ताजा अपडेट »

गोरेटो पहिल्याउँदै आषिश

विहीबार, १३ जेठ २०७८, १८ : ५८
14 Shares

इजिप्ट र ग्रिसको प्राचीन इतिहासमा मात्रै होइन, ढुंगे युगका आख्यानहरुमा पनि बलवान शरीरलाई सफलतासँग जोडिएर हेरिन्थ्यो । सुगठित शरीरका लागि मेहनत गर्ने र त्यसलाई प्रयोग गरेर उपलब्धी हासिल गर्ने अभ्यास पुरानै हो । शरीरलाइ बलिष्ठ पार्ने खेल मध्ये बडिबिल्डिङ प्रमुख खेल मानिन्छ । यस खेलमा निर्णायकहरुले खेलाडीहरु मध्ये उत्कृष्ट छनौट गर्दा शरीरकाे मांसपेशीहरुका गुणस्तर हेर्ने गर्छन ।

शरीरमा बोसोको मात्रा हेरिन्छ । शरीरमा रहेकोे पानीको मात्रा कतिको मिलाएको छ भन्ने जाँच गरिन्छ । यस खेलका प्रतिस्पर्धाहरुमा निर्णायकले शारीरिक बनावटलाइ नियाल्छन् । जसको लागि खेलाडीले सात वटा आसनहरु देखाउनुपर्ने हुन्छ । टाउकोदेखि पैतलासम्म जिउ सुहाउँदो छ कि छैन भन्ने हेरिन्छ । ठूलो बाक्लो शरीर भएर मात्रै जितिँदैन, मिलेको शरीर हुनुपर्छ । सबै कुरा मिलेर मात्रै विजेता बन्न सकिन्छ । सानो कुराले पनि धेरै फरक पार्ने गर्छ । समान्यतया: ७ जना निर्णायकहरु बसेर सुष्म निरीक्षण गरिरहेका हुन्छन् । उनीहरुले दिएको अंक तालिकाकाे आधारमा खेलाडी अघिपछि पारिन्छ । याे खेल तौल समूहका आधारमा खेलाइएको हुन्छ । प्रत्येक बजन समुहमा पाँच किलाेग्रामकाे अन्तर राखिएको हुन्छ ।यस अन्तर्गत पनि बिभिन्न बिधाहरु हुन सक्छन् जस्तैः एथ्लेटिक्स फिजिक्स, म्यान फिजिक्स, वुमन फिजिक्स, स्पोर्टस् फिजिक्स उचाइका आधारमा फरक–फरक समूह बनाइएको हुन्छ ।

नेपाली समाजले भने आजसम्म व्यायामबाट सुगठित शरीर बनाएका मानिसहरुलाइ हेर्ने दृष्टिकोण अझै सकारात्मक नभएको गुनासो गर्छन, शारीरिक सुगठनका नयाँ पिडीका खेलाडीहरु । मानिसहरू बडी बिल्डरहरुलाई दादा गुण्डाकाे नाम दिन हतार गरेको भेटिन्छन् । आज हामी यस्तै बिचार राख्ने नयाँ पिडीका खेलाडी आषिश ढिवाजुका बारेमा हामी चर्चा गरिरहेका छौ । पिता बुबा नारायण प्रसाद र माता निरा ढिवाजुको काखबाट काठमाडौमा आषिशकाे जन्म बि स २०४४ सालमा भएको थिए । आशिष सानैदेखि नै खेलकुदमा निकै रुचि राख्थे । सुरु-सुरुमा उनले टेबलटेनिस खेल्ने गरेको उनका नजिकका साथैहरु बताउँछन् । कलेजको दिनहरुमा उनलाई असाध्यै गीत गाउने रहर चल्थ्यो । कलेजका वार्षिकोत्सवहरुमा उनले धेरैपटक गीत गाएर साथीहरूलाई मन्त्रमुग्ध पार्ने गरेको उनका मिल्ने साथी रिकेश कार्की बताउँछन् । 'आषिश अलि भावुक र लजालु स्वभावको छ ।' उनका सहपाठी समेत रहेका कार्कीले भने ।

हलिबुडका एक्सन चलचित्रका नायकहरुको सुगठित शरीरबाट लोभिएर आशिषले २०६३ सालदेखि नेपाल व्यायाम मन्दिरमा जीम गर्न शुरु गरेको थिए । उनी आफुलाइ जीम गर्न प्रेरणा दिने व्यक्तिका रुपमा नेपाल व्यायाम मन्दिरका अध्यक्ष नारायण प्रधानलाइ मान्छन् । आफ्ना गुरु सुन्दर देउला र मनमिल्ने साथी सरहका भाई ग्रीस महजर्नलाइ आफ्नो उनि आफ्नो शारीरिक सुगठन खेल यात्राका सारथी मान्छन् । उनको खेल यात्रा २०७३ सालमा पोखरामा बुल्समेनको आयोजनामा भएको दोश्रो बुल्समेन राष्ट्रव्यापी शारीरिक सुगठन प्रतियोगिता उनले डेब्यु गरे । पहिलो प्रतियोगितामा नै उनले ६० के जी तौल समुहमा रजत पदक हात पारे । त्यही वर्ष नेपाल व्यायाम मन्दिरद्वारा आयोजना गरिएको चौधौ धर्मश्री राष्ट्रव्यापी शारीरिक सुगठनमा पुन ६० केजी तौल समुहमा अन्य खेलाडीलाइ पछि पार्दै दोश्रो हुन सफल भए। २०७५ सालमा भएको तेश्रो बुल्समेन राष्ट्रव्यापी शारीरिक सुगठन प्रतियोगिता ६५ केजीमा चौथो स्थानमा चित बुझाँउन बाध्य भए ।

आगामी गेममा उत्कृष्ट प्रर्दशन गर्ने अठोट गरे उनले । त्यही बर्ष नेप्लिज बडी बिल्डिङ फेडरेशनको आयोजनामा दोश्रो मिष्टर एभरेष्ट शारीरिक सुगठन प्रतियोगितामा ६५ केजीमा सहभागिता जनाउदै स्वर्णपदक लिन सफल भए । सोही वर्ष नेपाल व्यायाम मन्दिरद्वारा आयोजना गरिएको पन्धौ धर्मश्री राष्ट्रव्यापी शारीरिक सुगठनमा पुन ६० के जी तौल समुहमा भाग लिए । सबै प्रतिपर्धीहरुको चुनोती समाप्त पार्दै प्रथम हुन मात्र सफल भएनन् । उत्कृष्ट ६ मा पर्दै ७५ हजार नगद समेत हात पार्न सफल भए । उनको खुसी सिमना रहेन । बिगतको स्मरण गर्दै उनका शखा ग्रीस महजर्न भन्छन् , “२०७५ सालमा नेप्लिज बडी बिल्डिङ फेडरेशनको आयोजनामा दोश्रो मिष्टर एभरेष्ट शारीरिक सुगठन प्रतियोगिता हुदै थियो । सो गेमको तयारीका लागि आषिशले धेरै नै मेहनत गरेका थिए। प्रतिस्पर्धाका लागि उनले शरीर कसिलो र सशक्त प्रदर्शन गर्ने उद्देश्यले धेरै समय अगाडीदेखि नै खानपानमा नुनको प्रयोग बन्द गरेका थिए ।

गेमको दिनमा बडी बिल्डरहरुको अन्तिम लक्ष्य शरीर ड्राइ (सुक्खा) देखिनु हुन्छ । जसले गर्दा शरीरका सबै मांशपिण्डहरु प्रष्टसंग देखिने होस । शरीरमा पानीमो मात्रा कम भएकाले प्रतियोगिताको दिन आषिशको शरीर तापक्रम असाध्यै उच्च भयो । शरीर लगलग कमिरहेको थियो । किनकी डिहाइड्रेटेड हुदां मांसपेशीय टिशू र एथलेटिक क्षमतामा प्रतिकुल असर पार्दछ । तर उनी जसोतसो स्टेजमा उक्लिए । नभन्दै सबै प्रतियोगीहरुलाइ उछिन्दै आषिश आफुलाइ अब्बल सवित गरी छाडे ।“ आषिशलाई आफ्नो मनपर्ने शारीरिर पोज Most muscular pose र मनपर्ने बडी पार्टमा छाती र एब्स हो । उनी प्रतियोगीताको लागी एक सीजन अधि देखी नै पूर्व तयारी गरी रहेका हुन्छन् ।

Bulking phase मा हाईप्रोतिनयुक्त र हाइक्यालोरी खानेकुराहरु खाने गर्छन भने Cutting Phase मा कम क्यालोरी भएका खानेकुराहरु खाने गर्छन । यसको साथसाथै आहार Fibers र vitamins को मात्रा पनि ध्यान दिने गरेका छन् । दिनमा ६ देखी ७ पटक खाने आफै तयार गरे खाने गरेको उनले बताए । हिजोआज कोरोना महामारीका कारण स्थिति कष्टकर बनेर प्रतियोगिता हुन नसकेपनि बिस्तारै गेम सुरु हुनेमा उनी आशावादी छन् । देशकालागि पदक ल्याउने सपना बोकेका आषिश नियमित व्यायामको सँगै पर्सनल टेनिङ कक्षाहरु दिँदै आई रहेको बताउँछन् ।

सितु प्रसाद श्रेष्ठ
लेखकको बारेमा
सितु प्रसाद श्रेष्ठ
स्तम्भकार