ताजा अपडेट »

संघर्षशील खेलाडी दयाराम

बुधबार, १२ जेठ २०७८, १५ : ३४
10 Shares

भनिन्छ 'संघर्ष जती कठिन हुनेछ सफलतापनि उती नै सानदार हुन्छ ।' संघर्ष र सफलता एक आर्काका परिपुरक हुन | विना संधंर्षकाे सफलता दिगो हुन सक्दैन । आज हामी जीवनमा संघर्ष गरेर राष्ट्रिय शारीरिक सुगठन प्रतियोगितामा मात्रै हाेइन अन्तर्राष्ट्रमा समेत पदक जित्न सफल भएका एक खलाडी दयाराम दिवाकरका बारे चर्चा गर्दैछाै । माता मैयादेवि र पिता आशाराम दिवाकरका कान्छा सन्तानका रुपमा दयारामकाे जन्म २०३९ सालमा भक्तपुरकाे तुलाछेमा भएको थियो ।

घरकाे न्यून आर्थिक अवस्थाका कारण उनलेे कक्षा ६ पढ्दापढ्दै स्कुल छाडेर छापाखानामा कामकाज गर्न थाले । त्यहीँबाट प्राप्त हुने रकमले परिवारकाे जाेहाे धान्न थाले । नाताले दाजुपर्ने राजु दिवाकर र नरेश दिवाकरको सुगठिक शरिर देखेर दयारामलाई पनि जिममा जाने रहर चल्न थाल्यो । अर्को दाजु पर्ने बिष्णुमान दिवाकरकाे सहयोगमा भक्तपुर स्थित डिस्पेराडो जिममा जान थाले । उनलेे नै डाइट खान पैसा दिने गरेको दयाराम संझिन्छन् । संघर्ष गर्न पछि नपर्ने दयारामले जिमखानामा पनि निकै मेहनत गर्न थाले । उनले २०५९ सालमा पहिलोपटक नेपाल व्यायाम मन्दिरले आयाेवना गरेको नवाै धर्मश्री राष्ट्रव्यापी शारीरिक सुगठन प्रतियोगितामा सहभागि हुदै ५५ केजीमा छैठौं स्थान प्राप्त गरेका थिए ।

उनले आफ्नो खेलजीवनमा प्राप्त गरेका सफलताहरु यश प्रकारका छन् : सन् २००७ मा भएको मिस्टर नेपाल राष्ट्रिय शारीरिक सुगठन प्रतियोगितामा ५५ के.जी ताैल समुहमा प्रथम हुदै मिय्टर नेपालकाे उपाधि जित्न सफल । २०६५ सालमा राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गरेको पाँचौ राष्ट्रिय खेलकुदमा प्स्वर्ण पदक प्राप्त । वि स २०६६ मा नेपाल शारीरिक सुगठन तथा फिटनेस संधद्वारा आयाेजित दाश्राे मिस्टर हिमालयमा स्वर्ण पदक जित्न सफल । सन् २००७ नेपाल व्यायाम मन्दिरद्वारा आयोजना गरिएको एघारौं धर्मश्री राष्ट्रव्यापी शारीरिक सुगठन प्रतियाेगितामा ५५ केजी बजन समुहमा द्वितिय स्थान । सन् .२००९ मा थाईल्याण्डकाे पटायामा भएको मल्टि एसियन शारीरिक सुगठन प्रतियोगिता १० औ स्थान । सन् २००९ मा भारतकाे बनारसमा भएको छैठौं दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगितामा काँस्य पदक। सन् २०१० मा नेपालकाे काठमाडौंमा भएको सातौं दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगिता काँस्य पदक । सन् २०१० मा भारतकाे बनारसमा भएको वल्ड बडिविल्डिङ च्याम्पियनसिपमा छैठौं स्थान लिन सफल भएका थिए । खेल जीवनको सबैभन्दा सुखद क्षण का रुपमा दयाराम सन् २००७ मा भएको मिस्टर नेपालको प्रतियोगिता ५५ केजीमा प्रथम भई मिष्टर नेपाल बन्ने रहर पूरा गरेकाे क्षणलाई मान्छन् ।

सन् २०१० मा भारतकाे वनारसमा वल्ड बडी बिल्डिङ प्रतियोगिता खेल्न दयाराम सहित नेपाली टाेली राजधानीबाट हिड्याे । दयारामलाई बसयात्रा गर्दै बसको गन्धले बान्ता हुने गर्थाे । भैरहवा पुग्दासम्म उनी बान्ता गर्दागर्दै बिरामी भइ अद्धचेत अवस्था पुगिसकेका थिए । त्यहाँ सामान्य उपचार पछि पुनः यात्रालाई निरन्तरता दिइयो । गाेरखपुर पुग्दासम्म उनको अवस्था झनै नाजुक हुदै गयो । बल्लतल्ल टाेली बनारसमा पुग्यो । वर्षैंकाे तयारी गरेर प्रतियोगिता खेल्न हिडेका दयारामलाइ साे गेम 'नखाऊ भने दिनभरिकाे सिकार खाउ भने कान्छा बाउकाे अनुहार´ सरह भयो । साहस बटुल्दै प्रतिस्पर्धामा हाेमिए । छनाैट चरण पार गर्दै उनी छैठौं स्थान प्राप्त गर्न सफल भएका थिए ।

खेल जीवनको दुखद क्षणका बारे संझदै उनी भन्छन् " सन २०१० मा भुतानको थिम्पुमा दक्षिण एसियाली शारिरिक सुगठन प्रतियोगिता हुने भयो । उक्त प्रतियोगिताका लागि नेपालमा भएको छनाैट स्पर्धामा अरुलाइ पछि पार्दै म ५५ केजी तौल समुहमा छनाैट हुन सफल भएँ । तर, भुटानमा प्रतियोगिता हुँदा अरु नै खेलाडीलाई सहभागी गराएको थाहा पाएँ । सारै मन दुख्यो । साे घटनाले मलाई धेरै लामो समयसम्म मानसिक तनाव दियो । " दयारामलाई आफ्नो मनपर्ने पोज Back Double Biecept हाे भने मनपर्ने बडी पार्ट डेल्ट मशल हाे । उनी आहारका रुपमा अण्डा, माछा, मासु जस्ता हाईप्रोतिनयुक्त र उच्च क्यालोरीयुक्त खाना लिने गर्छन् । हिजोआज उनी आफुले सिकाउदै आएको पेप्सिकोला स्थित Coco Fitness क्लबमा प्रशिक्षक रुपमा अन्य खेलाडीहरु शारीरिक सुगठनका सीप सिकाउन लागिपरेका छन् ।

सितु प्रसाद श्रेष्ठ
लेखकको बारेमा
सितु प्रसाद श्रेष्ठ
स्तम्भकार