका लागि शाकाहार आहार नै उत्तम हो । शाकाहार आहार लिदा खानामा ताजा फलफूल र तरकारीहरू बढी भन्दा बढी समावेश गरिन्छ, यि एन्टिऑक्सिडन्टहरू प्रदान गर्ने सबैभन्दा विश्वसनीय स्रोत हुन जसले शरीरमा प्रतिरोध गर्ने शक्ति बढाउँछ। हामीले खानामा दुध र दुधजन्य पदार्थ जस्तै दही, लस्शी र पनिरलाइ आफ्नो आहारमा समावेश गर्नुपर्छ ।

मनोज भन्छन् , घरमा पाक्ने शाकाहरी भोजन पनि सन्तुलित बनाउन सकिन्छ। भात र रोटी कम्पेक्स कर्वोहाइडका स्रोतहरु हुन । हरियो सागसब्जीहरुमा फाइबर तथा भिटामिन पाइन्छ। दाल, दहि र दुध प्रोटनका राम्रा स्रोतहरु हुन। गेडागुडीहरुमा प्रयाप्त मिनरल्स हुन्छन। यि शाकाहारी खानाहरुमा प्रोबाइटिक्स हुन्छ जसले गर्दा खाना पाचनमा सहज हुन्छ। शाकाहारी खानाबाट प्राप्त प्रोटिनबाट हाम्रो शरीरमा टक्सिन उत्पादन हुदैन। शरीरको पिएच लेभल सन्तुलनमा राख्न यस्ता खानपानले मद्दत गदर्छ। यस्ता भोजनले हामीलाइ क्यासर, बाथ र मुटुरोग जस्ता थुप्प्रै बिमारीहरुबाट टाढा राख्दछ। यि सबैभन्दा महत्वपुर्ण कुरा यि भोजन तयार पार्दा कुनै निर्दोष जनाबरको हत्या गरिएको हुदैन। जबकी ससारमा दैनिक रुपमा मासुका लागि मात्रै लाखै पशुपन्छी मारिन्छन् ।

मनोज मारवाडी युवा मंच भैरहवा का अध्यक्ष तथा नेपाल राष्ट्रिय मारवाडी युवा संगठनका क्षेत्रिय सभापति समेत हुन । उनी सो सस्था मार्फत बिभिन्न सामाजिक कर्ममा पनि लागिपरेका छन् । गत वर्ष काेभिडकाे महामारीका बेला साे संस्था मार्फत सामाजिक सेवा गरे वापत उनलाइ हिरोज अफ पब्लिक अवार्डबाट सम्मानित समेत गरिएको थियो । उनी रुपन्देही जिल्ला शारीरिक सुगठन सधका कोषाध्यक्ष समेत हुन।

https://www.globalaawaj.com/archives/109097
सितु प्रसाद श्रेष्ठ
लेखकको बारेमा
सितु प्रसाद श्रेष्ठ
स्तम्भकार